4 years ago
November 26, 2021
एजेन्सी – इंग्लिस फरवार्ड ट्याम्मी अब्राहमको दुई गोल सहयोगमा इटालियन क्लब रोमाले युरोपा कन्फ्रेन्स लिगमा युक्रेनी क्लब जोर्यामाथि सानदार जित दर्ता गरेको छ ।

रोमाले घरेलु मैदानमा जोर्यालाई ४–० को फराकिलो गोल अन्तरले पराजित गरेको हो । रोमाको सहज जितमा कार्लेस पेरेज र निकोलो जानिलोले समान एक गोल थपे ।
रोमामा बिहीबार राति भएको खेलमा घरेलु टोलीले खेलको १५औं मिनेटमा कार्लेस पेरेजको गोलबाट अग्रता लिएको थियो । उनले स्टेफन अल सारावेको पासलाई सदुपयोग गरेका थिए । ३३औं मिनेटमा निकोलो जानिलोले गोल गर्दै रोमाको अग्रता दोब्बर पारे । ४१औं मिनेटमा जोर्डन भेरेटआउट पेनाल्टीमा चुके ।
त्यसपछिको दुवै गोल ट्याम्मी अब्राहमको नाममा रह्यो । ४६औं मिनेटमा निकोलो जानिलोको पासमा अब्राहमले गोल गर्दै रोमालाई खेलमा ३–० ले अघि बढाए । ७५औं मिनेटमा अब्राहमले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै रोमालाई फराकिलो जित दिलाए ।
जितपछि समूह ‘सी’ मा रोमा ५ खेलबाट १० अंक जोड्दै दोस्रो स्थानमा यथावत रहेको छ । पराजत जोर्या ६ अंकसहित तेस्रो स्थानमा छ । बोडो/ग्लिम्ट ११ अंक जोडेर शीर्षस्थानमा रहेको छ । पीएफसी सिएसकेए सोफिया १ अंक जोडेर पुछारमा छ ।


November 7, 2025
दिपक बोहोरा / हिमाल खरेल , झापा नेपाल पुलिस क्लबले एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ। संकटा एफसीलाई आज २-० गोलले पराजित पुलिस अन्तिम दुईमा पुगेको हो। झापाको शिवसताक्षीस्थित दूधेखेल रंगशालामा खेलको सुरुवाती मिनेटदेखि नै दुवै टोलीले आक्रमक खेल प्रदर्शन गरे पनि पहिलो हाफमा गोल रहित बराबरी रह्यो। २४औं मिनेटमा पुलिसले कर्नर […]


November 7, 2025
रविन्द्र वाईबा ,हेटौंडा देउराली युथ क्लब (धनकुटा) ले हेटौंडामा जारी एन्फा प्रेसिडेन्ट लिगमा पहिलो जित निकालेको छ। हेटौंडाको गौरीटार रंगशालामा आज भएको खेलमा जन जागृती युवा क्लब बर्दियालाई ३-१ गोलले हराउँदै लिगमा पहिलो जीत निकालेको हो। जागृतीका लागि शम्भु थारुले खेल सुरु भएको पहिलो मिनेटमै गोल गरेपनि टिमलाई हारबाट जोगाउन भने सकेन । देउरालीका मिलन […]


November 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल फुटबल खेलाडी संघले अखिल नेपाल फुटबल संघ (एन्फा) का विरुद्ध गरेको धर्ना प्रदर्शनमा नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले एकबद्धता जनाएको छ। खेल्न पाउनुपर्छ भन्ने माग सहित फुटबल खेलाडी संघले एन्फा विरुद्ध बिहीवार धर्ना प्रदर्शन गरेको थियो। खेलाडी संघले शुक्रवार विज्ञप्ति जारी गर्दै भनेको छ, ‘ फुटबल खेलाडीको रोजीरोटीसँग जोडिएको ए […]