default_image

4 years ago

December 10, 2021

लेस्टरलाई हराउँदै नेपोली प्रि–क्वाटरफाइनलमा

235 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब लेस्टर सिटीलाई पराजित गर्दै इटालियन क्लब नेपोली युरोपा लिगको नकआउट चरणमा पुग्न सफल भएको छ । समूह चरण पार गर्न जित निकाल्नै पर्ने खेलमा नेपोलीले घरेलु मैदानमा लेस्टरलाई ३–२ ले पराजित गर्दै अन्तिम १६ को यात्रा तय गरेको हो ।

नेपोली समूह ‘सी’ बाट उपविजेताको रुपमा अघि बढेको हो । यो समूहबाट रसियन क्लब स्पारटाक मस्को विजेता बन्दै अघिल्लो चरणमा पुग्न सफल भयो । स्पारटाक र नेपोलीको समान १० अंक नै रहेपनि स्पारटाक हेड टु हेडमा अघि रह्यो ।

डिएगो अर्मान्डो म्याराडोना स्टेडियम नेपोलीमा बिहीबार राति भएको खेलको चौथो मिनेटमा नै एडाम ओउनासको गोलबाट घरेलु टोलीले सुरुवाती अग्रता लिएको थियो । २४औं मिनेटमा इल्जिफ इल्मासले गोल गर्दै नेपोलीको अग्रता दोब्बर पारे ।

२७औं मिनेटमा जोनी इभान्सले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए । ३३औं मिनेटमा काइरनान डिउसवुरी हलले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । ५३औं मिनेटमा इल्जिफ इल्मासले गोल गर्दै नेपोलीलाई पुन खेलमा अग्रता दिलाए ।

त्यसपछि थप गोल निस्कन नसक्दा खेल नेपोलीले ३–२ ले आफ्नो पक्षमा पार्न सफल भयो । नेपोलीसँगको हारसँगै लेस्टर सिटीले युरोपा लिगको समूह चरण पार गर्न सकेन । लेस्टर ८ अंक जोडेर तेस्रो स्थानमा रह्यो ।

अन्य नतिजा

फेनरवाचविरुद्ध फ्रान्कफुर्ट (१–१), लेगिया वार्सजावाविरुद्ध स्पारटाक (०–), लियोनविरुद्ध रेन्जर्स (१–१), नेपोलीविरुद्ध लेस्टर (–२), रियल सोसिडाडविरुद्ध पिएसभी इन्डहोभेन (–०), रोयल एन्टवेर्पविरुद्ध ओलम्पियाकोस (–०), स्पार्टा प्राहाविरुद्ध ब्रोन्डवि आइएफ (–०), स्ट्रम ग्राजविरुद्ध मोनाको (१–१), ब्रागाविरुद्ध एफए क्रेभेना जेभेज्दा (१–१), सेल्टिकविरुद्ध रियल बेटिस (–२), फेरेन्कभारोसविरुद्ध लिभरकुसेन (–०), जिन्कविरुद्ध रेपिड वेन (०–), लाजियोविरुद्ध गालाटासारे (०–०), लुडागोरेट्स राजग्राडविरुद्ध मिट्जेल्यान्ड (०–०), मार्सेविरुद्ध लोकोमोटिभ (–०) र वेस्ट ह्यामविरुद्ध डेनामो जाग्रिव (०–)

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

Success

Thank you for your time.