default_image

4 years ago

January 2, 2022

श्री भगवती र बिवाइसी त्रिवेणी कपको सेमिफाइनलमा

189 views

0 Bookmark

लमजुङ (हाम्रो खेलकुद) – साविक विजेता श्री भगवती युवा क्लब टोखा र बुद्ध युथ क्लब (बिवाइसी लमजुङमा जारी जिल्लाकै सर्वाधिक धनराशिको २९औं संस्करणको त्रिवेणी कप राष्ट्रव्यापी फुटवल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

बेंसीशहरस्थित सहजी खेल मैदानमा आइतबार भएको क्वाटरफाइनलमा श्री भगवतीले एमसिटीलाई ४–१ को फराकिलो गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो ।

श्री भगवतीको जितमा अर्मान्डले दुई तथा अनिष श्रेष्ठ र जिनाहुआ मोइसले समान एक गोल गरे । एमसिटीका सुमिन थापाले एक गोल फर्काए । खेलको २७औं मिनेटमा अर्मान्डले गोल गर्दै श्री भगवतीलाई १–० को अग्रता दिलाए । ३२औं मिनेटमा अनिषले गोल गर्दै श्री भगवतीको अग्रता दोब्बर पारे ।

४६औं मिनेटमा अर्मान्डले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरेपछि श्री भगवती सहज जिततर्फ अग्रसर बन्यो । ५४औं मिनेटमा सुमिनले गोल गर्दै खेललाई ३–१ को अवस्थामा ल्याए । ८१औं मिनेटमा जिनाहुआले गोल गर्दै श्री भगवतीको जित पक्का गरे । श्री भगवतीका अनिष श्रेष्ठ म्यान अफ दि म्याच घोषित भए ।

अर्काे खेलमा बुद्ध युथ क्लब (बिवाइसी) ले लालीगुराँस युथ क्लबलाई ३–० ले पराजित गर्दै सेमिफाइनलमा पुग्न सफल भएको छ । बिवाइसीको जितमा फल्कुनी एवायोनी, सोमिडे र सचिन थापा मगरले गोल गरे ।

खेलको २७औं मिनेटमा एवायोनीले गोल गर्दै सुरुवाती अग्रता दिलाए । ५९औं मिनेटमा सोमिडेले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे । ८३औ मिनेटमा सचिनले गोल गर्दै जित पक्का गरे । बिवाइसीका फल्कुनी म्यान अफ दि म्याच घोषित भए ।

सोमबार क्वाटरफाइनल आयोजक त्रिवेणी युवा क्लब र रोड्स रामपुर तथा कालिका एफसी चितवन र समाज कल्याण काठमाडौंबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा लमजुङ, काठमाडौ, पोखरा, चितवन, तनहुँलगायत जिल्लाबाट गरी १८ टिमको सहभागिता रहेको छ । यसपालीको त्रिवेणी कपको विजेताले ५ लाख, त्रिवेणी कप र स्वर्ण पदक प्राप्त गर्नेछ ।

उपविजेताले ३ लाख र रजत पदक पाउनेछ । सेमिफाइनल पराजित हुने दुई टोलीले समान ५०–५० रुपैया प्रदान गरिने आयोजकले जनाएको छ । सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट खेलाडीले जनही १५–१५ हजार रुपैयाँ प्रदान गरिनेछ । त्रिवेणी कप २० पुससम्म सञ्चालन हुनेछ ।

December 14, 2025

एपिएफ र कराँची सिटी खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफको २ खेलको प्रदर्शनलाई हेर्दा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको दाबेदार देखिन्छ। तर आज हुने खेलको नतिजा एपिएफलाई फाइनल पुग्नका लागि महत्वपूर्ण हुनेछ। भारतीय क्लब इस्ट बंगाल लगातार २ खेल जित्दै ६ अंकका साथ शीर्ष स्थानमा छ। इस्ट बंगाल च्याम्पियनसिपको मुख्य दाबेदारका रुपमा देखिएको छ। एपिएफले २ खेलमा […]

December 13, 2025

चेल्सी र लिभरपुलको जित

एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

Success

Thank you for your time.