default_image

2 years ago

January 24, 2022

शीर्षस्थानमा बायर्नको ६ अंकको अग्रता

एजेन्सी – घरेलु टोली हर्था बर्लिनमाथि सानदार जित निकाल्दै बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा शीर्षस्थानमा ६ अंकको स्पष्ट अग्रता लिएको छ । आइतबार राति बायर्नले घरेलु टोली हर्था बर्लिनलाई ४–१ ले पराजित गरेको हो । बायर्नको जितमा कोरेन्टिन टोलिसो, थोमस मुलर लिरोए साने र सर्ज जिनाब्रीले गोल गरे । घरेलु टोलीका योर्गेनले एक गोल फर्काए । […]

120 views

0 Bookmark

एजेन्सी – घरेलु टोली हर्था बर्लिनमाथि सानदार जित निकाल्दै बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा शीर्षस्थानमा ६ अंकको स्पष्ट अग्रता लिएको छ ।

आइतबार राति बायर्नले घरेलु टोली हर्था बर्लिनलाई ४–१ ले पराजित गरेको हो । बायर्नको जितमा कोरेन्टिन टोलिसो, थोमस मुलर लिरोए साने र सर्ज जिनाब्रीले गोल गरे । घरेलु टोलीका योर्गेनले एक गोल फर्काए ।

खेलको दोस्रो मिनेटमा नै कोरेन्टिन टोलिसोको गोलले मान्यता पाएन । २५औं मिनेटमा टोलिसोले नै गोल गर्दै बायर्नलाई सुरुवाती अग्रता दिलाए । उनले किङ्सले कोमानको पासमा गोल गरेका थिए । ४५औं मिनेटमा थोमस मुलर योसुवा किम्मिखको पासमा गोल गर्दै बायर्नको अग्रता दोब्बर पारे ।

७५औं मिनेटमा लिरोए सानेले गोल गर्दै बायर्नलाई ३–०ले अघि बढाए । ७९औं मिनेटमा किम्मिखकै पासमा सर्ज जिनाब्रीले गोल गर्दै टोलीलाई ४–० ले अघि बढाए । ८०औं मिनेटमा योर्गेनले गोल गर्दै खेललाई ४–१ को अवस्थामा ल्याएपनि त्यसपछि थप गोल निस्कन नसक्दा बायर्न विजयी हुन सफल भयो ।

जितसँगै बायर्नको २० खेलबाट ४९ अंक पुगेको छ । बायर्नले दोस्रो स्थानको बोरुसिया डर्टमुन्डलाई ६ अंकले पछि पारेको छ । डर्टमुन्डको ४३ अंक छ । पराजित हर्था २२ अंक जोडेर १३औं स्थानमा छ ।

April 28, 2024

म्यानचेस्टर सिटी विजयी

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लगातार चौथो पटक उपाधि जित्ने लक्ष्यमा रहेको म्यानचेस्टर सिटीले आइतबार जित दर्ता गरेको छ । सिटी ग्राउण्डमा भएको खेलमा म्यानचेस्टर सिटीले नटिङ्घम फरेस्टलाई २–० ले पराजित गर्दै उपाधिको आशा कायमै राखेको हो । सिटीको जितमा डिफेन्डर जोस्को ग्भार्डियोल र दोस्रो हाफमा मैदान प्रवेश गरेका स्ट्राइकर एर्लिङ हालान्डले एक-एक गोल गरे […]

April 28, 2024

आशिषको ह्याट्रिकमा बिर्तामोड सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको बुद्धशान्तिमा जारी तेस्रो आदर्श च्यालेन्ज कपमा पाहुना टोली नर्थ बंगाल एफसी भारतलाई ३–१ ले हराउँदै बिर्तामोड युनाइटेड एफसी सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको जितमा आशिष चापागाईंले ह्याट्रिक पूरा गरे । पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै बिर्तामोडले अग्रता लिएको थियो । मध्यभागबाट बिर्तामोडका डिफेन्डर देवेन्द्र तामाङले गरेको फ्रिकिकलाई हेडमार्फत अभिषेक […]

April 28, 2024

महावीर क्लब विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिगमा आईतवार महावीर क्लब विजयी भएको छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खेलमा महावीर क्लबले स्पोर्ट्स एकेडेमी साँगा माथि १-० को जित दर्ता गरेको हो । महावीरका लागि सन्दिप श्रेष्ठले ६७औं मिनेटमा पेनाल्टी मार्फत गरेको गोल नै निर्णायक बन्यो । जित सँगै महावीर क्लब […]

Success

Thank you for your time.