default_image

2 years ago

January 24, 2022

‘मेस्सीको आलोचना गर्नेले फुटबल बुझेका छैनन्’ – बेन्जेमा

एजेन्सी – करिम बेन्जेमा खेल जीवनकै उच्च लयमा रहेको विश्वास गरिन्छ । रियल म्याड्रिडमा उनी पछिल्लो समय सबैभन्दा प्रभावशाली खेलाडीका रुपमा स्थापित भएका छन् । त्यहि लगातारको उच्च प्रदर्शन पछि उनी झण्डै ६ वर्षपछि फ्रान्सेली राष्ट्रिय टोलीमा पनि समेटिएका छन् । फ्रान्सेली फरवार्डले बालोन डी ओर तथा पेरिस सेन्ट जर्मेन (पिएसजी) सँग केहि समयमा हुने […]

85 views

0 Bookmark

एजेन्सी – करिम बेन्जेमा खेल जीवनकै उच्च लयमा रहेको विश्वास गरिन्छ । रियल म्याड्रिडमा उनी पछिल्लो समय सबैभन्दा प्रभावशाली खेलाडीका रुपमा स्थापित भएका छन् । त्यहि लगातारको उच्च प्रदर्शन पछि उनी झण्डै ६ वर्षपछि फ्रान्सेली राष्ट्रिय टोलीमा पनि समेटिएका छन् ।

फ्रान्सेली फरवार्डले बालोन डी ओर तथा पेरिस सेन्ट जर्मेन (पिएसजी) सँग केहि समयमा हुने च्याम्पियन्स लिगको नकआउट र टोलीका दुई सुपर स्टार लियोनल मेस्सी र केलियन एमबाप्पेका विषयमा बोलेका छन् ।

बार्सिलोना छाडेर सिजनको सुरुवातमा मेस्सी पिएसजी पुगेपछि कतिपयले त्यो सरुवाको ओलोचना गरेका छन् । तर बेन्जेमा भने मेस्सी पिएसजीमा सफल हुनेमा आफूमा कुनै दुविधा नरहेको बताउँछन् ।

‘मेस्सीले राम्रो गर्न सक्दैनन् भन्नेमा मलाई विश्वास छैन । त्यहाँको माहोलमा भिज्न केहि समय लाग्छ नै । उनले अहिले धेरै गोल गर्न सकेका छैनन्’, बेन्जेमाले भने, ‘तर पनि मैदानमा उनले सक्दो गरिरहेका छन् । जे होस यसै कुनै खेलाडीलाई ओलोचना गर्न ठिक हुन्न । जसले मेस्सीको आलोचना गर्छन् उनीहरुले फुटबल बुझेकै छैनन् ।’

च्याम्पियन्स लिगमा उनले फ्रान्सेली टोलीका युवा स्टार एमबाप्पेको सामना गर्नुपर्नेछ । एमबाप्पेकोविरुद्धमा खेल्नु विशेष हुने बेन्जेमाले बताएका छन् । ‘हामी राम्रो साथी हौं । हेरौं खेल के हुन्छ’, उनले भने, ‘उनी जित्न चाहान्छन् र हामी पनि ।’

च्याम्पियन्स लिगको नकआउट चरणमा रियल र पिएसजीलाई सर्वाधिक महत्वका साथ हेरिएको छ । पिएसजीविरुद्धको खेलका लागि आफूहरु तयार रहेको बेन्जेमाले बताएका छन् । ‘हामी अरु टोलीसँग खेल परोस् भन्ने चाहन्थ्यौं । तर पनि हामी तयार छौं’, उनले समर्थकलाई आश्वास्त पार्ने प्रयास गर्दै भने।

बोलोन डी ओरमा बेन्जेमा चौथो स्थानमा रहेका थिए । उनले आफूले चाहेजस्तो हुन नसकेको बताएका छन् । ‘मैले सानै उमेरदेखि भन्दै आएको थिएँ । चौथो , तेस्रो , दोस्रो वा ३० औं हुनु भनेको एउटै हो’, उनले भने, ‘जित्दा मात्र त्यसको अर्थ रहन्छ । पछि कतिले मलाई धेरै उपाधि जित्न नसकेको पनि भने । तर मैले त्यो भन्दा बढी गर्न सकिन । मेरो लागि बालोन डी ओ भनेको गोल गर्नु, एसिस्ट गर्नु हो ।’

April 28, 2024

आशिषको ह्याट्रिकमा बिर्तामोड सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको बुद्धशान्तिमा जारी तेस्रो आदर्श च्यालेन्ज कपमा पाहुना टोली नर्थ बंगाल एफसी भारतलाई ३–१ ले हराउँदै बिर्तामोड युनाइटेड एफसी सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको जितमा आशिष चापागाईंले ह्याट्रिक पूरा गरे । पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै बिर्तामोडले अग्रता लिएको थियो । मध्यभागबाट बिर्तामोडका डिफेन्डर देवेन्द्र तामाङले गरेको फ्रिकिकलाई हेडमार्फत अभिषेक […]

April 28, 2024

महावीर क्लब विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिगमा आईतवार महावीर क्लब विजयी भएको छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खेलमा महावीर क्लबले स्पोर्ट्स एकेडेमी साँगा माथि १-० को जित दर्ता गरेको हो । महावीरका लागि सन्दिप श्रेष्ठले ६७औं मिनेटमा पेनाल्टी मार्फत गरेको गोल नै निर्णायक बन्यो । जित सँगै महावीर क्लब […]

April 28, 2024

शीर्ष टोली कोशी रोकियो

काठमाडौं (हाम्रो खेलकुद) – महिला लिग छनोट लिगको शीर्ष टोली कोशी प्रदेश बराबरीमा रोकिएको छ । अघिल्ला ४ खेलमा शत प्रतिशत जित निकालेको कोशीलाई आइतबारको दोस्रो खेलमा मधेश प्रदेशले गोलरहित बराबरीमा रोकेको हो । ५ खेलपछि ४ जित र १ बराबरका १३ अंकसहित शीर्षस्थानमा यथावत छ । समान खेलमा ७ अंकसहित मधेश चौथो स्थानमा छ […]

Success

Thank you for your time.