9 years ago
November 25, 2016
हाम्रो खेलकुद – झापामा जारी सुरुंगा गोल्डकपको फाइनल खेलमा रुपन्देही एघार र सशस्त्र प्रहरी बल (एपीएफ) फाइनलमा शनिबार दिउसो भिड्दै छन्।

दुवै टोलि सेमिफाइनल खेल टाइब्रेकरमा जित्दै फाइनल पुगेका हुन्। रुपन्देहीले मनाङ मर्श्याँग्दिलाइ हराएको थियो भने एपीएफले अर्को विभागीय टोलि नेपाल पुलिस क्लबलाई पराजित गर्दै फाइनल तय गरेको थियो।
भोलि हुने फाइनल खेलमा दुवै टोलि जित्नेमा विश्वस्त देखिएपनि रुपन्देही केहि बलियो देखिएको छ। पहिलो खेलमा अनुपस्थित रहेका बिमल घर्ति मगर र बिक्रम लामा सेमिफाइनलको दिनमात्र खेलस्थल पुगेका थिए। म्यान अफ द म्याच पाएका बिक्रम लामा र बिमलको आगमनले टोलि थप मजबुत भएको छ। उनीहरु संगै टोलीमा रंजित धिमाल, दिपक राई, जस्ता खेलाडी पनि उत्रनेछन्।
उता एपीएफमा भने नियमित रक्षक रमेश दंगाल दुइ पहेंलो कार्ड खाएका कारण अनुपस्थित रहनेछन। उनको स्थानमा सरोज कोइरालाले आदित्य चौधरीलाई साथ दिने देखिन्छ। अन्जन बिष्ट सेमीफाइनलमा ६० मिनेटमात्र खेलेर काठमाडौँ आएपनि आजै उनि झापा पुगिसकेका छन्।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]