default_image

2 years ago

January 24, 2022

मछिन्द्रको सामना गर्दै संकटा

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिगमा नवौं चरणको समाप्तीसम्म आइपुग्दा तुलानात्मक रुपमा एकरुपताको प्रदर्शन गर्ने दुई टोली मछिन्द्र फुटबल क्लब र संकटा क्लब सोमबार आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रतिस्पर्धा गर्दैछन् । पोखरा रंगशालामा खेल दिउँसो २ः३० बजे सुरु हुनेछ । मछिन्द्र नवौं चरणको एक खेल बाँकी रहँदा २३ अंकका […]

356 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिगमा नवौं चरणको समाप्तीसम्म आइपुग्दा तुलानात्मक रुपमा एकरुपताको प्रदर्शन गर्ने दुई टोली मछिन्द्र फुटबल क्लब र संकटा क्लब सोमबार आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रतिस्पर्धा गर्दैछन् । पोखरा रंगशालामा खेल दिउँसो २ः३० बजे सुरु हुनेछ ।

मछिन्द्र नवौं चरणको एक खेल बाँकी रहँदा २३ अंकका साथ लिगको शीर्षस्थानमा रहेको छ । मछिन्द्र र त्रिभुवन आर्मी फुटबल क्लबमात्र नवौं चरण सम्म अपराजित छन् । आहा गोल्डकपको साविक विजेता समेत रहेको संकटा पनि आठौं चरण सम्म अपराजित टोली थियो । नवौं चरणमा संकटा थ्री स्टार क्लबसँग १–० ले पराजित भएको थियो । ९ खेलमा ३ जित ५ बराबरी र एक हार बेहोरेको संकटाको १४ अंक छ ।

मछिन्द्र र संकटाले गत महिना दशरथ रंगशालामा लिगको पाँचौं चरणमा गोलरहित बराबरी खेलेका थिए । मछिन्द्र विमल घर्तीमगर, सुजल श्रेष्ठ, सुनिल बल, विशाल राई, देवेन्द्र तामाङ, विशाल श्रेष्ठ र मनिष डाँगी लगायत राष्ट्रिय खेलाडी विना संकटाविरुद्ध उत्रनेछ । यस्तै संकटाका सुभाष गुरुङ पनि उपस्थित हुने छैनन् ।

मोरिससविरुद्ध माघ १५ र १८ गते दशरथ रंगशालामा राष्ट्रिय टोलीले मैत्रीपूर्ण खेल खेल्ने भएकाले राष्ट्रिय टोलीका कुनै पनि सदस्य आहा गोल्डकप खेलिरहेका छैनन् । राष्ट्रिय टोली मैत्रीपूर्ण खेलको तयारीमा जुटेको छ ।

लिगमा उच्च प्रदर्शन गराइरहेका प्रशिक्षक विष्णु गुरुङ पनि टोलीका साथ पोखरामा हुने छैनन् । उनलाई राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले आफ्नो दोस्रो सहायक प्रशिक्षकका रुपमा नियुक्त गरेका छन् । संकटा र मछिन्द्रबीचको विजेताले सेमिफाइनलमा एपिएफको सामना गर्नेछ । पहिलो खेलमा आयोजक सहारा क्लबलाई २-० र दोस्रो खेलमा बिवाइएससी अमेरिकालाई ३-१ ले हराउँदै एपिएफ अन्तिम चारमा पुगेको थियो ।

माघ १५ गते सम्म चल्ने प्रतियोगितामा ए डिभिजनका ८ सहित १० टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले १० लाख १ हजार र दोस्रो टोलीले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

April 28, 2024

म्यानचेस्टर सिटी विजयी

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लगातार चौथो पटक उपाधि जित्ने लक्ष्यमा रहेको म्यानचेस्टर सिटीले आइतबार जित दर्ता गरेको छ । सिटी ग्राउण्डमा भएको खेलमा म्यानचेस्टर सिटीले नटिङ्घम फरेस्टलाई २–० ले पराजित गर्दै उपाधिको आशा कायमै राखेको हो । सिटीको जितमा डिफेन्डर जोस्को ग्भार्डियोल र दोस्रो हाफमा मैदान प्रवेश गरेका स्ट्राइकर एर्लिङ हालान्डले एक-एक गोल गरे […]

April 28, 2024

आशिषको ह्याट्रिकमा बिर्तामोड सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको बुद्धशान्तिमा जारी तेस्रो आदर्श च्यालेन्ज कपमा पाहुना टोली नर्थ बंगाल एफसी भारतलाई ३–१ ले हराउँदै बिर्तामोड युनाइटेड एफसी सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको जितमा आशिष चापागाईंले ह्याट्रिक पूरा गरे । पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै बिर्तामोडले अग्रता लिएको थियो । मध्यभागबाट बिर्तामोडका डिफेन्डर देवेन्द्र तामाङले गरेको फ्रिकिकलाई हेडमार्फत अभिषेक […]

April 28, 2024

महावीर क्लब विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिगमा आईतवार महावीर क्लब विजयी भएको छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खेलमा महावीर क्लबले स्पोर्ट्स एकेडेमी साँगा माथि १-० को जित दर्ता गरेको हो । महावीरका लागि सन्दिप श्रेष्ठले ६७औं मिनेटमा पेनाल्टी मार्फत गरेको गोल नै निर्णायक बन्यो । जित सँगै महावीर क्लब […]

Success

Thank you for your time.