default_image

2 years ago

January 24, 2022

टोटेनहममाथि चेल्सीको जित

एजेन्सी – दोस्रो हाफमा हाकिम जिएच र थियागो सिल्भाले गोल गरेपछि लन्डन क्लब चेल्सीले इंग्लिस प्रिमियर लिगमा टोटेनहम हटस्परलाई पराजित गरेको छ । चेल्सीले घरेलु मैदानमा टोटेनहमलाई २–० ले पराजित गरेको हो । स्टामफोर्ड ब्रिजमा आइतबार राति भएको प्रतिस्पर्धात्मक बनेको पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि चेल्सीले दोस्रो हाफको सुरुमै ९ मिनेटको अन्तरमा दुई गोल गर्दै […]

118 views

0 Bookmark

एजेन्सी – दोस्रो हाफमा हाकिम जिएच र थियागो सिल्भाले गोल गरेपछि लन्डन क्लब चेल्सीले इंग्लिस प्रिमियर लिगमा टोटेनहम हटस्परलाई पराजित गरेको छ । चेल्सीले घरेलु मैदानमा टोटेनहमलाई २–० ले पराजित गरेको हो ।

स्टामफोर्ड ब्रिजमा आइतबार राति भएको प्रतिस्पर्धात्मक बनेको पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि चेल्सीले दोस्रो हाफको सुरुमै ९ मिनेटको अन्तरमा दुई गोल गर्दै टोलीको जित पक्का गरेको थियो । त्यसो त पहिलो हाफमा ह्यारी केनले पाहुना टोलीका लागि गोल गरेपनि भिएआरले सिल्भामाथि फउल भएको विवादास्पद निर्णय दिँदा गोल मान्य भएन ।

४७औं मिनेटमा हाकिम जिएचले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाए । उनले कालम हड्सन ओडोइको पासमा पेनाल्टी क्षेत्र बाहिरबाट सुन्दर गोल गरेका थिए । ५५औं मिनेटमा भेट्रान डिफेन्डर थियागो सिल्भाले गोल गर्दै चेल्सीको अग्रता दोब्बर पारे । उनले मासन माउन्टको पासमा हेडर गोल गर्न सफल भएका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा चेल्सी विजयी हुन सफल भयो ।

जितसँगै तेस्रो स्थानमा रहेको चेल्सीको २४ खेलबाट ४७ अंक पुगेको छ । चेल्सी शीर्षस्थानको म्यानचेस्टर सिटीसँग १० अंकले तथा दोस्रो स्थानको लिभरपुलसँग १ अंकले पछि छ । सिटीले एक खेल तथा लिभरपुलले २ खेल कम खेलेको छ । पराजित टोटेनहम २० खेलबाट ३६ अंक जोडेर सातौं स्थानमा रहेको छ ।

April 28, 2024

आयोजक आदर्श च्यालेन्ज कपको सेमिफाइनलमा

हिमाल खरेल, झापाझापाको बुद्वशान्तिमा सुरु भएको तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा विजयी हुँदै आयोजक आदर्श युवा क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । ध्रुवतारा स्पोर्टिङ क्लबलाई २-१ले हराउँदै आयोजक अन्तिम चारमा पुगेको हो । आयोजकका लागि खेलको १७ औं मिनेटमा कप्तान पुजन थापाले पहिलो गोल गरे । रोमन भुजेलले दिएको क्रसमा पेनाल्टी बक्समा […]

April 28, 2024

अल नासरको जित

एजेन्सी – साउदी प्रो लिग अन्तर्गत गएराती सम्पन्न खेलमा अल नासर विजयी भएको छ । अल नासरले अल खालिज माथि १-० को जित निकालेको हो । अल नासरको जितमा डिफेन्डर आईमेरीक लापोर्टले खेलको एकमात्र गोल गरे । ६८औं मिनेटमा मार्सेलो ब्रोजोभिचको क्रसमा उनले हेडर मार्फत गोल गर्दै खेलमा आफ्नो टोलीलाई जित दिलाए । जित पछि […]

April 28, 2024

मियामीको जितमा मेस्सीको २ गोल

एजेन्सी – कप्तान लियोनल मेस्सीको प्रभावशाली प्रदर्शनमा इन्टर मियामीले अमेरिकन मेजर लिग सकर एमएलएस) आइतबार सहज जित निकालेको छ। मेस्सीले २ गोल गरेपछि मियामीले घरेलु टोली न्यु इङ्ल्यान्ड रिभोलुसनलाई ४-१ ले हराएको हो। पहिलो मिनेटमै कार्लोस गिलको पासमा थोमस चान्कालेले गोल गर्दे न्यु इङ्ल्यान्डलाई सुरुआती अग्रता दिलाए। ३२औं मिनेटमा मेस्सीले गोल गरेपछि पहिलो हाफमा १-१ […]

Success

Thank you for your time.