default_image

2 years ago

January 28, 2022

ब्राजिल बराबरीमा रोकियो

85 views

0 Bookmark

एजेन्सी – सुरुवाती अग्रता जोगाउन नसक्दा ब्राजिलले फिफा विश्वकप कतार २०२२ को दक्षिण अमेरिकी छनोटमा बराबरी खेलेको छ । ब्राजिलले घरेलु टोली इक्वेडरसँग १–१ गोलको बराबरी खेलेको हो ।

क्वेटो इक्वेडरमा शुक्रबार बिहान भएको खेलमा ब्राजिलका लागि क्यासमिरोले गोल गर्दा घरेलु टोलीका फेलिक्स टोरेसले बराबरी गोल फर्काए । दुवै टोलीले १० खेलाडीमा समेटिएर खेलको अन्त्य गरेको थियो ।

खेलको छैटौं मिनेटमा नै कप्तान क्यासमिरोको गोलबाट पाहुना टोली ब्राजिलले सुरुवाती अग्रता लिन सफल भएको थियो । फिलिपे कौटिन्होको कर्नरमा राफिन्हाको हेडरलाई गोलरक्षक एलेक्सान्डर डोमिनग्वेजले पञ्च गरे । उक्त बलमा म्याथिहस कुन्हाको हेडरलाई पुनः ब्लक गरेपनि रिवाउन्डमा क्यासमिरोले क्लोज रेन्जबाट गोल गर्न सफल भएका थिए ।

तर, त्यो अग्रतालाई ब्राजिलले जोगाउन सकेन । १५औं मिनेटमा इक्वेडर १० खेलाडीमा समेटिन पुग्यो । म्याथिअस कुन्हामाथि अनावश्यक च्यालेन्ज गरेपछि रेफ्रीले भिएआरको सहायता लिदै गोलरक्षक एलेक्सान्डर डोमिनग्वेजलाई सिधै रातो कार्ड दिँदै मैदान बाहिर पठाएको थियो ।

२०औं मिनेटमा ब्राजिल पनि १० खेलाडीमा समेटिन पुग्यो । इमर्सन रोयल दोहोरो पहेलो कार्ड खाँदै मैदानबाट बाहिरिन पुगेका थिए । दुवै टोली १० खेलाडीमा समेटिएर खेल्दा ब्राजिलले बल पोसेसन राख्दै घरेलु टोलीलाई दवावमा राखेपनि दोस्रो हाफमा गोल खान पुग्यो ।

७५औं मिनेटमा फेलिक्स टोरेसले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । गोन्जालो प्लाटाको कर्नरमा सेन्टर ब्याक टोरेसको शक्तिशाली हेडले बटम राइट कर्नरमा सिधै जाली चुम्दा ब्राजिली गोलरक्षक एलिसनले रोक्ने कुनै अवसर नै पाएनन् । त्यसपछि थप गोल निस्कन नसक्दा खेल बराबरीमा टुंगियो ।

इन्ज्युरी समयमा भिएआरको सहायतामा रेफ्रीले ब्राजिली गोलरक्षक एलिसन बेकरलाई दोहोरो पहेंलो कार्डसहित रातो कार्ड देखाएपनि भिएआरले आफ्नो निर्णय सच्याउँदा एलिसन रातो कार्डबाट जोगिए ।

यो बराबरीसँगै शीर्षस्थानमा रहँदै विश्वकपमा स्थान बनाइसकेको ब्राजिलले दक्षिण अमेरिकी विश्वकप छनोटमा अपराजित यात्रालाई निरन्तरता दिन सफल भएको छ । ब्राजिलले १४ खेल खेल्दा ११ जित र ३ बराबरीको नतिजा निकालेर ३६ अंक जोडेको छ । छनोटमा ब्राजिलले कोलम्विया र अर्जेन्टिनासँग बराबरी खेलेको थियो । इक्वेडर २४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

May 17, 2024

रोनाल्डो बने सर्वाधिक कमाउने खेलाडी

एजेन्सी – पोर्चुगिज भेट्रान फुटबल स्टार क्रिस्टियानो रोनाल्डो बेलायती म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा रहेका छन् । उनी आफ्नो करिअरमा चौथोपटक म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा पुगेका हुन् ।गत वर्ष साउदी अरेबियाको अल नासर गएपछि रोनाल्डो यो सुचीको शीर्षस्थानमा थिए । यसवर्ष पनि उनी शीर्षस्थानमा रहेका हुन् […]

May 17, 2024

बार्सिलोनाको सहज जित

एजेन्सी – स्पेनिस युवा विंगर फर्मिन लोपेजको दुई गोल मद्दतमा बार्सिलोनाले स्पेनिस ला लिगामा सहज जित दर्ता गरेको छ । बार्सिलोनाले रेलिगेसनमा परिसकेको घरेलु टोली अल्मेरियामाथि २–० को सहज जित दर्ता गरेको हो । फर्मिनले दुवै हाफमा गोल गर्दै बार्सिलोनालाई जित दिलाए । अल्मेरियामा बिहीबार राति भएको खेलको १४औं मिनेटमा पहिलो गोल गरेका लोपेजले ६७औं […]

May 16, 2024

चन्द्रागिरी र काठमाडौं गोदावरी मेयर कपको फाइनलमा

ललितपुर (हाम्रो खेलकुद) – चन्द्रागिरी नगरपालिका र काठमाडौं महानगरपालिका प्रथम गोदावरी उपत्यका ब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । च्यासल मैदानमा बिहीबार चन्द्रागिरीले महालक्ष्मी नगरपालिकालाई तथा काठमाडौंले मध्यपुर थिमि नगरपालिकालाई हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन् । पहिलो सेमिफाइनलमा चन्द्रागिरीले महालक्ष्मीलाई १–० ले हराएको हो । ५५ औं मिनेटमा […]

Success

Thank you for your time.