default_image

2 years ago

January 24, 2022

रामोसको डेब्यु गोलमा पिएसजीको सानदार जित

एजेन्सी – फ्रेन्च लिग वानमा शीर्षस्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पिएसजी) ले सानदार जित निकालेको छ । पिएसजीले घरेलु मैदानमा रेइम्सलाई ४–० को भारी अन्तरले पराजित गरेको हो । पार्क डेस प्रिन्सेसमा पिएसजीको फराकिलो जितमा मार्काे भेराट्टी, सर्जियो रामोस र डानिलो पेरेइराले गोल गर्दा एक गोल उपहार पाएको थियो । प्रतिस्पर्धात्मक बनेको पहिलो हाफको ४४औं […]

108 views

0 Bookmark

एजेन्सी – फ्रेन्च लिग वानमा शीर्षस्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पिएसजी) ले सानदार जित निकालेको छ । पिएसजीले घरेलु मैदानमा रेइम्सलाई ४–० को भारी अन्तरले पराजित गरेको हो ।

पार्क डेस प्रिन्सेसमा पिएसजीको फराकिलो जितमा मार्काे भेराट्टी, सर्जियो रामोस र डानिलो पेरेइराले गोल गर्दा एक गोल उपहार पाएको थियो । प्रतिस्पर्धात्मक बनेको पहिलो हाफको ४४औं मिनेटमा मार्काे भेराट्टीले गोल गर्दै पिएसजीलाई सुरुवाती अग्रता दिलाए ।

दोस्रो हाफमा भने पिएसजीले ३ गोल थप्न सफल भयो । ६२औं मिनेटमा भेट्रान डिफेन्डर सर्जियो रामोसले गोल गर्दै पिएसजीको अग्रता दोब्बर पारे । उनले पिएसजीका लागि लिग वानमा चार खेल खेल्दा पहिलो गोल गर्न सफल भएका हुन् । यसै समरमा स्पेनिस क्लब रियल म्याड्रिडबट पिएसजी आएका उनले क्लबका लागि समग्रमा पाँच खेल खेलेका छन् ।

६७औं मिनेटमा वोआउट फाइसले आत्मघाती गोल गरेपनि पिएसजी सहज जिततर्फ अघि बढ्यो । ७५औं मिनेटमा केलियन एमबाप्पेको पासमा डानिलो पेरेइराले गोल गर्दै पिएसजीको फराकिलो जित पक्का गरे ।

यो जितसँगै शीर्षस्थानमा रहेको पिएसजीको २२ खेलबाट ५३ अंक पुगेको छ । पिएसजीले दोस्रो स्थानको निसलाई ११ अंकले पछि पारेको छ । पराजित रेइम्स २४ अंक जोडेर १४औं स्थानमा रहेको छ ।

April 27, 2024

बर्नलीविरुद्धको बराबरीपछि म्यानचेस्टर युनाइटेड छैठौं स्थानमा यथावत

एजेन्सी – रेलिगेसन जोनमा रहेको बर्नली विरुद्ध बराबरी खेलेको म्यानचेस्टर युनाइटेडले पाँचौं स्थानमा रहेको टोटेनहम हटस्पर सँग अंकदूरी घटाउने मौका गुमाएको छ । इंग्लिश प्रिमियर लिग अन्तर्गत शनिबार साँझ भएको खेलमा म्यानचेस्टर युनाइटेड र बर्नलीले १-१ को बराबरी खेलेका हुन् । दोस्रो हाफमा नै लिएको अग्रता अन्त्यसम्म बचाउन नसक्दा युनाइटेड बराबरीमा रोकिएको हो । ७९औं […]

April 27, 2024

महालक्ष्मीसँग आयोजक गोदावरी ‘ए’को हार

ललितपुर– गोदावरी नगरपालिकामा प्रथम उपत्यकाव्यापी अन्तर पालिका खुल्ला मेयर कप फुटबल प्रतियोगिता शनिबारबाट सुरु भएको छ । गोदावरी १० टाहाखेल–झ्यालुन्टारमा अवस्थित प्रस्तावित गोदावरी बहुउद्देश्यीय रंगशालामा उद्घाटन खेलमा ललितपुरको महालक्ष्मी नगरपालिकाले आयोजक गोदावरी नगरपालिकाको ए टोलीलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै क्वार्टरफाइनलमा पुगेको छ । निर्धारित ९० मिनेटको समय गोलरहित बराबरीमा टुंगिएपछि खेल सिधै पेनाल्टी सुटआउटमा […]

April 27, 2024

सुदूरपश्चिमको जितमा यशोदाको ह्याट्रिक

काठमाडौं (हाम्रो खेलकुद) – यशोदा चिरालको ह्याट्रिकमा सुदूरपश्चिम प्रदेशले महिला लिग छनोटमा शनिबार बागमती प्रदेशलाई एकपक्षीय खेलमा ६–० ले हराएको छ। छनोटमा सुदूरपश्चिमको यो तेस्रो जित हो । बागमतीको भने यो लगातार चौथो हार हो। सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा सुदूरपश्चिमले आधा दर्जन गोल गर्ने क्रममा यशोदाले २६ औं मिनेटमा गोलको खाता खोलिन् । २९औं मिनेटमा […]

Success

Thank you for your time.