default_image

3 years ago

December 18, 2021

सानदार जित निकाल्दै इन्टरको ४ अंकको अग्रता

210 views

0 Bookmark

एजेन्सी – रेलिगेसन जोनमा संघर्ष गरिरहेको घरेलु टोली सालेरनिटानामाथि सानदार जित निकाल्दै इन्टर मिलानले इटालियन सिरी ‘ए’ शीर्षस्थानमा ४ अंकको अग्रता बनाएको छ ।

स्टेडियो एरेची सालेर्नाेमा शुक्रबार राति भएको खेलमा इन्टर मिलानले घरेलु टोलीलाई ५–० को फराकिलो गोल अन्तरले पराजित गरेको हो ।इन्टरको सानदार जितमा इभान पेरिसिस, डेम्जेल डेमफ्रेज, एलेक्सिस सान्चेज, लोउटारो मार्टिनेज र रोबर्टाे गाग्लिएरडिनीले समान एक गोल गरे । पहिलो हाफमा तीन तथा दोस्रो हाफमा तीन गोल निस्किएको थियो ।

गोलको वर्षा भएको खेलमा इन्टर मिलानले खेलको ११औं मिनेटमा इभान पेरिसिसको गोलबाट अग्रता लिएको थियो । उनले हकान कलहानोग्लुको पासमा गोल गरेका थिए । ३३औं मिनेटमा इडेन जेकोको पासमा डेन्जेल डमफ्रेजले गोल गर्दै इन्टरको अग्रता दोब्बर पारे ।

५२औं मिनेटमा एलेक्सिस सान्चेजले गोल गर्दै इन्टरलाई खेलमा ३–० ले अघि बढाए । उनले हकानको पासलाई सदुपयोग गरेका थिए । ७७औं मिनेटमा सब्सिच्युट फरवाड लोउटारो मार्टिनेजले गोल गर्दै इन्टरलाई फराकिलो जिततर्फ अग्रसर गराए ।

५६औं मिनेटमा एलेक्सिस सान्चेजको स्थानमा मैदान छिरेका मार्टिनेजले गोल गर्न सफल भएका थिए । ८७औं मिनेटमा अर्का सब्सिच्युट मिडफिल्डर रोबर्टाे गाग्लिएरडिनीले गोल गर्दै इन्टरको जित पक्का गरे । रोबर्टाे गाग्लिएरडिनी ७१औं मिनेटमा मार्सेलो ब्रोजोभिकको स्थानमा मैदान छिरेका थिए ।

जितसँगै इन्टरले दोस्रो स्थानमा रहेको एसी मिलानलाई ४ अंकले पछि पारेको छ । यद्दपि मिलानले एक खेल कम खेलेको छ । इन्टरको १८ खेलबाट ४३ अंक पुगेको छ । मिलानको १७ खेलबाट ३९ अंक छ । पराजित सालरेनिटाना ८ अंक जोडेर पुछारमा रहेको छ ।

September 20, 2024

आयोजक चितवन गोल्डकपको क्वाटरफाइनलमा

सुशील पन्त क्षेत्री,चितवन प्रतिस्पर्धात्मक खेलमा राइजिङ स्टार भुमहीलाई पराजित गर्दै आयोजक हानामी भरतपुर फुटबल क्लब (बिएफसी) गोल्डेन इमिनेन्ट दोस्रो चितवन गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । नेपाल प्रहरी शिक्षालयको मैदानमा आज भएको खेलमा बिएफसीले राइजिङलाई ३-२ ले हरायो । बिएफसीको जितमा राज भुसालले २ तथा सन्जीब बिष्टले १ गोल गरे । राङजिङ स्टारका फागुराम थारु […]

September 20, 2024

लिस्नु झरना रनिङशिल्डको अन्तिम आठमा

सुमन अधिकारी, बुटवललिस्नु युवा क्लब रुपन्देहीमा जारी ३६ औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिताको क्वाटरफाईनलमा प्रवेश गरेको छ । स्वर्गिय खगी गुरुङसेनीको पुण्य स्मृतिमा झरना स्पोर्टस क्लबको आयोजनामा जारी प्रतियोगिताको तेस्रो दिन शुक्रवार सुनौलो संगम युवा क्लबलाई ४-० ले पराजित गर्दै लिस्नु समुह एबाट अन्तिम ८ मा पुग्ने पहिलो टोली‌ बनेको छ । लिस्नुलाई जित […]

September 20, 2024

आर्मीको जितमा अमिशा र चन्द्राको ह्याट्रिक

काठमाडौं(हाम्रो खेलकुद) – अमिशा कार्की र चन्द्रा भन्डारीले ह्याट्रिक गरेको एन्फा महिला लिगको खेलमा त्रिभुवन आर्मी क्लबले चन्द्रपुर नगरपालिकामाथि फराकिलो जित हात पारेको छ । सातौं खेलमा पाँचौ जित निकाल्ने क्रममा शुक्रवार आर्मीले चन्द्रपुरलाई १०-० ले पराजित गर्यो ।एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा आर्मीकस अमिशा र चन्द्रासँगै हिमा चौधरी, दिपा शाही, शर्मिला मगर र अन्जना […]

Success

Thank you for your time.