default_image

2 years ago

December 8, 2021

बायर्न र बार्सिलोना भिड्दै

61 views

0 Bookmark

एजेन्सी – युइएफए च्याम्पियन्स लिगको समूह चरणको अन्तिम खेलमा जर्मन क्लब बायर्न म्युनिख र क्याटलान क्लब बार्सिलोनाबीच प्रतिस्पर्धा हुदैछ । खेल बायर्नको घरेलु मैदान एलिएन्ज एरिनामा नेपाली समयअनुसार राति १ः४५ बजे हुनेछ ।

च्याम्पियन्स लिगको नकआउट चरणमा स्थान पक्का गरिसकेको बायर्न घरेलु मैदानमा बार्सिलोनालाई हराउँदै समूह चरणमा शतप्रतिशत जित निकाल्ने योजनामा मैदान उत्रनेछ ।

टोलीसँग लयमा रहेका फरवार्ड रोबर्ट लेवान्डोस्की, किङ्सले कोमान, थोमस मुलर, लिरोए साने, बेन्जामिन पाभर्ड र गोलरक्षक तथा कप्तान म्यानुयल नुयरको साथ रहेको छ ।

यता, बार्सिलोना पनि घरेलु टोली बायर्नलाई पराजित गर्दै अघिल्लो चरणको यात्रा सुरक्षित गर्न चहान्छ । बार्सिलोनालाई भने समूह चरण पार गर्न यो खेलमा जितको आवश्यकता छ । यो खेलमा जित निकाल्न नसकेको अवस्थामा बार्सिलोनालाई समूह चरण पार गर्न कठिन हुने देखिन्छ ।

सोही समयमा अर्काे खेलको नतिजाले पनि बार्सिलोनाको अघिल्लो चरणको यात्रा निर्धारण गर्नेछ । बार्सिलोनाले बराबरी या हारको नतिजा निकालेको अवस्थामा अर्काे खेलमा बेन्फिकाले पनि बराबरी अथवा हारकै नतिजा निकाले बार्सिलोना समूह उपविजेता बन्दै अघिल्ला चरण प्रवेश गर्ने छ ।
यि दुई टोलीको पछिल्लो ८ भेटमा बायर्न ६ खेलमा तथा बार्सिलोना दुई खेलाम विजयी भएको छ । पछिल्लो तीन भेटा बार्सिलोनाले बायर्नलाई हराउन सकेको छैन । बायर्न सोही लयलाई निरन्तरता दिने दाउमा रहँदा बार्सिलोना उक्त हारको श्रृंखला तोड्ने लक्ष्यमा हुनेछ ।

अन्य खेल

समुह ‘एच’ – युभेन्ट्सविरुद्ध माल्मो (राति ११ः३० बजे) र जेनिथविरुद्ध चेल्सी (राति ११ः३० बजे)

समूह ‘ईं’ – बायर्नविरुद्ध बार्सिलोना (राति १ः४५ बजे) र बेन्फिकाविरुद्ध डेनामो किएभ (राति १ः४५ बजे)

समुह ‘एफ’ – एटलान्टाविरुद्ध भिल्लारियल (राति १ः४५ बजे) र म्यानचेस्टर युनाइटेडविरुद्ध योङ ब्वाइज (राति १ः४५ बजे)

समुह ‘जी’ – साल्जवर्गविरुछ सेभिया (राति १ः४५ बजे) र वल्फ्सवर्गविरुद्ध लिल (राति १ः४५ बजे)

May 17, 2024

रोनाल्डो बने सर्वाधिक कमाउने खेलाडी

एजेन्सी – पोर्चुगिज भेट्रान फुटबल स्टार क्रिस्टियानो रोनाल्डो बेलायती म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा रहेका छन् । उनी आफ्नो करिअरमा चौथोपटक म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा पुगेका हुन् ।गत वर्ष साउदी अरेबियाको अल नासर गएपछि रोनाल्डो यो सुचीको शीर्षस्थानमा थिए । यसवर्ष पनि उनी शीर्षस्थानमा रहेका हुन् […]

May 17, 2024

बार्सिलोनाको सहज जित

एजेन्सी – स्पेनिस युवा विंगर फर्मिन लोपेजको दुई गोल मद्दतमा बार्सिलोनाले स्पेनिस ला लिगामा सहज जित दर्ता गरेको छ । बार्सिलोनाले रेलिगेसनमा परिसकेको घरेलु टोली अल्मेरियामाथि २–० को सहज जित दर्ता गरेको हो । फर्मिनले दुवै हाफमा गोल गर्दै बार्सिलोनालाई जित दिलाए । अल्मेरियामा बिहीबार राति भएको खेलको १४औं मिनेटमा पहिलो गोल गरेका लोपेजले ६७औं […]

May 16, 2024

चन्द्रागिरी र काठमाडौं गोदावरी मेयर कपको फाइनलमा

ललितपुर (हाम्रो खेलकुद) – चन्द्रागिरी नगरपालिका र काठमाडौं महानगरपालिका प्रथम गोदावरी उपत्यका ब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । च्यासल मैदानमा बिहीबार चन्द्रागिरीले महालक्ष्मी नगरपालिकालाई तथा काठमाडौंले मध्यपुर थिमि नगरपालिकालाई हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन् । पहिलो सेमिफाइनलमा चन्द्रागिरीले महालक्ष्मीलाई १–० ले हराएको हो । ५५ औं मिनेटमा […]

Success

Thank you for your time.