default_image

3 years ago

January 2, 2022

श्री भगवती र बिवाइसी त्रिवेणी कपको सेमिफाइनलमा

140 views

0 Bookmark

लमजुङ (हाम्रो खेलकुद) – साविक विजेता श्री भगवती युवा क्लब टोखा र बुद्ध युथ क्लब (बिवाइसी लमजुङमा जारी जिल्लाकै सर्वाधिक धनराशिको २९औं संस्करणको त्रिवेणी कप राष्ट्रव्यापी फुटवल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

बेंसीशहरस्थित सहजी खेल मैदानमा आइतबार भएको क्वाटरफाइनलमा श्री भगवतीले एमसिटीलाई ४–१ को फराकिलो गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो ।

श्री भगवतीको जितमा अर्मान्डले दुई तथा अनिष श्रेष्ठ र जिनाहुआ मोइसले समान एक गोल गरे । एमसिटीका सुमिन थापाले एक गोल फर्काए । खेलको २७औं मिनेटमा अर्मान्डले गोल गर्दै श्री भगवतीलाई १–० को अग्रता दिलाए । ३२औं मिनेटमा अनिषले गोल गर्दै श्री भगवतीको अग्रता दोब्बर पारे ।

४६औं मिनेटमा अर्मान्डले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरेपछि श्री भगवती सहज जिततर्फ अग्रसर बन्यो । ५४औं मिनेटमा सुमिनले गोल गर्दै खेललाई ३–१ को अवस्थामा ल्याए । ८१औं मिनेटमा जिनाहुआले गोल गर्दै श्री भगवतीको जित पक्का गरे । श्री भगवतीका अनिष श्रेष्ठ म्यान अफ दि म्याच घोषित भए ।

अर्काे खेलमा बुद्ध युथ क्लब (बिवाइसी) ले लालीगुराँस युथ क्लबलाई ३–० ले पराजित गर्दै सेमिफाइनलमा पुग्न सफल भएको छ । बिवाइसीको जितमा फल्कुनी एवायोनी, सोमिडे र सचिन थापा मगरले गोल गरे ।

खेलको २७औं मिनेटमा एवायोनीले गोल गर्दै सुरुवाती अग्रता दिलाए । ५९औं मिनेटमा सोमिडेले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे । ८३औ मिनेटमा सचिनले गोल गर्दै जित पक्का गरे । बिवाइसीका फल्कुनी म्यान अफ दि म्याच घोषित भए ।

सोमबार क्वाटरफाइनल आयोजक त्रिवेणी युवा क्लब र रोड्स रामपुर तथा कालिका एफसी चितवन र समाज कल्याण काठमाडौंबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा लमजुङ, काठमाडौ, पोखरा, चितवन, तनहुँलगायत जिल्लाबाट गरी १८ टिमको सहभागिता रहेको छ । यसपालीको त्रिवेणी कपको विजेताले ५ लाख, त्रिवेणी कप र स्वर्ण पदक प्राप्त गर्नेछ ।

उपविजेताले ३ लाख र रजत पदक पाउनेछ । सेमिफाइनल पराजित हुने दुई टोलीले समान ५०–५० रुपैया प्रदान गरिने आयोजकले जनाएको छ । सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट खेलाडीले जनही १५–१५ हजार रुपैयाँ प्रदान गरिनेछ । त्रिवेणी कप २० पुससम्म सञ्चालन हुनेछ ।

February 13, 2025

थ्री स्टारलाई उज्वेक ब्ल्याक बुल्सको चुनौती

पोखरा (हाम्रो खेलकुद)- सिजनको पहिलो नकआउट खेल्ने क्रममा पोखरा आएको थ्री स्टार क्लबले विजयी सुरुवात गरेको थियो। त्यो जितले थ्री स्टार २४ औं आहा! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा पुगेको थियो। बलियो मानिएको मच्छिन्द्र फुटबल क्लबलाई पेनाल्टीमा ४-२ ले हराउँदै अघि बढेको थ्री स्टारले त्यो भन्दा बलियो चुनौतीको सामना सम्भवतः आजको खेलमा गर्नुपर्ने हुनसक्छ। जहाँ ५ […]

February 13, 2025

बायर्नको जितमा केनको गोल

एजेन्सी – बायर्न म्युनिखले च्याम्पियन्सिप लिग प्ले अफको पहिलो लेग जितेको छ। बायर्नले बुधवार स्कटल्याण्डको सेल्टिकलाई २-१ ले हरायो । बायर्नलाई जिताउन माइकल ओलिस र हेरी केनले गोल गरे । सेल्टिकका डेजेन मेडाले गोल फर्काए । बायर्नका ओलिसले पहिलो हाफको अन्तिम मिनेटमा गोल गर्दै अग्रता दिलाए । दोस्रो हाफको चौथो मिनेटमा केनले गोल गर्दै बार्यनको […]

February 13, 2025

रोमाञ्चक खेलमा लिभरपुल रोकियो

एजेन्सी – इंग्लिस प्रिमियर लिगकि शीर्ष टोली लिभरपुल बराबरीमा राकिएको छ । लिभरपुललाई बुधवार एभर्टन २-२ को बराबरीमा रोकेको हो । इन्ज्युरी समयको आठौं मिनेटमा बराबरी गोल गर्दैै एभर्टनले १ अंक खोस्यो। घरेलु मैदानमा एभर्टनका लागि जेम्स टार्कोव्स्की र बेटोले गोल गरे । लिभरपुलका लागि एलेक्स म्याक एलिसेल्टर र मोहम्मद सलाहले गोल गरे । खेलमा […]

Success

Thank you for your time.