default_image

2 years ago

December 20, 2021

लिभरपुल र टोटेनहमको रोमाञ्चक बराबरी

एजेन्सी – टोटेनहम हटस्पर र लिभरपुलले इंग्लिस प्रिमियर लिगमा रोमाञ्चक बराबरी खेलेका छन् । टोटेनहम र लिभरपुलले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । टोटेनहम हटस्पर स्टेडियममा आइतबार राति भएको खेलमा घरेलु टोलीका लागि ह्यारी केन र ह्युङ मिन सनले गोल गरे । लिभरपुलका डिएगो जोटा र एन्ड्रिउ रोबर्टसनले गोल गरे । खेलको १३औं […]

95 views

0 Bookmark

एजेन्सी – टोटेनहम हटस्पर र लिभरपुलले इंग्लिस प्रिमियर लिगमा रोमाञ्चक बराबरी खेलेका छन् । टोटेनहम र लिभरपुलले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

टोटेनहम हटस्पर स्टेडियममा आइतबार राति भएको खेलमा घरेलु टोलीका लागि ह्यारी केन र ह्युङ मिन सनले गोल गरे । लिभरपुलका डिएगो जोटा र एन्ड्रिउ रोबर्टसनले गोल गरे ।

खेलको १३औं मिनेटमा ह्यारी केनको गोलबाट घरेलु टोली टोटेनहमले सुरुवाती अग्रता लिएको थियो । उनले टांगी एनडोम्वेलेको पासलाई सदुपयोग गरेका थिए । ३५औं मिनेटमा डिएगो जोटाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । जोटाले एन्ड्रिउ रोबर्टसनको पासमा गोल गरेका थिए ।

६९औं मिनेटमा एन्ड्रिउ रोबर्टसनले गोल गर्दै लिभरपुललाई खेलमा २–१ को अग्रता दिलाए । उनले ट्रेन्ट एलेक्सान्डर आर्नाेल्डको पासमा गोल गरेका थिए । ७४औं मिनेटमा ह्युङ मिन सनले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए ।

७७औं मिनेटमा लिभरपुल १० खेलाडीमा समेटिन पुग्यो । इमर्सन रोयललाई अनावश्यक फउल गरेपछि रेफ्रीले भिएआरको सहायता लिदै रोबर्टसनलाई रातो कार्ड देखाँउदै मैदान बाहिर पठाएका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा खेल बराबरीमा टुंगियो ।

बराबरीसँगै दोस्रो स्थानमा यथावत रहेको लिभरपुलको १८ खेलबाट ४१ अंक पुगेको छ । लिभरपुल शीर्षस्थानको म्यानचेस्टर सिटीसँग ३ अंकले पछि परेको छ । टोटेनहम १५ खेलबाट २६ अंक जोडेर सातौ स्थानमा रहेको छ ।

May 3, 2024

नेपालको ब्रिटिश आर्मी विरुद्ध गोलरहित बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो खेलमा गोलरहित बराबरी खेलेको छ । एल्डरशट स्थित मिलिटरी स्टेडियममा भएको खेलमा नेपालले ब्रिटिश आर्मी टोली विरुद्ध गोलरहित बराबरी खेलेको हो । नेपाली टोली भिसा ढिलो आएका कारण अन्योलमा रहेको खेल अन्त्यमा तालिका अनुसार नै अघि बढेको थियो । खेल अवधिभर नेपाली टोली […]

May 3, 2024

समाज कल्याण र आरसी ३२को जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत शुक्रबार सम्पन्न खेलहरुमा समाज कल्याण खेलकुद केन्द्र र स्पोर्ट्स एकेडेमी साँगा विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा समाज कल्याणले साँगा माथि ५-० को फराकिलो जित दर्ता गरेको हो । समाज कल्याणको जितमा सुजन चौधरीले ह्याट्रिक पूरा गरे। यस्तै रोजल दाहालले […]

May 3, 2024

इङ्ल्यान्डमा नेपालको पहिलो खेल आज*

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । ब्रिटिश आर्मीको टोली विरुद्ध आज नेपाली टोलीले खेल्नेछ । भिसा प्रक्रियामा निकै ढिलो हुँदा एन्फाले टोलीका सदस्यलाई फरक-फरक समयमा विभिन्न विमानमा पठाउनु परेको थियो । टोली फरक-फरक समयमा इङ्ल्यान्ड पुगेको थियो भने केही खेलाडीहरू हिजो मात्र पुगेका थिए […]

Success

Thank you for your time.