default_image

2 years ago

January 31, 2022

ब्राजिली मिडफिल्डर न्यूक्यासलमा अनुबन्धित

एजेन्सी – प्रिमियर लिगको रेलिगेसन जोनमा रहेको न्यूक्यासल युनाइटेडले ब्राजिली मिडफिल्डर ब्रुनो गुइमारेसलाई अनुबन्ध गरेको छ । न्यूक्यासलले ब्रुनोलाई साँढे चार वर्षको लागि फ्रेन्च क्लब लियोनबाट ३३ मिलियन युरोमा अनुबन्ध गरेको हो । गत वर्ष टोकियो ओलम्पिक २०२० को स्वर्ण विजेता ब्राजिली टोलीको सदस्य रहेको गुइमारेस सेन्ट जेम्स पार्कमा जनवरी ट्रान्सफरमा अनुबन्ध हुने दोस्रो महँगा […]

144 views

0 Bookmark

एजेन्सी – प्रिमियर लिगको रेलिगेसन जोनमा रहेको न्यूक्यासल युनाइटेडले ब्राजिली मिडफिल्डर ब्रुनो गुइमारेसलाई अनुबन्ध गरेको छ । न्यूक्यासलले ब्रुनोलाई साँढे चार वर्षको लागि फ्रेन्च क्लब लियोनबाट ३३ मिलियन युरोमा अनुबन्ध गरेको हो ।

गत वर्ष टोकियो ओलम्पिक २०२० को स्वर्ण विजेता ब्राजिली टोलीको सदस्य रहेको गुइमारेस सेन्ट जेम्स पार्कमा जनवरी ट्रान्सफरमा अनुबन्ध हुने दोस्रो महँगा खेलाडी बनेका छन् । अहिले विश्वकप छनोटको लागि अन्तर्राष्ट्रिय ड्युटीमा रहेका उनी अन्तर्राष्ट्रिय ड्युटीपछि न्यूक्यासलको टोलीमा फर्कनेछन् ।

रेलिगेसन जोनमा संघर्ष गरिरहेको न्यूक्यासल रेलिगेसनबाट बच्न बलियो टोली निर्माणमा जुटिरहेको छ । न्यूक्यासलका प्रशिक्षक एडी होवेले क्लबको आधिकारिक वेबसाइटलाई भनेका छन्, ‘ब्रुनो एक धेरै रोमाञ्चक प्रतिभा हुन् र हाम्रो प्राथमिक लक्ष्यहरु मध्ये एक हुन् त्यसैले म उनलाई सुरक्षित गर्न पाउँदा खुशी छु । उनले अगाडिको चुनौतीको लागि तुरुन्तै तयार रहेको समूहलाई बलियो बनाउँछ ।’

‘उनी फ्रान्सका उत्कृष्ट प्रदशएन गर्ने खेलाडीमध्ये एक हुनुहुन्छ । अहिले ब्राजिली टोलीमा पनि रहेका छन् । त्यसैले मलाई कुनै शंका छैन कि हाम्रा समर्थकले उहाँलाई हेरेर साँच्चै रमाइलो गर्नेछन् । हामी उहाँलाई अन्तर्राष्ट्रिय ड्युटीपछि क्लबमा स्वागत गर्न उत्सुक छौं ।’

ब्राजिली क्लब एथलेटिको परानान्सेसँगको सफलतापछि २०२० मा युरोप आइपुगेका २४ वर्षीय ब्रुनोकै उच्च प्रदर्शनमा युरोपा लिगमा छनोट हुन सफल भएको थियो । ब्रुनोले लियोनका लागि २०१९–२० को सिजनदेखि यो सिजनसम्म ७१ खेल खेल्दा ३ गोल गरेका छन् ।

न्यूक्यासलले यो सिजन एट्लेटिको म्याड्रिडका काइरन ट्रिपिएर र बर्नलीका क्रिस वुडलाई टोलीमा समावेश गरिसकेको छ । गुइमारेसको आगमनले क्लबले आफ्नो प्रदर्शनमा सुधार हुने र रेलिगेसन बच्ने अपेक्षा राखेको छ ।

May 3, 2024

नेपालको ब्रिटिश आर्मी विरुद्ध गोलरहित बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो खेलमा गोलरहित बराबरी खेलेको छ । एल्डरशट स्थित मिलिटरी स्टेडियममा भएको खेलमा नेपालले ब्रिटिश आर्मी टोली विरुद्ध गोलरहित बराबरी खेलेको हो । नेपाली टोली भिसा ढिलो आएका कारण अन्योलमा रहेको खेल अन्त्यमा तालिका अनुसार नै अघि बढेको थियो । खेल अवधिभर नेपाली टोली […]

May 3, 2024

समाज कल्याण र आरसी ३२को जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत शुक्रबार सम्पन्न खेलहरुमा समाज कल्याण खेलकुद केन्द्र र स्पोर्ट्स एकेडेमी साँगा विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा समाज कल्याणले साँगा माथि ५-० को फराकिलो जित दर्ता गरेको हो । समाज कल्याणको जितमा सुजन चौधरीले ह्याट्रिक पूरा गरे। यस्तै रोजल दाहालले […]

May 3, 2024

इङ्ल्यान्डमा नेपालको पहिलो खेल आज*

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । ब्रिटिश आर्मीको टोली विरुद्ध आज नेपाली टोलीले खेल्नेछ । भिसा प्रक्रियामा निकै ढिलो हुँदा एन्फाले टोलीका सदस्यलाई फरक-फरक समयमा विभिन्न विमानमा पठाउनु परेको थियो । टोली फरक-फरक समयमा इङ्ल्यान्ड पुगेको थियो भने केही खेलाडीहरू हिजो मात्र पुगेका थिए […]

Success

Thank you for your time.