default_image

2 years ago

December 20, 2021

यूईएफएको निर्णयसँगै टोटेनहम कन्फ्रेन्स लिगबाट बाहिरियो

एजेन्सी – इंग्लिस क्लब टोटेनहम हटस्पर युरोपा कन्फ्रेन्स लिगबाट बाहिरिएको छ । कोभिड –१९ का कारण समूह चरणको अन्तिम खेल खेल्न नसकेकोमा युरोपियन फुटबलको सर्वाेच्च निकाय (युइएफए) ले ३-० को हारको नतिजा सुम्पने निर्णय गरेसँगै टोटेनहम लिगबाटै बाहिरिएको हो । युइएफएले कन्फ्रेन्स लिगको प्ले अफको ‘ड्र’ सार्वजनिक भइसकेको र यो खेलको लागि कुनै समय उपलब्ध […]

69 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब टोटेनहम हटस्पर युरोपा कन्फ्रेन्स लिगबाट बाहिरिएको छ । कोभिड –१९ का कारण समूह चरणको अन्तिम खेल खेल्न नसकेकोमा युरोपियन फुटबलको सर्वाेच्च निकाय (युइएफए) ले ३-० को हारको नतिजा सुम्पने निर्णय गरेसँगै टोटेनहम लिगबाटै बाहिरिएको हो ।

युइएफएले कन्फ्रेन्स लिगको प्ले अफको ‘ड्र’ सार्वजनिक भइसकेको र यो खेलको लागि कुनै समय उपलब्ध नरहेकाले खेल नै रद्द गरिएको बताए । कोरोनाका कारण ९ डिसेम्वरमा रेनेससँग हुनुपर्ने खेल स्थगित भएको थियो । उक्त खेल टोटेनहमका खेलाडीमा कोरोना संक्रमण देखिएका कारण यूईएफएले नै स्थगित गरेको थियो ।

लिग चरणको अन्तिम खेल खेल्न फ्रान्सेली क्लब रेनेस लन्डन पुगेको थियो । खेल हुनुभन्दा एक रात अघि मात्रै रेनेसलाई खेल स्थगित भएको जानकारी दिएको थियो । टोटेनहमले रेनेस राजि भएको अवस्थामा फ्रान्समै गएर खेल्ने बताएपनि फ्रान्सेली क्लबला इच्छा व्यक्त गरेन ।

युइएफएले प्रतियोगिता नियमावलीको जे ३.१ को नियमअनुसार रेनेसलाई ३–० को जितसहित ३ अंक दिलाएको छ । युइएफएको यो निर्णयले रेनेस समूह ‘जी’ मा ११ अंक जोडेर समूह विजेता बन्यो । भिटेस १० अंक जोडेर दोस्रो स्थानमा रहँदै अघिल्लो चरणमा पुग्न सफल भएको छ । टोटेनहम ७ अंक जोडेर तेस्रो स्थानमा रह्यो ।

यो नतिजाले भिटेसेले अब अर्काे चरण प्रवेशका लागि र्यापिड वेनसँग १७ र २४ फेब्रुअरीमा खेल्नेछ ।

May 4, 2024

रियल म्याड्रिड स्पेनिस लिग उपाधि नजिक

एजेन्सी – कीर्तिमानी विजेता टोली रियल म्याड्रिड स्पेनिस शीर्ष डिभिजन ला लिगाको उपाधिको नजिक पुगेको छ । काडिज माथि शनिबार भएको खेलमा ३-० को जित निकाल्दै रियलको ४ खेल बाँकी छँदै २०२३/०२३ लिग उपाधिको नजिक पुगेको हो । रियलको जितमा ब्राहिम डियाज, जुड बेलिङ्घम र जोसेलुले समान‌ १ गोल गरे । ५१औं मिनेटमा बक्सको छेउबाट […]

May 4, 2024

आर्सनलद्वारा बर्नमाउथ पराजित

एजेन्सी – इंग्लिश प्रिमियर लिगको शीर्ष स्थानमा रहेको टोली आर्सनलले बर्नमाउथलाई पराजित गरेको छ । शनिबार भएको दिनको पहिलो खेलमा आर्सनल ३-० ले विजयी भएको हो । आक्रामक खेल प्रदर्शन गरेतापनि आर्सनलले अग्रता लिन पहिलो हाफको अन्त्य कुर्नु परेको थियो । बर्नमाउथका गोलरक्षक मार्क ट्राभर्सले काई हाभर्ट्ज माथि फाउल गरेपछि पाएको पेनाल्टीमा गोल गर्दै बुकायो […]

May 3, 2024

नेपालको ब्रिटिश आर्मी विरुद्ध गोलरहित बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो खेलमा गोलरहित बराबरी खेलेको छ । एल्डरशट स्थित मिलिटरी स्टेडियममा भएको खेलमा नेपालले ब्रिटिश आर्मी टोली विरुद्ध गोलरहित बराबरी खेलेको हो । नेपाली टोली भिसा ढिलो आएका कारण अन्योलमा रहेको खेल अन्त्यमा तालिका अनुसार नै अघि बढेको थियो । खेल अवधिभर नेपाली टोली […]

Success

Thank you for your time.