default_image

2 years ago

January 31, 2022

सेनेगल अफ्रिका कप अफ नेसन्सको सेमिफाइनलमा

एजेन्सी – गत सिजनको उपाविजेता सेनेगल अफ्रिका कप अफ नेसन्सको सेमिफाइनलमा प्रवेश गरेको छ । इक्वेटोरियल गिनियामाथि ३–१ को सहज जित निकाल्दै सेनेगलले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । क्यामरुनमा आइतबार राति भएको खेलमा सेनेगलको जितमा फामरा दिधिओउ, चेइखोउ कोउयाटे र इस्माइला सारले गोल गरे । इक्वेटोरियल गिनियाका जान्निक बुयाला सामले एक गोल फर्काए […]

222 views

0 Bookmark

एजेन्सी – गत सिजनको उपाविजेता सेनेगल अफ्रिका कप अफ नेसन्सको सेमिफाइनलमा प्रवेश गरेको छ । इक्वेटोरियल गिनियामाथि ३–१ को सहज जित निकाल्दै सेनेगलले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

क्यामरुनमा आइतबार राति भएको खेलमा सेनेगलको जितमा फामरा दिधिओउ, चेइखोउ कोउयाटे र इस्माइला सारले गोल गरे । इक्वेटोरियल गिनियाका जान्निक बुयाला सामले एक गोल फर्काए ।

खेलको २८औं मिनेटमा फामरा दिधिओउको गोलबाट सेनेगलले पहिलो हाफमा १–० को अग्रता लिएको थियो । उनले साडियो मानेको चलाखीपुर्ण पासमा पहिलो बार च्याप्दै सहज गोल गरेका थिए । ५१औं मिनेटमा इक्वेटोरियल गिनियाले पेनाल्टीको अपिल गरेपनि भिएआरबाट मान्यता पाएन । इवान साल्भाडोरको क्रसमा कोउलीबेलीले पेनाल्टी बक्समा हातले बल छोएको देखिएको थियो ।

५६औं मिनेटमा जान्निक बुयाला सामले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले पाब्लो गानेटको पासमा गरेको प्रहारले जाली चुमेको थियो ।६८औं मिनेटमा चेइखोउ कोउयाटेले गोल गर्दै सेनेगललाई खेलमा २–१ ले अघि बढाए । उनले गिनियाका दुई डिफेन्डरबीच तालमेल नमिलेको अवस्थामा अघि बढ्दै गोलरक्षक छेवैवाट जम्प गर्दै गोल गर्न सफल भएका थिए ।

७९औं मिनेटमा इस्माइला सारले गोल गर्दै सेनेगलको सहज जित पक्का गरे । उनले सालिओउ सिसको पासमा खाली पोस्टमा गोल गरेका थिए । अब सेनेगलले सेमिफाइनलमा ३ फेब्रुअरीमा बुर्किना फासोसँग खेल्नेछ ।

अर्काे क्वाटरफाइनलमा इजिप्टले मोरोक्कोमाथि २–१ को पूनरागमन जित निकाल्दै सेमिफाइनलमा क्यामरुनसँगको भेट पक्का गरेको छ । इजिप्टको जितमा मोहम्मद सलाह र ट्राजीग्वेटले गोल गरे । मोरोक्कोका सोफिएन बोउफलले एक गोल फर्काए ।

May 3, 2024

नेपालको ब्रिटिश आर्मी विरुद्ध गोलरहित बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो खेलमा गोलरहित बराबरी खेलेको छ । एल्डरशट स्थित मिलिटरी स्टेडियममा भएको खेलमा नेपालले ब्रिटिश आर्मी टोली विरुद्ध गोलरहित बराबरी खेलेको हो । नेपाली टोली भिसा ढिलो आएका कारण अन्योलमा रहेको खेल अन्त्यमा तालिका अनुसार नै अघि बढेको थियो । खेल अवधिभर नेपाली टोली […]

May 3, 2024

समाज कल्याण र आरसी ३२को जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत शुक्रबार सम्पन्न खेलहरुमा समाज कल्याण खेलकुद केन्द्र र स्पोर्ट्स एकेडेमी साँगा विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा समाज कल्याणले साँगा माथि ५-० को फराकिलो जित दर्ता गरेको हो । समाज कल्याणको जितमा सुजन चौधरीले ह्याट्रिक पूरा गरे। यस्तै रोजल दाहालले […]

May 3, 2024

इङ्ल्यान्डमा नेपालको पहिलो खेल आज*

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । ब्रिटिश आर्मीको टोली विरुद्ध आज नेपाली टोलीले खेल्नेछ । भिसा प्रक्रियामा निकै ढिलो हुँदा एन्फाले टोलीका सदस्यलाई फरक-फरक समयमा विभिन्न विमानमा पठाउनु परेको थियो । टोली फरक-फरक समयमा इङ्ल्यान्ड पुगेको थियो भने केही खेलाडीहरू हिजो मात्र पुगेका थिए […]

Success

Thank you for your time.