default_image

2 years ago

December 5, 2021

घरेलु मैदानमा बार्सिलोना र एट्लेटिकोको हार

एजेन्सी – शीर्षस्थानमा रहेको रियल म्याड्रिडले जित हात पार्दा बार्सिलोना र एट्लेटिको म्याड्रिडले स्पेनिस ला लिगामा हार बेहोरेको छ । दुवै टोलीले घरेलु मैदानमा पराजय भोगेको हो । बार्सिलोना घरेलु मैदानमा रियल बेटिससँग १–० ले स्तब्ध बनेको हो । नोउ क्याम्पमा बार्सिलोनालाई स्तब्ध पार्न जुआनमीले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले ७९औं […]

91 views

0 Bookmark

एजेन्सी – शीर्षस्थानमा रहेको रियल म्याड्रिडले जित हात पार्दा बार्सिलोना र एट्लेटिको म्याड्रिडले स्पेनिस ला लिगामा हार बेहोरेको छ । दुवै टोलीले घरेलु मैदानमा पराजय भोगेको हो ।

बार्सिलोना घरेलु मैदानमा रियल बेटिससँग १–० ले स्तब्ध बनेको हो । नोउ क्याम्पमा बार्सिलोनालाई स्तब्ध पार्न जुआनमीले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले ७९औं मिनेटमा क्रिस्टियन टेलोको पासमा गोल गरेका थिए ।

जाभी हर्नान्डेजको प्रशिक्षणमा बार्सिलोनाले पहिलो हार बेहोरेको हो । जाभीको प्रशिक्षणमा बार्सिलोनाले चार खेल खेल्दा दुई जित, एक बराबरी र हारको नतिजा निकालेको छ । ला लिगामा स्पान्योल र भिल्लारियललाई हराएको बार्सिलोनाले च्याम्पियन्स लिगमा बेन्फिकासँग गोलरहित बराबरी खेलेको थियो ।

यो हारसँगै बार्सिलोना १५ खेलबाट २३ अंक जोडेर सातौ स्थानमा यथावत रहेको छ । बार्सिलोना शीर्षस्थानको रियल म्याड्रिडसँग १६ अंकले पछि परिसकेको छ । बार्सिलोनाले एक खेल कम खेलेको छ । बार्सिलोनालाई हराएको रियल बेटिस ३० अंक जोडेर तेस्रो स्थामा उक्लिएको छ ।

अर्काे खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा एट्लेटिको रियल मलोर्कासँग २–१ ले स्तब्ध बनेको छ । घरेलु टोलीका म्याथिअस कुन्हाले गोल गर्दा मलोर्काका फ्रान्को रुस्सो र ताकेफुसा कुवोले गोल गरेका थिए ।

एट्लेटिकोले ६८औं मिनेटमा म्याथिअस कुन्हाको गोलबाट अग्रता लिएको थियो । उनले एन्जल कोरेआको पासमा गोल गरेका थिए । ८०औं मिनेटमा फ्रान्को रुस्सोले काङ इन लिको पासमा गोल गर्दै खेललाई बराबरीमा ल्याए । इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा सब्सिच्युट ताकेफुसा कुवोले एन्जल रोड्रिग्वेजको पासमा गोल गर्दै एट्लेटिकोलाई स्तब्ध पारे ।

यो जितसँगै मलोर्का १९ अंक जोडेर १२औं स्थानमा उक्लिएको छ । पराजित एट्लेटिको १९ अंक जोडेर चौथो स्थानमा झरेको छ ।

यस्तै अर्काे खेलमा सेभियाले भिल्लारियललाई १–० ले तथा ग्रानडाले डिपोर्टिभो एलाभेसलाई २–१ ले पराजित गरेको छ । जितसँग सेभिया १५ खेलबाट ३१ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । पराजित भिल्लारियल १६ अंक जोडेर १३औं स्थानमा छ । ग्रानडा १५औं र एलाभेस १६औं स्थानमा छ ।

April 28, 2024

मियामीको जितमा मेस्सीको २ गोल

एजेन्सी – कप्तान लयोनल मेस्सीको प्रभावशाली प्रदर्शनमा इन्टर मियामीले अमेरिकन मेजर लिग सकर एमएलएस) आइतबार सहज जित निकालेको छ। मेस्सीले २ गोल गरेपछि मियामीले घरेलु टोली न्यु इङ्ल्यान्ड रिभोलुसनलाई ४-१ ले हराएको ग हो।पहिलो मिनेटमै कार्लोस गिलको पासमा थोमस चान्कालेले गोल गर्दे न्यु इङ्ल्यान्डलाई सुरुआती अग्रता दिलाए। ३२औं मिनेटमा मेस्सीले गोल गरेपछि पहिलो हाफमा १-१ […]

April 28, 2024

बायर लिभकुसन अझै अपराजित

एजेन्सी – यो सिजन सानदार प्रदर्शन गर्दै जर्मन बुन्डेसलिगाको च्याम्पियन बनिसकेको बायर लेभरकुसेनले आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ । जाभी अलन्सोको प्रशिक्षणमा गज्जवको प्रदर्शन गरिरहेको बायर लिभरकुसनले बुन्डेसलिगामा शनिबार राति भिएफबी स्टुर्टगार्टसँग २–२ गोलको बराबरी खेल्दै आफ्नो अपराजित यात्रा ४६ खेलसम्म पु¥याएको छ । लिभरकुसनले पछिल्ला तीन खेलमा अन्तिम समयमा गोल गर्दै हार टारिरहेको […]

April 28, 2024

पिएसजीको नाटकीय बराबरी

एजेन्सी – उपाधि नजिक रहेको पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा रेलिगेसन क्षेत्रमा संघर्षरत ले हार्भेसँग नाटकीय बराबरी खेल्दै हार टारेको छ । खेलको अन्त्यतिर दुई गोल गर्दै ले हार्भेसँग ३–३ गोलको बराबरी खेल्दै पिएसजीले हार टारेको हो । ले हार्भेका क्रिस्टोफेर ओपेरी, आन्द्रे एयु र अब्दुलाए टाउरेले गोल गरे । पिएसजीका ब्राड्ले […]

Success

Thank you for your time.