9 months ago
April 25, 2024
एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ ।
पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल औसमाने डेम्बेलेले गरे । लोरिएन्टका मोहम्मेद बाम्बाले एक गोल फर्काए ।
लोरिएन्टमा बुधबार रात भएको खेलको १९औं मिनेटमा डेम्बेलेले गोल गर्दै पिएसजीलाई अग्रता दिलाए । उनले सेनी मायुलुको पासमा गोल गरेका थिए । २२औं मिनेटमा नुनो मेन्डेसको पासमा एमबाप्पेले गोल गर्दै पिएसजीको अग्रता दोब्बर पारे ।
६०औं मिनेटमा एमबाप्पेको पासमा डेम्वेलेको व्यक्तिगत दोस्रो र टोलीका लागि तेस्रो गोल गर्दै पिएसजीलाई सहज जिततर्फ अघि बढाए । ७३औं मिनेटमा मोहम्मेद बाम्बाले गोल गर्दै खेललाई ३–२ को स्थितिमा ल्याए ।
त्यसपछि इन्ज्युरी समयमा एमबाप्पेले रान्दल कोलो मुएनीको पासमा व्यक्तिगत दोस्रो र टोलीका लागि चौथो गोल गर्दै पिएसजीलाई ४–१ को जित दिलाए ।
यस जितसँगै शीर्षस्थानमा रहेको पिएसजीको ३० खेलबाट ६९ अंक पुगेको छ । पिएसजीले दोस्रो स्थानको मोनाकोलाई ११ अंकले पछि पारेको छ ।
लिग वानमा चार राउन्डको खेल बाँकी रहँदा पिएसजीलाई च्याम्पियन बन्न एक जितको खाँचो छ । अर्काे खेलमा माेनाकाेले अंक गुमाउँदा पनि पिएसजी च्याम्पियन बन्नेछ । पराजित लोरिएन्ट २७ अंक जोडेर रेलिगेसन जोनको १७औं स्थानमा छ ।
लिग वानकै अर्काे खेलमा मार्से र निसले २–२ गोलको बराबरी खेल्दा मोनाकोले लिललाई १–० ले पराजित गरेको छ ।
January 21, 2025
हिमाल खरेल, बिर्तामोड नेपालका दुई क्लबबिच भारतको सिक्किममा जारी १० औँ अल इन्डिया चिफ मिनिस्टर्स गोल्डकपको फाइनलमा आज प्रतिस्पर्धा हुँदैछ । सिक्किमको जोरथाङ रंगशालामा आज दिउँसो २ बजे सुरु हुने उपाधि भिडन्तमा सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन क्लब चर्च ब्वाइज युनाइटेड र झापा ११ एफसी खेल्दैछन् । क्वार्टर फाइनलमा कोलकताको जर्ज टेलिग्राफ स्पोर्टस् क्लबलाई […]
January 21, 2025
एजेन्सी – चेल्सीले इंग्लिस प्रिमियर लिगमा सोमवार जित हासिल गरेको छ । चेल्सीले वुल्भ्सलाई ३-१ ले हराएको थियो। चेल्सीका लागि टोसिन अदाराबिओयो, मार्क कुकुरेया , नोनी मडुकेले समान १ गोल गरे । वुल्भ्सका म्याट डोहर्टीले एक गोल फर्काए । २४ औं मिनेटमा अदाराबिओयोको गोलबाट चेल्सीले अग्रता लियो। पहिलो हाफको इन्ज्युरी समयमा डोहर्टीले गोल फर्काए। कुकुरेयाको […]
January 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला लिगको अन्तिम चरणको सातौं खेलमा पनि एपिएफ फुटबल क्लबले विजय यात्रालाई जारी राखेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा सोमवार भएको खेलमा शीर्ष टोली एपिएफले अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई २-० ले हराएको छ। एपिएफका लागि रश्मिकुमारी घिसिङ र अनिता केसीले गोल गरे। दुवै गोल हेडमा भएको थियो। दुवै गोलमा […]