default_image

3 years ago

December 29, 2021

टोरेस बार्सिलोनामा अनुबन्धित

99 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीका स्पेनिस युवा फरवार्ड फेरान टोरेस क्याटलान क्लब बार्सिलोनामा अनुबन्धित भएका छन् ।

बार्सिलोनाले जनवरी ट्रान्सफरमा २१ टोेरेसलाई ५५ मिलियन पाउन्डमा ५ वर्ष ६ महिनाको लागि अनुबन्ध गरेको हो । सम्झौता अनुसार उनी सन् २०२७ को समर ट्रान्सफरसम्म बार्सिलोनामा रहनेछ ।

बार्सिलोनाका अध्यक्ष जोन लापोर्टा र प्रशिक्षक जाभी हर्नान्डेजले आर्थिक कठिनाइको बावजुत टोलीको आक्रमणलाई बलियो बनाउन टोरेसलाई क्लबमा अनुबन्ध गरेको हो । फरवार्ड सर्जियो अगुएरोले मुटुको समस्याका कारण सन्यास लिन नै टोरेसको लागि बार्सिलोना आउने ढोका खुल्ला भयो । अब उनी छिट्टै नै टोलीको प्रशिक्षणमा सामेल हुनेछन् ।

स्पेनिस क्लब भ्यालेन्सियाबाट सन् २०२० मा सिटी पुगेका २१ वर्षीय टोरेसको सिटीसँग सन् २०२५ सम्म सम्झौता रहेको थियो । उनले उक्त सम्झौता तोड्दै बार्सिलोना जाने निर्णय गरेको हो । टोरेसले सिटीका लागि ४३ खेलमा १६ गोल गरेका छ । स्पेनको सिनियर टोलीबाट पनि खेलिसकेका टोरेसले २२ खेलमा १२ गोल गरिसकेका छन् ।

September 20, 2024

आयोजक चितवन गोल्डकपको क्वाटरफाइनलमा

सुशील पन्त क्षेत्री,चितवन प्रतिस्पर्धात्मक खेलमा राइजिङ स्टार भुमहीलाई पराजित गर्दै आयोजक हानामी भरतपुर फुटबल क्लब (बिएफसी) गोल्डेन इमिनेन्ट दोस्रो चितवन गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । नेपाल प्रहरी शिक्षालयको मैदानमा आज भएको खेलमा बिएफसीले राइजिङलाई ३-२ ले हरायो । बिएफसीको जितमा राज भुसालले २ तथा सन्जीब बिष्टले १ गोल गरे । राङजिङ स्टारका फागुराम थारु […]

September 20, 2024

लिस्नु झरना रनिङशिल्डको अन्तिम आठमा

सुमन अधिकारी, बुटवललिस्नु युवा क्लब रुपन्देहीमा जारी ३६ औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिताको क्वाटरफाईनलमा प्रवेश गरेको छ । स्वर्गिय खगी गुरुङसेनीको पुण्य स्मृतिमा झरना स्पोर्टस क्लबको आयोजनामा जारी प्रतियोगिताको तेस्रो दिन शुक्रवार सुनौलो संगम युवा क्लबलाई ४-० ले पराजित गर्दै लिस्नु समुह एबाट अन्तिम ८ मा पुग्ने पहिलो टोली‌ बनेको छ । लिस्नुलाई जित […]

September 20, 2024

आर्मीको जितमा अमिशा र चन्द्राको ह्याट्रिक

काठमाडौं(हाम्रो खेलकुद) – अमिशा कार्की र चन्द्रा भन्डारीले ह्याट्रिक गरेको एन्फा महिला लिगको खेलमा त्रिभुवन आर्मी क्लबले चन्द्रपुर नगरपालिकामाथि फराकिलो जित हात पारेको छ । सातौं खेलमा पाँचौ जित निकाल्ने क्रममा शुक्रवार आर्मीले चन्द्रपुरलाई १०-० ले पराजित गर्यो ।एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा आर्मीकस अमिशा र चन्द्रासँगै हिमा चौधरी, दिपा शाही, शर्मिला मगर र अन्जना […]

Success

Thank you for your time.