default_image

2 years ago

January 31, 2022

सलाह चम्कदा इजिप्ट सेमिफाइनलमा

एजेन्सी – एक गोलले पछि परेको स्थितिमा स्टार फरवार्ड तथा कप्तान मोमम्मद सलाहले एक गोलसँगै अर्काे गोलको लागि असिस्ट दिएपछि इजिप्टले पूनरागमन जित निकाल्दै अफ्रिका कप अफ नेसन्सको सेमिफाइनलमा प्रवेश गरेको छ । इजिप्टले मोरोक्कोलाई अतिरिक्त समयमा २–१ ले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । इजिप्टको जितमा सलाहसँगै सब्सिच्युट फरवार्ड ट्राजिग्वेटले गोल […]

153 views

0 Bookmark

एजेन्सी – एक गोलले पछि परेको स्थितिमा स्टार फरवार्ड तथा कप्तान मोमम्मद सलाहले एक गोलसँगै अर्काे गोलको लागि असिस्ट दिएपछि इजिप्टले पूनरागमन जित निकाल्दै अफ्रिका कप अफ नेसन्सको सेमिफाइनलमा प्रवेश गरेको छ ।

इजिप्टले मोरोक्कोलाई अतिरिक्त समयमा २–१ ले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । इजिप्टको जितमा सलाहसँगै सब्सिच्युट फरवार्ड ट्राजिग्वेटले गोल गरे । मोरोक्कोका सोफिएन बोउफलले एक गोल फर्काए ।

याओन्डेमा आइतबार राति भएको प्रतिस्पर्धात्मक खेलको सातौ मिनेटमा सोफिएन बोउफलको पेनाल्टी गोलबाट इजिप्ट पछि परेको थियो । खेलको दोस्रो मिनेटमा नै अचरफ हाकिमीमाथि एमान असराफले फउल गरेपछि रेफ्रीले झन्डै ४ मिनेटपछि भिएआरको सहायतामा मोरोक्कोलाई पेनाल्टी प्रदान गरेको थियो । जसमा बोउफल चुकेनन् ।

सम्हालिन नपाउँदै पेनाल्टीमा गोल खान पुगेपनि इजिप्टले मोरोक्कोलाई दवावमा राखेपनि बराबरी गोलको लागि दोस्रो हाफ नै कुर्नुपरेको थियो । ५३औं मिनेटमा कप्तान सलाहले गोल गर्दै इजिप्टलाई खेलमा फर्काए । त्यसपछि थप गोल निस्कन नसक्दा खेल अतिरिक्त समयमा लम्बिएको थियो ।

१००औं मिनेटमा ट्राजिग्वेटले गोल गर्दै इजिप्टलाई २–१ को अग्रता दिलाए । दोस्रो हाफको शुरुमै ४६औं मिनेटमा एहमेद हेगाजीको स्थानमा मैदान छिरेका उनले कप्तान मोहम्मद सलाहको पासमा गोल गर्न सफल भएका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा इजिप्ट पूनरागमन जित निकाल्न सफल भयो ।

अब फाइनल प्रवेशका लागि इजिप्टले क्यामरुनसँग २ फेब्रुअरीमा खेल्नेछ । क्यामरुनले शनिबार राति गाम्वियालाई २–० ले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरिसकेको थियो ।

अर्काे सेममिफाइनलमा सेनेगलले इक्वेटोरियल गिनियालाई ३–१ ले पराजि तगर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । सेनेगलको जितमा फामरा दिधिओउ, चेइखोउ कोउयाटे र एस्माइला सारले गोल गरे । इक्वेटोरियल गिनियाका जान्निक बुयाला सामले एक गोल फर्काए । अब सेनेगलले सेमिफाइनलमा ३ फेब्रुअरीमा बुर्किना फासोसँग खेल्नेछ ।

May 3, 2024

नेपालको ब्रिटिश आर्मी विरुद्ध गोलरहित बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो खेलमा गोलरहित बराबरी खेलेको छ । एल्डरशट स्थित मिलिटरी स्टेडियममा भएको खेलमा नेपालले ब्रिटिश आर्मी टोली विरुद्ध गोलरहित बराबरी खेलेको हो । नेपाली टोली भिसा ढिलो आएका कारण अन्योलमा रहेको खेल अन्त्यमा तालिका अनुसार नै अघि बढेको थियो । खेल अवधिभर नेपाली टोली […]

May 3, 2024

समाज कल्याण र आरसी ३२को जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत शुक्रबार सम्पन्न खेलहरुमा समाज कल्याण खेलकुद केन्द्र र स्पोर्ट्स एकेडेमी साँगा विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा समाज कल्याणले साँगा माथि ५-० को फराकिलो जित दर्ता गरेको हो । समाज कल्याणको जितमा सुजन चौधरीले ह्याट्रिक पूरा गरे। यस्तै रोजल दाहालले […]

May 3, 2024

इङ्ल्यान्डमा नेपालको पहिलो खेल आज*

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । ब्रिटिश आर्मीको टोली विरुद्ध आज नेपाली टोलीले खेल्नेछ । भिसा प्रक्रियामा निकै ढिलो हुँदा एन्फाले टोलीका सदस्यलाई फरक-फरक समयमा विभिन्न विमानमा पठाउनु परेको थियो । टोली फरक-फरक समयमा इङ्ल्यान्ड पुगेको थियो भने केही खेलाडीहरू हिजो मात्र पुगेका थिए […]

Success

Thank you for your time.