default_image

2 years ago

January 25, 2022

वाट्फोर्डका प्रशिक्षक रानिएरी बर्खास्त

एजेन्सी – इंग्लिस प्रिमियर लिग क्लब वाट्फोर्डले आफ्नो मुख्य प्रशिक्षक क्लाउडियो रानिएरीलाई बर्खास्त गरेको छ । लगातारको खराव प्रदर्शनपछि वाट्फोर्डले मुख्य प्रशिक्षक रानिएरीलाई सोमबार बर्खास्त गरेको हो । ७० वर्षीय इटालियन रानिएरी क्लबको मुख्य प्रशिक्षक बनेको चार महिनामै बर्खास्तीमा परेका हुन् । उनको प्रशिक्षणमा वाट्फोर्डले १४ खेल खेल्दा ११ हार, २ खेलमा मात्रै सफलता हात […]

71 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिग क्लब वाट्फोर्डले आफ्नो मुख्य प्रशिक्षक क्लाउडियो रानिएरीलाई बर्खास्त गरेको छ । लगातारको खराव प्रदर्शनपछि वाट्फोर्डले मुख्य प्रशिक्षक रानिएरीलाई सोमबार बर्खास्त गरेको हो ।

७० वर्षीय इटालियन रानिएरी क्लबको मुख्य प्रशिक्षक बनेको चार महिनामै बर्खास्तीमा परेका हुन् । उनको प्रशिक्षणमा वाट्फोर्डले १४ खेल खेल्दा ११ हार, २ खेलमा मात्रै सफलता हात पार्दा एक खेलमा बराबरीको नतिजा निकालेको हो ।

प्रिमियर लिगको पछिल्लो ८ खेलबाट सम्भावित २४ अंकमध्ये टोलीले मात्रै १ अंक जोड्न सकेको थियो । वाट्फोर्डले रानिएरीलाई नियुक्त गर्दा टोली रेलिगेसनभन्दा ४ अंकले माथि थियो । तर, टोली अहिले दुई खेल बाँकी रहँदाको अवस्थामा रेलिगेसन जोनको टोलीभन्दा २ अंकले तल रहेको छ ।

उनको नेतृत्वमा वाट्फोर्डले पहिलो खेलमै लिभरपुलसँग ५–० को लज्जास्पद हार बेहोर्दा एर्भटनलाई ५–२ ले तथा म्यानचेस्टर युनाइटेडमाथि ४–१ को सानदार जित दर्ता गरेको थियो । त्यसपछि वाट्फोर्डले प्रिमियर लिगको आठ खेलबाट १ अंक मात्रै बटुल्यो । जुन रेलिगेसन प्रतिद्वन्द्वी न्यूक्यासलसँग १–१ गोलको बराबरीको नतिजा थियो ।

वाट्फोर्ड एफए कपको तेस्रो चरणमा रानिएरीको पुर्व टोली लेस्टर सिटीसँग ४–१ ले पराजित हुँदै बाहिरिएको थियो । पछिल्लो खेलमा वाट्फोर्ड नर्विचसँग ३–० ले पराजित भएको थियो । वाट्फोर्ड यस सिजन १४ अंक जोडेर रेलिगेसन क्षेत्रमा रहेको छ ।

वाट्फोर्डले मुख्य प्रशिक्षक सिस्को मुनोजलाई बर्खास्त गर्दै रानिएरीलाई टिम हेर्ने जिम्मेवारी दिएको थियो । ७० वर्षीय इटालियन प्रशिक्षक रानिएरीले लेस्टर सिटीलाई सन् २०१५-१६ को सिजन प्रिमियर लिगको उपाधि दिलाएका थिए । त्यसपछि उनले नान्टेस, फुलहम, रोमा र साम्पडोरियालाई प्रशिक्षण दिँदै पुनः प्रिमियर लिगमा फर्किएका थिए ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.