default_image

2 years ago

December 19, 2021

मोराटा चम्कदा युभेन्ट्सको जित

एजेन्सी – अल्भारो मोराटाले एक गोल र अर्काे गोलको लागि असिस्ट दिएपछि युभेन्ट्सले इटालियन सिरी ‘ए’ मा बोलोग्नालाई पराजित गरेको छ । युभेन्ट्सले बोलोग्नालाई उसकै मैदानमा २–० ले पराजित गरेको हो । एक गोल जुआन कोर्डाडोको नाममा रह्यो । खेलको छैटौं मिनेटमा अल्भारो मोराटाको गोलबाट युभेन्ट्सले अग्रता लिएको थियो । उनले फेडरिको बर्नरडेस्चीको पासमा गोल […]

63 views

0 Bookmark

एजेन्सी – अल्भारो मोराटाले एक गोल र अर्काे गोलको लागि असिस्ट दिएपछि युभेन्ट्सले इटालियन सिरी ‘ए’ मा बोलोग्नालाई पराजित गरेको छ ।

युभेन्ट्सले बोलोग्नालाई उसकै मैदानमा २–० ले पराजित गरेको हो । एक गोल जुआन कोर्डाडोको नाममा रह्यो । खेलको छैटौं मिनेटमा अल्भारो मोराटाको गोलबाट युभेन्ट्सले अग्रता लिएको थियो । उनले फेडरिको बर्नरडेस्चीको पासमा गोल गरेका थिए ।

६९औं मिनेटमा कोर्डाडोले मोराटाको पासमा गोल गर्दै युभेन्ट्सको जित सुनिश्चित गरे । यो जितसँगै युभेन्ट्स १८ खेलबाट ३१ अंक जोडेर छैटौं स्थानमा उक्लिएको छ । पराजित बोलोग्ना २४ अंक जोडेर १०औं स्थानमा रहेको छ ।

सिरी ‘ए’ कै अर्काे खेलमा रोमाले एटलान्टालाई उसकै मैदानमा ४–१ ले पराजित गरेको छ । रोमाको जितमा ट्याम्मी अब्राहमले दुई तथा निकोलो जानिलो र क्रिस स्मलिङले समान एक गोल गरे । एटलान्टाले एक गोल उपहार पाएको थियो । ब्रायन क्रिस्टान्टेले आत्मघाती गोल गरेका थिए ।

यस्तै उडिनेसले १० खेलाडीमा समेटिएको क्याग्लिएरीलाई ४–० ले पराजित गरेको छ । उडिनेसको जितमा जेरार्ड डिउलोफिउले दुई तथा जिन भिक्टर माकेंगो र नाहुएल मोलिनाले समान एक गोल गरे । ६६औं मिनेटमा राजभान मारिन दोहोरो पहेलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि क्याग्लिएरी १० खेलाडीमा समेटिन पुग्यो ।

May 3, 2024

नेपालको ब्रिटिश आर्मी विरुद्ध गोलरहित बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो खेलमा गोलरहित बराबरी खेलेको छ । एल्डरशट स्थित मिलिटरी स्टेडियममा भएको खेलमा नेपालले ब्रिटिश आर्मी टोली विरुद्ध गोलरहित बराबरी खेलेको हो । नेपाली टोली भिसा ढिलो आएका कारण अन्योलमा रहेको खेल अन्त्यमा तालिका अनुसार नै अघि बढेको थियो । खेल अवधिभर नेपाली टोली […]

May 3, 2024

समाज कल्याण र आरसी ३२को जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत शुक्रबार सम्पन्न खेलहरुमा समाज कल्याण खेलकुद केन्द्र र स्पोर्ट्स एकेडेमी साँगा विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा समाज कल्याणले साँगा माथि ५-० को फराकिलो जित दर्ता गरेको हो । समाज कल्याणको जितमा सुजन चौधरीले ह्याट्रिक पूरा गरे। यस्तै रोजल दाहालले […]

May 3, 2024

इङ्ल्यान्डमा नेपालको पहिलो खेल आज*

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । ब्रिटिश आर्मीको टोली विरुद्ध आज नेपाली टोलीले खेल्नेछ । भिसा प्रक्रियामा निकै ढिलो हुँदा एन्फाले टोलीका सदस्यलाई फरक-फरक समयमा विभिन्न विमानमा पठाउनु परेको थियो । टोली फरक-फरक समयमा इङ्ल्यान्ड पुगेको थियो भने केही खेलाडीहरू हिजो मात्र पुगेका थिए […]

Success

Thank you for your time.