default_image

1 year ago

September 20, 2024

आर्मीको जितमा अमिशा र चन्द्राको ह्याट्रिक

725 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – अमिशा कार्की र चन्द्रा भन्डारीले ह्याट्रिक गरेको एन्फा महिला लिगको खेलमा त्रिभुवन आर्मी क्लबले चन्द्रपुर नगरपालिकामाथि फराकिलो जित हात पारेको छ ।

सातौं खेलमा पाँचौ जित निकाल्ने क्रममा शुक्रवार आर्मीले चन्द्रपुरलाई १०-० ले पराजित गर्यो ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा आर्मीकस अमिशा र चन्द्रासँगै हिमा चौधरी, दिपा शाही, शर्मिला मगर र अन्जना राना मगरले समान १ गोल गरिन् ।

पहिलो मिनेटमा गोल गर्दै चन्द्राले आर्मीका लागि अग्रता दिलाएकी थिइन् । २७औं मिनेटमा अमिशाले गोल गर्दै आर्मीको अग्रता दोब्बरको बनाइन् ।

३२औं मिनेटमा हिमाले गोल गर्दै खेल ३-० मा पुर्याइन् । ४०औं मिनेटमा चन्द्राले व्यक्तिगत दोस्रो गोल गरिन् । ४२औं मिनेटमा अमिशाले व्यक्तिगत दोस्रो गोल गरिन् । दिपाले ५२औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै खेल ६-० मा पुर्याइन् ।

६७औं मिनेटमा अन्जनाले गोल गरिन् । अमिशाले ६८औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन् । चन्द्राले ८४औ मिनेटमा ह्याट्रिक पूरा गर्दा ८५औं मिनेटमा शर्मिलाले गोल थपिन् ।

जित पछि आर्मी ७ खेलबाट १६ अंकका साथ दोस्रो स्थानमा कायमै रहेको छ । पराजित चन्द्रपुर ७ अंकका साथ छैटौं स्थानमा छ ।

आजै भएको पहिलो खेलमा रश्मि कुमारी घिसिङले ५ गोलमा विभागीय टोली एपिएफ क्लब अपराजित रहदै शीर्ष स्थानमा कायमै छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा एपिएफले कोशी प्रदेशमाथि ८-० को फराकिलो जित निकाल्यो ।

एपिएफको जितमा रश्मिका अलवा अनिता बस्नेतले २ तथा अनिता केसीले १ गोल गरिन् । एपिएफका लागि पाँचौं मिनेटमा अनिता केसीले गोल गर्दै अग्रता दिलाइन् ।

अनिता बस्नेतले १९ औं र ८०औं मिनेटमा गोल गरिन् । रश्मिले ५६औं, ८१औं, ८५औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन्। उनले ८७औं र ८८औं मिनेटमा गोल थप्दै एपिएफलाई सहज जित दिलाइन् । ७ खेलमा एपिएफको १९ अंक पुगेको छ।

अखिल नेपाल फुटबल संघ(एन्फा) को आयोजनामा जारी लिगमा १० टोलीको सहभागिता रहेको छ । सहभागी टोलीले पहिलो चरणमा एक अर्का विरुद्ध खेल्नेछन् ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.