default_image

2 years ago

December 7, 2021

सलाह, लिभरपुलमा अनिश्चित भविष्य अनि बार्सिलोनाको इच्छा

109 views

0 Bookmark

एजेन्सी – मोहम्मद सलाहको लिभरपुलसँगको अहिलेको सम्झौता सकिन डेढ वर्ष बाँकी छ । यस्तोमा इजिप्सियन फरवार्डको भविष्यलाई लिएर क्लबका समर्थकले चासो राख्न थालेका छन् ।

प्रिमियर लिगमा लिभरपुलको उपाधि दौडलाई बलियो बनाउने क्रममा सलाहले जारी सिजनमा पनि उच्च प्रदर्शन गरिरहेका छन् । उनको नयाँ सम्झौताका विषयमा कुनै टुंगो लागिसकेको छैन । तर पनि उनले आफू एनफिल्डमा रहन चाहेको बताउँदै आएका छन् ।

लिभरपुलले सलाहका प्रतिनिधिसँग छलफल गरेपनि कुनै टुंगोमा भने पुग्न नसकेको बताएको छ । ‘मैले पटक पटक भनेको छु । यदि निर्णय म मै निर्भर हुन्छ भने म लिभरपुलमै बस्न चाहन्छु,’ सलाहले भनेका छन्, ‘तर यदि निर्णय व्यवस्थापनको हातमा छ त्यसैले उनीहरुले नै यसको समाधान गर्नुपर्ने हुन्छ ।’

‘नयाँ सम्झौताका लागि सहमति गर्न कुनै समस्या छैन । यो उनीहरुमै निर्भर गर्छ’, उनले भनेका छन्, ‘यदि मुल्य तय हुन्छ भने खेलाडीको आवश्यकता त्यसैबाट बुझ्न सकिन्छ । यदि उनीहरु राख्न चाहन्छन् भने । तर मलाई लाग्छ आर्थिक कारण मात्र त्यसमा छैन ।’

टोलीका प्रशिक्षक, खेलाडी सलाह क्लबमै रहेको हेर्न चाहन्छन् । यी सबै विषयमा क्लब जानकार नै छ ।

सलाहमाथि बार्सिलोनको चासो

चेल्सीबाट समेत खेलेका सलाहले सलाहले यसअघि फिओरेन्टिना र रोमाबाट खेलेका थिए । उनले आफू अन्यत्र जानका लागि पनि तयार रहेको बताएपछि बार्सिलोनाका प्रशिक्षक जाभी हर्नान्डेजले उनीमाथि चासो देखाएका छन् ।

‘जाभी मसँग सम्झौता गर्न इच्छुक रहेको मैले पढें’, उनले भने, ‘बार्सिलोना जस्तो टोलीले म प्रति चासो देखाउँदा स्वभाविक रुपमा त्यसले खुसी बनाउँछ । तर म लिभरपुलमा खुसी छ । हेर्दौ जाउँ भविष्यमा के हुन्छ ।’

उनले अहिलेको समयमा आफूले प्रिमियर लिगलाई नै प्राथमिकता राख्ने पनि बताए । उनले भने, ‘प्रिमियर लिग विश्वकै बलियो लिग हो ।’

May 18, 2024

बायर लेभरकुसेन लिग सिजनभर अपराजित

एजेन्सी – बायर लेभरकुसेनले जर्मन शीर्ष डिभिजन बुन्डेसलिगाको २०२३-२४ सिजन भर अपराजित रहँदै लिग उपाधि जितेको छ । लेभरकुसेनले ३४ खेलको लिग सिजन भर कुनै पनि खेलमा हार नबेहोरी लिग सिजन समाप्त गरेको हो । शनिवार भएको लिगको अन्तिम खेलमा लेभरकुसेनले आउसवर्ग माथि २-१ को जित निकाल्दै अपराजित रहेको हो । लेभरकुसेनले ३४ खेलमा २८ […]

May 18, 2024

एडर्सनले दुई महत्वपूर्ण खेल गुमाउने

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीका पहिलाे राेजाईका ब्राजिली गोलरक्षक एडर्सन मोराएसले दुई महत्वपूर्ण खेल गुमाउने भएका छन् । आँखाको चोटका कारण मोराएसले प्रिमियर लिगको उपाधि निर्णायक र एफए कपको फाइनल खेल गुमाउने भएका हुन् । मंगलबार टोटेनहमलाई २–० ले पराजित गरेको खेलमा ३० वर्षीय मोराएसले चोट बोक्न पुगेका थिए । स्पर्शका क्रिस्टियन रोमेरोसँग जुध्न […]

May 17, 2024

बागमती सि डिभिजनको शीर्ष स्थानमा

एजेन्सी – बागमती युवा क्लब जारी सहिद स्मारक सि डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रबार भएको खेलमा खालीवारी युवा क्लब विरुद्ध गोलरहित बराबरी खेलेसँगै बागमती शीर्ष स्थानमा उक्लिएको हो । बागमतीको ८ खेलमा १७ अंक पुगेको छ । १०औं स्थानमा रहेको खालीबारीको भने ९ खेलमा ९ अंक मात्र रहेको छ […]

Success

Thank you for your time.