default_image

2 years ago

December 24, 2021

पेले अस्पतालबाट डिस्चार्ज

एजेन्सी – तीन पटकको विश्व विजेता तथा ब्राजिलियन फुटबल लेजेन्ड पेले अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएका छन् । बिहीबार उनी साओ पाउलोस्थित अल्बर्ट आइन्सटाइन अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएका हुन् । विगत दुई साताअघि पेटको ट्युमरको नियमित उपचारका लागि उनी अस्पताल भर्ना भएका थिए । ८१ वर्षीय पेले परिवारसँग क्रिसमस मनाउन भन्दै उनले अस्पतालबाट डिस्चार्ज […]

176 views

0 Bookmark

एजेन्सी – तीन पटकको विश्व विजेता तथा ब्राजिलियन फुटबल लेजेन्ड पेले अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएका छन् । बिहीबार उनी साओ पाउलोस्थित अल्बर्ट आइन्सटाइन अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएका हुन् ।

विगत दुई साताअघि पेटको ट्युमरको नियमित उपचारका लागि उनी अस्पताल भर्ना भएका थिए । ८१ वर्षीय पेले परिवारसँग क्रिसमस मनाउन भन्दै उनले अस्पतालबाट डिस्चार्ज लिएको बताइएको छ । घरमै रहेपनि उनी पुर्ण रुपमा चिकित्सको निगरानीमा नै रहने छन् ।

यसअघि उनी गत अगस्टको अन्त्यतिर अस्पताल भर्ना भइ डिस्चार्ज भएका थिए । त्यसबेला पेलेको दाहिने पेटको शल्यक्रियापछि छोटो समयका लागि सघन उपचार कक्षमा राखिएको थियो । त्यसयता, उनी निरन्तर फलोअपको लागि अस्पताल गइरहेका छन् ।

पेलेले सन् १९५८, १९६२ र १९७० गरी तीन पटक विश्वकपको उपाधि दिलाएका थिए । उनले ब्राजिलका लागि ९१ खेलमा ७७ अन्तर्राष्ट्रिय गोल गरेका छन् । उनले व्यवसायिक खेल करियरमा १२ सय भन्दा बढी गोल गरेको बताइएको छ ।

April 29, 2024

मनोहरा र खालीबारी विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिगमा सोमबार सम्पन्न खेलमा मनोहरा युनाइटेड युथ क्लब खालीबारी युथ क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा मनोहराले सानेपा क्लब माथि २-१ को जित निकाल्यो । मनोहराका लागि विवस मगर र लिला बहादुर थापा मगरले एक-एक गोल गरे । यस्तै निराजन जंग […]

April 29, 2024

मानेभन्ज्याङ आदर्श च्यालेन्ज कपको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोडधरान एफसीमाथि सहज जित निकाल्दै पाहुना टोली भारतको मानेभन्ज्याङ एफसी झापाको बुधबारेमा जारी तेस्रो आदर्श च्यालेन्ज कपको सेमिफाइनलमा प्रवेश गरेको छ । मानेभन्ज्याङले धरान एफसीमाथि सोमबार ५–१ गोलको नतिजामा जित हात पारेको हो । खेल सुरु भएको ५ मिनेटमै मानेभन्ज्याङले गोल गर्दै अग्रता लिएको थियो । मानेभन्ज्याङका करण राईले १८ यार्डको दूरीबाट प्रहार […]

April 29, 2024

मध्यपुर थिमि गोदावरी मेयर कपको क्वाटरफाइनलमा

ललितपुर (हाम्रो खेलकुद )- मध्यपुर थिमि नगरपालिका गोदावरीमा जारी प्रथम उपत्यकाव्यापी अन्तर पालिका खुल्ला मेयर कप फुटबल प्रतियोगिताको क्बार्टरफाइनलमा प्रवेश गरेको छ । गोदावरी १० टाहाखेल–झ्यालुन्टारस्थित प्रस्तावित गोदावरी बहुउद्देश्यीय रंगशाला सोमबार भएको एक मात्र खेलमा टोखा नगरपालिकालाई ४–० ले हराउँदै मध्यपुर थिमिले अन्तिम आठमा पुगेको हो । मध्यपुरको जितमा रोहन खड्गीले ह्याट्रिक पूरा गरे भने […]

Success

Thank you for your time.