default_image

2 years ago

November 25, 2021

पेनाल्टी चुकाउँदा रोहितको पर्सिजाको हार

एजेन्सी – इन्ज्युरी समयमा पाएको पेनाल्टी चुकाउँदा नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य रोहित चन्दको टोली पर्सिजा जाकार्ताले इन्डोनेशियन लिग वानमा हार बेहोरेको छ । पर्सिजाले घरेलु मैदानमा बिहीबार बाली युनाइटेड एफसीसँग १–० को हार बेहोरेको हो । पर्सिजाको हारमा इलिजा स्पासोजेभिकले पहिलो हाफमा गरेको निर्णायक बन्यो । उनले २५औं मिनेटमा गोल गरेका थिए । इन्ज्युरी […]

35 views

0 Bookmark

एजेन्सी – इन्ज्युरी समयमा पाएको पेनाल्टी चुकाउँदा नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य रोहित चन्दको टोली पर्सिजा जाकार्ताले इन्डोनेशियन लिग वानमा हार बेहोरेको छ । पर्सिजाले घरेलु मैदानमा बिहीबार बाली युनाइटेड एफसीसँग १–० को हार बेहोरेको हो ।

पर्सिजाको हारमा इलिजा स्पासोजेभिकले पहिलो हाफमा गरेको निर्णायक बन्यो । उनले २५औं मिनेटमा गोल गरेका थिए । इन्ज्युरी समयमा पर्सिजाले बराबरीको सुवण्र्न अवसर पाएपनि क्रोएसियन फरवार्ड मार्को सिमिकले गोल गर्न सकेनन् ।

बालीविरुद्ध रोहितले पहिलो रोजाईमा खेल्दै ७४ मिनेट मैदानमा बिताएका थिए । जारी सिजनमा बालीको यो सातौ जित हो । पर्सिजाको तेस्रो हार हो । जितपछि बाली १३ खेलबाट २५ अंक जोडेर सहित चौथो स्थानमा उक्लिएको छ ।

पराजित पर्सिजा १३ खेलबाट १८ अंक जोडेर नवौं स्थानमा रहेको छ । पर्सिजा शीर्षस्थानको भायङकारासँग् ११ अंकले पछि छ । भायङकाराको २९ अंक छ ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.