default_image

2 years ago

January 31, 2022

रियलविरुद्ध रामोस खेल्नेमा शंका

एजेन्सी – रियल म्याड्रिडविरुद्ध दुई साता पछि हुने च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा पेरिस सेन्ट जर्मेन (पिएसजी) का सर्जियो रामोस खेल्ने नखेल्नेमा शंका बढेको छ । पिडौलामा लागेको चोटका कारण पूर्व क्लब रियलविरुद्ध उनले खेल्नेमा शंका बढेको हो । यद्दपी आउने दिनमा उनको फिटेनसको अवस्था हेरेर खेल्ने नखेल्ने निर्णय लिइने बताइएको छ । […]

87 views

0 Bookmark

एजेन्सी – रियल म्याड्रिडविरुद्ध दुई साता पछि हुने च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा पेरिस सेन्ट जर्मेन (पिएसजी) का सर्जियो रामोस खेल्ने नखेल्नेमा शंका बढेको छ ।

पिडौलामा लागेको चोटका कारण पूर्व क्लब रियलविरुद्ध उनले खेल्नेमा शंका बढेको हो । यद्दपी आउने दिनमा उनको फिटेनसको अवस्था हेरेर खेल्ने नखेल्ने निर्णय लिइने बताइएको छ ।

चोटका कारण रामोसले प्रशिक्षण गुमाएको पिएसजीले आइतबार जानाएको छ । बिहीबारको प्रशिक्षणमा रामोसको दायाँ पिडौलामा चोट लागेको छ, साताको मध्यममा उनको चोटको अवस्थाका बारेमा जानकारी गराइनेछ, पिएसजीले विज्ञप्तीमार्फत भनेको छ ।

पिएसजीका प्रशिक्षका माउरिसियो पोचेटिनोले रामोसको बारेमा धेरै बताउने अवस्था नभएको बताएका छन् । ‘हामीलाई त्यस्तो खालेको चोटको बारेमा थहा छ । दिन दिनै हुने प्रगतिका बारेमा हेरिनेछ, उनले भने,‘ ठिक हुन कति समय लाग्छ अहिले भन्न कठिन छ । अहिले उनी प्रशिक्षणमा सामेल हुने छैनन् ।

फ्रेन्च टोलीमा अन्य खेलाडी पनि चोटग्रस्त छन् । चोटमुक्त हुने क्रममा रहेको नेयमारको फिटनेस परिक्षण हुनेछ । त्यस्तै मांशपेशीमा समस्याबाट जर्जियानो विज्नाल्डुमले केहि राहत मिलेको छ । उनी टोलीमा सामेल भएका छन् । सोमबार नाइसविरुद्ध हुने खेलमा लियोनल मेस्सी खेल्ने प्रशिक्षक पोचेटिनोले बताएका छन् ।

May 3, 2024

नेपालको ब्रिटिश आर्मी विरुद्ध गोलरहित बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो खेलमा गोलरहित बराबरी खेलेको छ । एल्डरशट स्थित मिलिटरी स्टेडियममा भएको खेलमा नेपालले ब्रिटिश आर्मी टोली विरुद्ध गोलरहित बराबरी खेलेको हो । नेपाली टोली भिसा ढिलो आएका कारण अन्योलमा रहेको खेल अन्त्यमा तालिका अनुसार नै अघि बढेको थियो । खेल अवधिभर नेपाली टोली […]

May 3, 2024

समाज कल्याण र आरसी ३२को जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत शुक्रबार सम्पन्न खेलहरुमा समाज कल्याण खेलकुद केन्द्र र स्पोर्ट्स एकेडेमी साँगा विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा समाज कल्याणले साँगा माथि ५-० को फराकिलो जित दर्ता गरेको हो । समाज कल्याणको जितमा सुजन चौधरीले ह्याट्रिक पूरा गरे। यस्तै रोजल दाहालले […]

May 3, 2024

इङ्ल्यान्डमा नेपालको पहिलो खेल आज*

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । ब्रिटिश आर्मीको टोली विरुद्ध आज नेपाली टोलीले खेल्नेछ । भिसा प्रक्रियामा निकै ढिलो हुँदा एन्फाले टोलीका सदस्यलाई फरक-फरक समयमा विभिन्न विमानमा पठाउनु परेको थियो । टोली फरक-फरक समयमा इङ्ल्यान्ड पुगेको थियो भने केही खेलाडीहरू हिजो मात्र पुगेका थिए […]

Success

Thank you for your time.