default_image

2 years ago

December 20, 2021

एमबाप्पे चम्कदा पिएसजीको जित

एजेन्सी – फ्रान्सेली फरवार्ड केलियन एमबाप्पेको दुई तथा मोउरो इकार्डीको एक गोलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले कप डि फ्रान्समा सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा पिएसजीले घरेलु टोली फेइगनिस अलनोइलाई ३–० ले पराजित गर्दै अन्तिम ३२ मा स्थान पक्का गरेको हो ।खेलको सुरुवातदेखि नै घरेलु टोलीलाई दवावमा राखेको पिएसजीले १६औं मिनेटमा […]

47 views

0 Bookmark

एजेन्सी – फ्रान्सेली फरवार्ड केलियन एमबाप्पेको दुई तथा मोउरो इकार्डीको एक गोलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले कप डि फ्रान्समा सहज जित निकालेको छ ।

आइतबार राति भएको खेलमा पिएसजीले घरेलु टोली फेइगनिस अलनोइलाई ३–० ले पराजित गर्दै अन्तिम ३२ मा स्थान पक्का गरेको हो ।खेलको सुरुवातदेखि नै घरेलु टोलीलाई दवावमा राखेको पिएसजीले १६औं मिनेटमा एमबाप्पेको पेनाल्टी गोलबाट अग्रता लिएको थियो ।

एमबाप्पेलाई पेनाल्टी बक्समा डिधिहोउले फउल गरेपछि प्राप्त पेनाल्टीमा एमबाप्पे आँफैले गोल गरेका थिए । त्यसअघि १२औं मिनेटमा मोउरो इकार्डीले गोल गरेपछि अफसाइड ठहरिदा उनको गोलले मान्यता पाएन ।

३०औं मिनेटमा मोउरो इकार्डीले पेनाल्टीमा गोल गर्दै पिएसजीको अग्रता दोब्बर पारे । पेनाल्टी बक्समा एमबाप्पेलाई पुनः फउल गरेपछि रेफ्रीले पिएसजीलाई पेनाल्टी प्रदान गरेको थियो । यसपटक इकार्डीले गोल गरे ।

५१औं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै पिएसजीको जित पक्का गरे । ७६ प्रतिशत बल पोसेसन राखेको पिएसजीले दर्जन बढी अवसर सिर्जना गरेपनि थप गोल बढाउन सकेन ।

May 3, 2024

नेपालको ब्रिटिश आर्मी विरुद्ध गोलरहित बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो खेलमा गोलरहित बराबरी खेलेको छ । एल्डरशट स्थित मिलिटरी स्टेडियममा भएको खेलमा नेपालले ब्रिटिश आर्मी टोली विरुद्ध गोलरहित बराबरी खेलेको हो । नेपाली टोली भिसा ढिलो आएका कारण अन्योलमा रहेको खेल अन्त्यमा तालिका अनुसार नै अघि बढेको थियो । खेल अवधिभर नेपाली टोली […]

May 3, 2024

समाज कल्याण र आरसी ३२को जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत शुक्रबार सम्पन्न खेलहरुमा समाज कल्याण खेलकुद केन्द्र र स्पोर्ट्स एकेडेमी साँगा विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा समाज कल्याणले साँगा माथि ५-० को फराकिलो जित दर्ता गरेको हो । समाज कल्याणको जितमा सुजन चौधरीले ह्याट्रिक पूरा गरे। यस्तै रोजल दाहालले […]

May 3, 2024

इङ्ल्यान्डमा नेपालको पहिलो खेल आज*

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । ब्रिटिश आर्मीको टोली विरुद्ध आज नेपाली टोलीले खेल्नेछ । भिसा प्रक्रियामा निकै ढिलो हुँदा एन्फाले टोलीका सदस्यलाई फरक-फरक समयमा विभिन्न विमानमा पठाउनु परेको थियो । टोली फरक-फरक समयमा इङ्ल्यान्ड पुगेको थियो भने केही खेलाडीहरू हिजो मात्र पुगेका थिए […]

Success

Thank you for your time.