default_image

2 years ago

December 20, 2021

नेपोलीसँग मिलानको हार

एजेन्सी – इटालियन सिरी ‘ए’ मा एसी मिलानले घरेलु मैदानमा नेपोलीसँग हार बेहोरेको छ । मिलानले नेपोलीसँग १–० को हार बेहोरेको हो । मिलानोमा आइतबार राति भएको खेलमा नेपोलीको जितमा इल्जिफ इल्मासले गरेको गोल नै निर्णायक बन्यो । उनले पाँचौ मिनेटमा पिओटर जिलेन्स्कीको पासमा गोल गरेका थिए । प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले केही सुवर्ण अवसर […]

76 views

0 Bookmark

एजेन्सी – इटालियन सिरी ‘ए’ मा एसी मिलानले घरेलु मैदानमा नेपोलीसँग हार बेहोरेको छ । मिलानले नेपोलीसँग १–० को हार बेहोरेको हो ।

मिलानोमा आइतबार राति भएको खेलमा नेपोलीको जितमा इल्जिफ इल्मासले गरेको गोल नै निर्णायक बन्यो । उनले पाँचौ मिनेटमा पिओटर जिलेन्स्कीको पासमा गोल गरेका थिए ।

प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले केही सुवर्ण अवसर सिर्जना गरेपनि त्यसपछि थप गोल निस्कन नसक्दा नेपोली विजयी हुन सफल भयो ।

जितसँगै नेपोली १८ खेलबाट ३९ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । समान ३९ अंक नै रहेपनि मिलान गोल अन्तर हेड टु हेडमा पछि परेको छ । शीर्षस्थानको इन्टर मिलानको ४३ अंक छ ।

May 3, 2024

नेपालको ब्रिटिश आर्मी विरुद्ध गोलरहित बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो खेलमा गोलरहित बराबरी खेलेको छ । एल्डरशट स्थित मिलिटरी स्टेडियममा भएको खेलमा नेपालले ब्रिटिश आर्मी टोली विरुद्ध गोलरहित बराबरी खेलेको हो । नेपाली टोली भिसा ढिलो आएका कारण अन्योलमा रहेको खेल अन्त्यमा तालिका अनुसार नै अघि बढेको थियो । खेल अवधिभर नेपाली टोली […]

May 3, 2024

समाज कल्याण र आरसी ३२को जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत शुक्रबार सम्पन्न खेलहरुमा समाज कल्याण खेलकुद केन्द्र र स्पोर्ट्स एकेडेमी साँगा विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा समाज कल्याणले साँगा माथि ५-० को फराकिलो जित दर्ता गरेको हो । समाज कल्याणको जितमा सुजन चौधरीले ह्याट्रिक पूरा गरे। यस्तै रोजल दाहालले […]

May 3, 2024

इङ्ल्यान्डमा नेपालको पहिलो खेल आज*

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । ब्रिटिश आर्मीको टोली विरुद्ध आज नेपाली टोलीले खेल्नेछ । भिसा प्रक्रियामा निकै ढिलो हुँदा एन्फाले टोलीका सदस्यलाई फरक-फरक समयमा विभिन्न विमानमा पठाउनु परेको थियो । टोली फरक-फरक समयमा इङ्ल्यान्ड पुगेको थियो भने केही खेलाडीहरू हिजो मात्र पुगेका थिए […]

Success

Thank you for your time.