default_image

2 years ago

December 14, 2021

बार्सिलोनालाई नेपोली प्रतिद्धन्द्धी

94 views

0 Bookmark

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले युरोपा लिगको नकआउट चरणको प्ले अफमा इटालियन क्लब नेपोली प्रतिद्धन्द्धी पाएको छ ।स्वीट्जरल्यान्डको नियोनमा सोमबार राति निकालिएको ‘ड्र’ मा बार्सिलोनाले बलियो प्रतिद्धन्द्धीको रुपमा नेपोली पाएको हो ।

बार्सिलोना च्याम्पियन्स लिगमा समुहमा तेस्रो हुदै समूह चरणबाट बाहिरिएको थियो । नेपोली भने युरोपा लिगमा आफ्नो समूहमा दोस्रो भएको थियो । नकआउट चरणको प्ले अफमा स्पेनका चार टोलीले प्रतिस्पर्धा गर्दैछन् । बार्सिलोना र सेभिया च्याम्पियन्स लिगबाट तथा रियल सोसिडाड र रियल बेटिस युरोपा लिगमा दोस्रो भएको टोली हो ।

यस्तै जर्मन क्लब बोरुसिया डर्टमुन्डले स्कटिस क्लब रेन्जर्ससँग प्रतिस्पर्धा गर्नेछ । युइएफएले युरोपा लिगको समूह चरणमा दोस्रो भएको टोली र च्याम्पियन्स लिगको समूह चरणबाट बाहिरिएको टोलीको सोमबार ‘ड्र’ निकालेको हो । युरोपा लिगको समूह विजेताले भने अन्तिम १६ मा स्थान पक्का गरिसकेको छ ।

प्ले अफको खेलहरु दुई लेगमा हुनेछ । प्ले अफ राउन्डको विजेता टोलीले प्रि–क्वाटरफाइनलमा स्थान पक्का गर्नेछ । ति आठ टोली युरोपा लिगको समूह विजेतासँग जोडिनेछ । त्यसपछि नयाँ ‘ड्र’ निकालिनेछ । न्कआउट चरणको प्ले अफको पहिलो लेग १७ र दोस्रो लेग २४ फेब्रुअरीमा हुनेछ । प्रि–क्वाटरफाइनलको पहिलो लेग १० र दोस्रो लेग १७ मार्चमा हुनेछ ।

सर्वियन क्लब क्रेभेना जेभेज्दा, जर्मन क्लब आइनट्राख्ट फ्रान्कफुर्ट, टर्किस क्लब गालाटासारे, जर्मन क्लब बायर लिभरकुसन, फ्रान्सेली क्लब मोनाको, रसियन क्लब स्पारटाक मस्को र इंग्लिस क्लब वेस्ट ह्यामले समूह विजेताको रुपमा प्रि–क्वाटरफाइनलमा स्थान पक्का गरिसकेका छन् ।

न्कआउट चरण प्ले अफ ‘ड्र’

सेभियाविरुद्ध डेनामो

एटलान्टाविरुद्ध ओलम्पियाकोस

आरबी लाइप्जिगविरुद्ध रियल सोसिडाड

बार्सिलोनाविरुद्ध नेपोली

जेनिथविरुद्ध रियल बेटिस

बोरुसिया डर्टमुन्डविरुद्ध रेन्जर्स

सेरिफविरुद्ध ब्रागा

पोर्टाेविरुद्ध लाजियो

May 20, 2024

सोर्लाेथको चार गोलमा रियल म्याड्रिड रोकियो

एजेन्सी – नर्वेली फरवार्ड अलेक्जेन्डर सोर्लाेथले ह्याट्रिकसहित चार गोल गरेपछि भिल्लारियलले यो सिजनको ला लिगाको च्याम्पियन बनिसकेको रियल म्याड्रिड बराबरीमा रोक्न सफल भएको छ । खेलमा आरामदायी अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा र सोर्लाेथ एक्लैले चार गोल गरेपछि रियल म्याड्रिड घरेलु टोली भिल्लारियलसँग ४–४ गोलको बराबरीमा रोकिएको हो । गोलको वर्षा भएको खेलमा रियलका अर्दा […]

May 19, 2024

म्यानचेस्टर युनाइटेडलाई प्रिमियर लिगमा आठौं स्थान

एजेन्सी – म्यानचेस्टर युनाइटेडले २०२३/२४ इंग्लिश प्रिमियर लिग सिजनको अन्त्य आठौं स्थानमा रहँदै गरेको छ । सिजनभर राम्रो लय समात्न नसकेको युनाइटेडले लज्जास्पद सिजनको अन्त्य आठौं स्थानमा गरेको हो । लिग सिजनको अन्तिम खेलमा युनाइटेडले ब्राईटन विरुद्ध २-० को जित हासिल गर्यो । युनाइटेडको जितमा डियोगो डालोट र रास्मस होईल्याण्डले एक-एक गोल गरे । युनाइटेडले […]

May 19, 2024

क्लोपको लिभरपुल कार्यकालको सुखद अन्त्य

एजेन्सी – प्रशिक्षक जोर्गेन क्लोपको अन्तिम खेलमा लिभरपुलले सुखद नतिजा प्राप्त गरेको छ । ९ वर्ष पछि लिभरपुलबाट विदा हुन लागेका क्लोपको अन्तिम खेलमा लिभरपुलले वल्भस विरुद्ध २-० को जित दर्ता गरेको हो । लिभरपुलको जितमा एलेक्सिस मक यालिस्टर र ज्यारेल क्वान्साहले १-१ गोल गरे । लिभरपुलले तेस्रो स्थानमा रहँदै लिग सिजनको अन्त्य गरेको छ […]

Success

Thank you for your time.