default_image

2 years ago

December 19, 2021

गाभीले मेस्सीलाई उछिने

एजेन्सी – अर्जेन्टिनी फरवार्ड लियोनेल मेस्सीलाई उछिन्दै स्पेनिस युवा मिडफिल्डर पाब्लो गाभिरा (गाभी) क्याटलान क्लब बार्सिलोनाका लागि गोल गर्ने तेस्रो युवा खेलाडी बनेका छन् । शनिबार राति भएको खेलमा इल्चेलाई ३–२ ले पराजित गरेको खेलमा गाभीले बार्सिलोनाको सिनियर टोलीबाट एक गोल गर्दै मेस्सीलाई पछि पारेका हुन् । उनकै उच्च प्रदर्शनमा बार्सिलोनाले पछिल्लो पाँच खेल खेल्दा […]

63 views

0 Bookmark

एजेन्सी – अर्जेन्टिनी फरवार्ड लियोनेल मेस्सीलाई उछिन्दै स्पेनिस युवा मिडफिल्डर पाब्लो गाभिरा (गाभी) क्याटलान क्लब बार्सिलोनाका लागि गोल गर्ने तेस्रो युवा खेलाडी बनेका छन् ।

शनिबार राति भएको खेलमा इल्चेलाई ३–२ ले पराजित गरेको खेलमा गाभीले बार्सिलोनाको सिनियर टोलीबाट एक गोल गर्दै मेस्सीलाई पछि पारेका हुन् ।

उनकै उच्च प्रदर्शनमा बार्सिलोनाले पछिल्लो पाँच खेल खेल्दा जित निकाल्न सफल भएको थियो । २८ नोभेम्वरमा भिल्लारियललाई ३–१ ले पराजित गरेयता बार्सिलोनाले चार खेलमा जित निकाल्न सकेको थिएन । त्यसक्रमा बार्सिलोनाले समान दुई बराबरी र दुई हारको नतिजा निकालेको थियो ।

बार्सिलोनाले मेस्सीले १७ वर्ष ३३१ दिनमा बार्सिलोनाको सिनियर टोलीमा गोल गरेका थिए । गाभीले १७ वर्ष १३५ दिनमा गोल गर्दै मेस्सीलाई पछि पारेका हुन् । अन्सु फातीले १६ वर्ष ३०४ दिन र बोजानले १७ वर्ष ५३ दिनमा बार्सिलोनाका लागि गोल गर्ने युवा खेलाडीको सुचीमा पहिलो र दोस्रो स्थानमा रहेका छन् ।

यो सिजन देखि नै पहिलो रोजाईमा खेल्ने मौका पाएको गाभीले ला लिगामा १५ खेल खेल्दा १ गोल र ३ असिस्ट दिएका छन् । इल्चेविरुद्धको खेलमा पनि गाभीले एक गोलसँगै एक असिस्ट दिएका थिए । स्पेनको सिनियर टोलीबाट चार खेलमा प्रतिनिधित्व गरिसकेका गाभीले बार्सिलोनाका लागि २१ ख्ेल खेलिसकेका छन् ।

बार्सिलोनाकै एकेडेमी ला मासियामा हुर्किएका गाभीलाई बार्सिलोना र स्पेनको महत्वपुर्ण खेलाडीको रुपमा हेरिएको छ ।

May 3, 2024

नेपालको ब्रिटिश आर्मी विरुद्ध गोलरहित बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो खेलमा गोलरहित बराबरी खेलेको छ । एल्डरशट स्थित मिलिटरी स्टेडियममा भएको खेलमा नेपालले ब्रिटिश आर्मी टोली विरुद्ध गोलरहित बराबरी खेलेको हो । नेपाली टोली भिसा ढिलो आएका कारण अन्योलमा रहेको खेल अन्त्यमा तालिका अनुसार नै अघि बढेको थियो । खेल अवधिभर नेपाली टोली […]

May 3, 2024

समाज कल्याण र आरसी ३२को जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत शुक्रबार सम्पन्न खेलहरुमा समाज कल्याण खेलकुद केन्द्र र स्पोर्ट्स एकेडेमी साँगा विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा समाज कल्याणले साँगा माथि ५-० को फराकिलो जित दर्ता गरेको हो । समाज कल्याणको जितमा सुजन चौधरीले ह्याट्रिक पूरा गरे। यस्तै रोजल दाहालले […]

May 3, 2024

इङ्ल्यान्डमा नेपालको पहिलो खेल आज*

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । ब्रिटिश आर्मीको टोली विरुद्ध आज नेपाली टोलीले खेल्नेछ । भिसा प्रक्रियामा निकै ढिलो हुँदा एन्फाले टोलीका सदस्यलाई फरक-फरक समयमा विभिन्न विमानमा पठाउनु परेको थियो । टोली फरक-फरक समयमा इङ्ल्यान्ड पुगेको थियो भने केही खेलाडीहरू हिजो मात्र पुगेका थिए […]

Success

Thank you for your time.