1 year ago
September 20, 2024
सुशील पन्त क्षेत्री,चितवन
प्रतिस्पर्धात्मक खेलमा राइजिङ स्टार भुमहीलाई पराजित गर्दै आयोजक हानामी भरतपुर फुटबल क्लब (बिएफसी) गोल्डेन इमिनेन्ट दोस्रो चितवन गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
नेपाल प्रहरी शिक्षालयको मैदानमा आज भएको खेलमा बिएफसीले राइजिङलाई ३-२ ले हरायो । बिएफसीको जितमा राज भुसालले २ तथा सन्जीब बिष्टले १ गोल गरे । राङजिङ स्टारका फागुराम थारु र कप्तान विनोद केवतले समान १ गोल गरे।
खेलमा सुरुवाती १२ मिनेट भित्रै ३ गोल भएको थियो । तेस्रो मिनेटमा राजले गोल गर्दै बिएफसीलाई अग्रता दिलाए । नवौं मिनेटमा सन्जीबले बिएफसीको अग्रता दोब्बर बनाए ।
सुरुवातमाै २ गोलले पछि परेपछि राइजिङ स्टार दबाबमा परेको थियो । १२ औं मिनेटमा फागुरामले फ्रिकिकमा गोल गर्दै राइजिङ स्टारलाई खेलमा फर्काउने संकेत गरे ।
५६ औं मिनेटमा राजले व्यक्तिगत दोस्रो गोल गरेपछि बिएफसीले ३-१ को अग्रता लियो । ६३ औं मिनेटमा राइजिङ स्टारका कप्तान विनोदले गोल गरे पनि हार टार्न सकेनन् । बिएफसीको राज प्लेयर अफ दि म्याच भए । बिएफसीले अब सेमिफाइनल प्रवेशका लागि नेपाल पुलिससँग खेल्नेछ ।
प्रतियोगितामा शनिवार बुटवल लुम्बिनी एफसी र न्यु स्टार सुनसरी भिड्नेछन् । खेल दिउँसो ४ बजे सुरु हुनेछ । असोज १२ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ६ लाख रुपैयाँ र दोस्रो टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]