default_image

2 years ago

December 8, 2021

मेस्सी र एमबाप्पे चम्कँदा पिएसजीको सहज जित

एजेन्सी – लिओनेल मेस्सी र किलीयन एमबाप्पेले २-२ गोल गरेपछि फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले यूईएफए च्याम्पियन्स लिग अन्तर्गत समूहको अन्तिम खेलमा क्लब ब्रुगलाई ४-१ ले पराजित गरेको छ । ब्राजिलियन फरवार्ड नेयमार अनुपस्थित रहेको खेलको दोस्रो मिनेटमा नै पिएसजीले एमबाप्पेको गोलमा अग्रता लिएको थियो । नुनो मेन्डेसको सुरुवाती प्रहार गोलरक्षक सिमोन मिग्नोलेटले […]

312 views

0 Bookmark

एजेन्सी – लिओनेल मेस्सी र किलीयन एमबाप्पेले २-२ गोल गरेपछि फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले यूईएफए च्याम्पियन्स लिग अन्तर्गत समूहको अन्तिम खेलमा क्लब ब्रुगलाई ४-१ ले पराजित गरेको छ ।

ब्राजिलियन फरवार्ड नेयमार अनुपस्थित रहेको खेलको दोस्रो मिनेटमा नै पिएसजीले एमबाप्पेको गोलमा अग्रता लिएको थियो । नुनो मेन्डेसको सुरुवाती प्रहार गोलरक्षक सिमोन मिग्नोलेटले बचाएपनि रिबाउन्डलाई एमबाप्पेले गोलमा परिणत गरेका थिए । उनले ६ यार्ड बक्स नजिकबाट डिफेन्डर र गोलरक्षकलाई बिट गरेका थिए ।

त्यसको ५ मिनेटपछि नै एमबाप्पेले घरेलु टोली पिएसजीको अग्रता दोब्बर पारे । एन्जल डी मारियाले पेनाल्टी क्षेत्र बाहिरबाट खेलेको चलाखीपूर्ण पासलाई एमबाप्पेले भलीमार्फत गोल गरेका थिए । खेलको ३७ औं मिनेटमा लिओनेल मेस्सीले गोल गर्दै पिएसजीलाई ३-० को अग्रता दिलाए । उनले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहारलाई गोलरक्षक मिग्नोलेटले बचाउने कुनै अवसर पाएनन् ।

दोस्रो हाफको ६७ अ‍ौं मिनेटमा पाहुना टोलीका लागि माट्स रिट्सले बराबरी गोल फर्काए । काउन्टर अट्याकमा बढेको आक्रमणलाई उनले पेनाल्टी क्षेत्रभित्र पहिलो टचमम गोल गर्दै खेलमा फर्काउने आशा जगाएका थिए ।

तर ७६ अ‍ौं मिनेटमा पिएसजीले पेनाल्टी पायो । मेस्सीलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि दिइएको पेनाल्टीलाई उनी आफैंले गोलमा परिणत गरे ।

यस जितका बाबजुद पिएसजी दोस्रो स्थानमा रहँदै अन्तिम १६ मा प्रवेश गरेको छ । पिएसजीले ६ खेलमा ३ जित, २ बराबरी र १ हारसहित ११ अंक जोड्दै दोस्रो रहयो । क्लब ब्रुगा भने ६ खेलमा ४ अंकसहित पुछारमा रहयो । यस समूहबाट म्यानचेस्टर सिटी शीर्षस्थानमा रहँदै नकआउट चरण पुग्दा आरबी लाइप्जिग तेस्रो हुँदै युरोपा लिगमा पुग्यो ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.