default_image

2 years ago

November 28, 2021

सुमनको गोलमा पुलिसको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – वैकल्पिक फरवार्ड सुमन लामाको गोल मद्दतमा विभागीय नेपाल पुलिस क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा पहिलो जित दर्ता गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा जावलाखेल युथ क्लबलाई १–० ले पराजित गर्दै पुलिसले लिगमा पहिलो जित आत्मसात गरेको हो । सुमनले दोस्रो हाफमा गोल गरेका थिए । […]

155 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – वैकल्पिक फरवार्ड सुमन लामाको गोल मद्दतमा विभागीय नेपाल पुलिस क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा पहिलो जित दर्ता गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा जावलाखेल युथ क्लबलाई १–० ले पराजित गर्दै पुलिसले लिगमा पहिलो जित आत्मसात गरेको हो । सुमनले दोस्रो हाफमा गोल गरेका थिए । यसअघि पुलिसले लिगको पहिलो खेलमा विभागीय त्रिभुवन आर्मी फुटबल क्लबसँग १–१ गोलको बराबरी खेलेको थियो ।

खेलको १०औं मिनेटमा अमिर श्रेष्ठको पेनाल्टी बक्सबाहिरको प्रहार शत्रुघन कुमार चौधरीले टच गर्दा जावलाखेल अग्रता लिनबाट चुक्यो । ३५औं मिनेटमा पुलिसको प्रयासलाई जावलाखेलका गोलरक्षक टेकेन्द्र सिहं थापाले अघि बढ्दै बचाए ।

३९औं मिनेटमा रुप बहादुर लामाको फ्रिकिकलाई गोलरक्षक शत्रुघन कुमार चौधरीले सहजै नियन्त्रणा लिए । लगत्तै ४०औं मिनेटमा रवि पासवानको क्रसमा तेज तामाङको प्रहार गोलरक्षक टेकेन्द्र सिंह थापाले पञ्च गर्दै बचाए । ६०औं मिनेटमा दीपक राज सिंहको क्रसमा सन्त बहादुर गुरुङको हेडर गोलरक्षक चौधरीले बचाउँदा जावलाखेल अग्रता लिनबाट चुक्यो ।

६१औं मिनेटमारवि पासवानको प्रहार गोलरक्षक टेकेन्द्र सिंह थापाले पञ्च गर्दै बचाए । ६५औं मिनेटमा गोलरक्षक अघि बढेको बढेको अवस्थामा गोलरक्षक टेकेन्द्र सिंह थापा अघि बढेको अवस्था रवि पासवानको फ्रि हेडर पोस्टमा लाग्दै बाहिरियो ।

६७औं मिनेटमा ओनगुना जुगियरको प्रहार गोलरक्षक शत्रुघन चौधरीले बचाउँदा रिवाउन्डमा गोलरक्षक बिट भइसकेको अवस्थामाा सन्त बहादुर गुरुङको प्रहार बारमा दोस्रो बारमा लाग्दै फर्कदा जावलाखेल अग्रता लिनबाट चुक्यो ।

७०औं मिनेटमा वैकल्पिक खेलाडी सुमन लामाले गोल गर्दै पुलिसलाई १–० को अग्रता दिलाए । रवि पासवानको पासमा तेज तामाङले छोडेको बलमा सुमनले पेनाल्टी बक्सभित्रबाट उत्कृष्ट गोल गरेका थिए । ८९औं मिनेटमा भरत साहको प्रहारलाई गोलरक्षक टेकेन्द्रले बचाए ।

९०औं मिनेटमा पुलिसले हुलमुलमा गरेको प्रयास सफल हुन सकेन । पहिलो जितसँगै पुलिसले दुई खेलबाट ४ अंक जोडेको छ । लगातार दोस्रो हार बेहोरेको जावलाखेलले अंकको खाता खोल्न सकेको छैन ।

लिगमा सोमबार दुई खेल हुनेछ । पहिलो खेलमा न्युरोड टिम एनआरी र ब्रिगेड ब्वाइज क्लब (बीबीसी)बीच दिउँसो १ बजे तथा दोस्रो खेलमा मच्छिन्द्र फुटबल क्लब र विभागीय त्रिभुवन आर्मी फुटबल क्लबबीत दिउँसो ४ः४५ बजे प्रतिस्पर्धा हुनेछ ।

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.