default_image

2 years ago

December 3, 2021

रोनाल्डोको ८ सय गोल पूरा

एजेन्सी – पोर्चुगिज सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले आफ्नो व्यवसायिक खेल करिअरमा ८ सय गोल पूरा गरेका छन् । प्रिमियर लिग अन्तरगत आर्सनलविरुद्ध ३–२ को जित निकालेको खेलमा दुई गोल गरेसँगै रोनाल्डोले व्यवसायिक खेल करिअरमा ८ सय गोल पुरा गर्दै नयाँ कीर्तिमान बनाएका हुन् । रोनाल्डोले खेलको ५२औं मिनेटमा गोल गर्दै आफ्नो व्यवसायिक करिअरको ८ सयौं […]

140 views

0 Bookmark

एजेन्सी – पोर्चुगिज सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले आफ्नो व्यवसायिक खेल करिअरमा ८ सय गोल पूरा गरेका छन् । प्रिमियर लिग अन्तरगत आर्सनलविरुद्ध ३–२ को जित निकालेको खेलमा दुई गोल गरेसँगै रोनाल्डोले व्यवसायिक खेल करिअरमा ८ सय गोल पुरा गर्दै नयाँ कीर्तिमान बनाएका हुन् ।

रोनाल्डोले खेलको ५२औं मिनेटमा गोल गर्दै आफ्नो व्यवसायिक करिअरको ८ सयौं गोल पुरा गरेका हुन् । ७०औं मिनेटमा अर्काे गोल गर्दै रोनाल्डोले कीर्तिमानी ८०१ गोल आफ्नो नाममा लेखाए । सन् २००२ मा स्पोर्टिङ सिपीबाट व्यवसायिक खेल करिअर सुरु गरेका रोनाल्डोले इंग्लिस प्रिमियर लिग, स्पेनिस ला लिगा र इटालियन सिरी ‘ए’ मा लगातार गोल गर्दै थुप्रै कीर्तिमान बनाएका छन् ।

उनले मोरिरेन्सेमाथि ३–० को जित निकालेको खेलमा दुई गोल गर्दै व्यवसायिक खेल करिअरमा गोलको खाता खोलेको थियो । त्यसपछि उनी म्यानचेस्टर युनाइटेडमा आबद्ध भएका थिए ।

उनले व्यवसायिक खेल करियरमा स्पोर्टिङ सिपीबाट ३१ खेलमा ५, म्यानचेस्टर युनाइटेडबाट २९२ खेलमा ११८, रियल म्याड्रिडबाट ४३८ खेलमा ४५०, युभेन्ट्सबाट १३४ खेलमा १०१, पोर्चुगलबाट १८४ खेलमा ११५ र युनाइटेडबाट यो सिजन १६ खेलमा १२ गोल गरेका छन् ।

३६ वर्षीय रोनाल्डो अन्तर्राष्ट्रिय फुटबल (११५), च्याम्पियन्स लिग (१४०) र युरोपियन च्याम्पियनसिप (१४) को सर्वाधिक गोलकर्तासमेत हुन् ।रोनाल्डोले एफए कपमा टोटेनहमविरुद्ध गोल गर्दै १ सय गोल पुरा गरेका थिए ।

रियल म्याड्रिडबाट च्याम्पियन्स लिगमा आयाक्सविरुद्ध २ सयौं गोल पुरा गरेका थिए । ला लिगामा एथलेटिको बिल्वाओविरुद्ध ३ सय, ला लिगामै सेल्टाविरुद्ध ४ सय, च्याम्पियन्स लिगमा साख्तरविरुद्ध ५ सय, च्याम्पियन्स लिगमा युभेन्ट्सविरुद्ध ६ सय र लक्जेमवर्गविरुद्ध ७ सय गोल पुरा गरेका थिए ।

उनले ७ सय गोल पुरा गरेको दुई वर्षपछि मात्रै ८ सय गोलको आँकडा पार गरेका हुन् । उनले ३० वर्ष पार गरेपछि ३७२ खेलमा ३३८ गोल गरेका छन् । त्यो भन्दा अघि उनको गोल औसतमा रहँदै आएको थियो ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.