default_image

2 years ago

January 21, 2022

पूनरागमन जित निकाल्दै रोमा क्वाटरफाइनलमा

146 views

0 Bookmark

एजेन्सी – दोस्रो श्रेणीको टोली लिसमाथि पूनरागमन जित निकाल्दै सिरी ‘ए’ टोली रोमा कोपा इटालियाको क्वाटरफाइनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा रोमाले १ गोलले पछि परेको स्थिति उल्ट्याउँदै १० खेलाडीमा समेटिएको लिसलाई ३–१ ले पराजित गर्दै अन्तिमा आठमा स्थान सुरक्षित गरेको हो ।

Alfredo Falcone

रोमामा बिहीबार राति भएको खेलमा घरेलु टोलीको जितमा मरास कुम्वुल्ला, ट्याम्मी अब्राहम र इल्डोर सोमुरोडोभले गोल गरे । लिसका आर्टुरो कालाब्रेसीले एक गोल फर्काए । खेलको १४औं मिनेटमा आर्टुरो कालाब्रेसीले एन्टोनियो बारेकाको पासमा गोल गरेपछि रोमा १–० ले पछि परेको थियो । ४०औं मिनेटमा मरास कुम्वुल्लाले बराबरी गोल गर्दै रोमालाई खेलमा फर्र्काए ।

५४औं मिनेटमा ट्याम्मी अब्राहमले गोल गर्दै रोमालाई २–१ को अग्रता दिलाए । उनले निकोलो जानिलोको पासमा गोल गर्न सफल भएका थिए । ६२औं मिनेटमा लिस १० खेलाडीमा समेटिन पुग्यो । मारियो गारगुइलो दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि लिसको खेलमा फर्कने सम्भावना टाढिएको थियो । ८१औं मिनेटमा इल्डोर सोमुरोडोभले हेनरिख मिखटरयानको पासमा गोल गर्दै रोमाको सहज पूनरागमन जित पक्का गरे ।

योसँगै कोपा इटालियाको क्वाटरफाइनल समिकरण पूरा भएको छ । अब क्वाटरफाइनलमा रोमाले इन्टरमिलानसँग खेल्नेछ । यस्तै एटलान्टा र फियोरेन्टिना, युभेन्ट्स र सस्सुलो तथा एसी मिलान र लाजियोबीच प्रतिस्पर्धा हुनेछ । खेलहरु ९ फेब्रुअरीमा हुनेछ ।

May 17, 2024

रोनाल्डो बने सर्वाधिक कमाउने खेलाडी

एजेन्सी – पोर्चुगिज भेट्रान फुटबल स्टार क्रिस्टियानो रोनाल्डो बेलायती म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा रहेका छन् । उनी आफ्नो करिअरमा चौथोपटक म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा पुगेका हुन् ।गत वर्ष साउदी अरेबियाको अल नासर गएपछि रोनाल्डो यो सुचीको शीर्षस्थानमा थिए । यसवर्ष पनि उनी शीर्षस्थानमा रहेका हुन् […]

May 17, 2024

बार्सिलोनाको सहज जित

एजेन्सी – स्पेनिस युवा विंगर फर्मिन लोपेजको दुई गोल मद्दतमा बार्सिलोनाले स्पेनिस ला लिगामा सहज जित दर्ता गरेको छ । बार्सिलोनाले रेलिगेसनमा परिसकेको घरेलु टोली अल्मेरियामाथि २–० को सहज जित दर्ता गरेको हो । फर्मिनले दुवै हाफमा गोल गर्दै बार्सिलोनालाई जित दिलाए । अल्मेरियामा बिहीबार राति भएको खेलको १४औं मिनेटमा पहिलो गोल गरेका लोपेजले ६७औं […]

May 16, 2024

चन्द्रागिरी र काठमाडौं गोदावरी मेयर कपको फाइनलमा

ललितपुर (हाम्रो खेलकुद) – चन्द्रागिरी नगरपालिका र काठमाडौं महानगरपालिका प्रथम गोदावरी उपत्यका ब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । च्यासल मैदानमा बिहीबार चन्द्रागिरीले महालक्ष्मी नगरपालिकालाई तथा काठमाडौंले मध्यपुर थिमि नगरपालिकालाई हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन् । पहिलो सेमिफाइनलमा चन्द्रागिरीले महालक्ष्मीलाई १–० ले हराएको हो । ५५ औं मिनेटमा […]

Success

Thank you for your time.