एजेनसी – विश्व तथा ब्राजिलियन फुटबल लेजेन्ड पेले अस्पताल भर्ना भएका छन् । उनी आफ्नो पेटको ट्युमरको नियमित उपचारका लागि साओ पाउलोस्थित अल्बर्ट आइन्सटाइन अस्पतालमा भर्ना भएका हुन् ।

अस्पतालले बुधबार एक विज्ञप्तिमा जारी गर्दै ८१ वर्षीय पेलेको अवस्थमा स्थिर रहेको र उनी आगामी केही दिनमा डिस्चार्ज हुने बताएको छ । पेलेका असिस्टेन्ट पेपिटो फोर्नोसले पेलेलाई गत अगस्टको अन्त्यतिर नियमित परीक्षणका क्रममा भेटिएको ट्युमरको उपचार गर्न केमो थेमोथेरापी गरिरहेको बताएका छन् ।
गत अगस्टमा पेलेको दाहिने पेटको शल्यक्रियापछि छोटो समयका लागि सघन उपचार कक्षमा राखिएको थियो । उनी पछिललो समय गुरुजामा रहेको आफ्नो घरमा निको भएर आराम गरिरहेका थिए ।
‘दि ब्लाक पर्ल’ ले चिनिने ८० वर्षीय पेले तीनपटक विश्वकप जितेका छन् । पेलेले ब्राजिललाई सन् १९५८, १९६२ र १९७० मा विश्वकप उपाधि दिलाएका थिए । पेलेले २१ वर्षे फुटबल करिअरमा पेलेले १३ सय ६३ खेलमा १२ सय ८१ गोल गरेका छने । यस्तै ब्राजिलका लागि उनले ९१ खेलमा ७७ अन्तर्राष्ट्रि गोल गरेका छन् ।