default_image

2 years ago

January 31, 2022

डेनिस मिडफिल्डर इरिक्सन ब्रेन्टफर्डमा अनुबन्धित

एजेन्सी – डेनिस मिडफिल्डर क्रिस्टियन इरिक्सन इंग्लिस प्रिमियर लिग क्लब ब्रेन्टफर्डमा अनुबन्धित भएका छन् । ब्रेन्टफर्डले डेनिस मिडफिल्डर इरिक्सनलाई यस सिजनको अन्त्यसम्मको लागि अनुबन्ध गरेको जनाएको छ । २९ वर्षीय इरिक्सन दुई वर्षपछि प्रिमियर लिगमा फर्किएका हुन् । इरिक्सन सन् २०२० मा टोटेनहम हटस्परबाट इटालियन क्लब इन्टर मिलान पुगेका थिए । मुटुको समस्यापछि उनी पहिलोपटक […]

81 views

0 Bookmark

एजेन्सी – डेनिस मिडफिल्डर क्रिस्टियन इरिक्सन इंग्लिस प्रिमियर लिग क्लब ब्रेन्टफर्डमा अनुबन्धित भएका छन् । ब्रेन्टफर्डले डेनिस मिडफिल्डर इरिक्सनलाई यस सिजनको अन्त्यसम्मको लागि अनुबन्ध गरेको जनाएको छ ।

२९ वर्षीय इरिक्सन दुई वर्षपछि प्रिमियर लिगमा फर्किएका हुन् । इरिक्सन सन् २०२० मा टोटेनहम हटस्परबाट इटालियन क्लब इन्टर मिलान पुगेका थिए । मुटुको समस्यापछि उनी पहिलोपटक प्रिमियर लिग ब्रेन्टफर्डबाट फुटबलमा फर्किन लागेका हुन् ।

गत वर्ष जुन–जुलाईमा भएको युरोकप २०२० यता इरिक्सनले फुटबल खेलेका छैनन् । युरोकप अन्तरगत समूह चरणमा फिनल्यान्डविरुद्धको खेल दौरान हृदयघातका कारण उनी मैदानमै ढल्न पुगेका थिए । मैदानमा ढलेपछि २९ वर्षीय मिडफिल्डरलाई तत्काल मैदानमै सीपीआर दिईएको थियो । जसको कारण उनको ज्यान बचेको थियो ।

मुटुको गति नियन्त्रण गर्ने स्वचालित यन्त्र इम्प्लान्टेबल कार्डियोभर्टर डेफिब्रिलेटर (आइसिडी) नहटाएकाले उनले इन्टर मिलानसँगको सम्झौता रद्ध गरेका थिए । हृदयघात भएपछि इरिक्सनको शरीरमा आइसिडी जडान गरिएको थियो । इन्टर मिलानसँगको सम्झौता रद्ध गरेसँगै उनी डच क्लब आयाक्सको रिजर्भ टोलीसँग प्रशिक्षणमा रहेका थिए ।

May 3, 2024

नेपालको ब्रिटिश आर्मी विरुद्ध गोलरहित बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो खेलमा गोलरहित बराबरी खेलेको छ । एल्डरशट स्थित मिलिटरी स्टेडियममा भएको खेलमा नेपालले ब्रिटिश आर्मी टोली विरुद्ध गोलरहित बराबरी खेलेको हो । नेपाली टोली भिसा ढिलो आएका कारण अन्योलमा रहेको खेल अन्त्यमा तालिका अनुसार नै अघि बढेको थियो । खेल अवधिभर नेपाली टोली […]

May 3, 2024

समाज कल्याण र आरसी ३२को जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत शुक्रबार सम्पन्न खेलहरुमा समाज कल्याण खेलकुद केन्द्र र स्पोर्ट्स एकेडेमी साँगा विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा समाज कल्याणले साँगा माथि ५-० को फराकिलो जित दर्ता गरेको हो । समाज कल्याणको जितमा सुजन चौधरीले ह्याट्रिक पूरा गरे। यस्तै रोजल दाहालले […]

May 3, 2024

इङ्ल्यान्डमा नेपालको पहिलो खेल आज*

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । ब्रिटिश आर्मीको टोली विरुद्ध आज नेपाली टोलीले खेल्नेछ । भिसा प्रक्रियामा निकै ढिलो हुँदा एन्फाले टोलीका सदस्यलाई फरक-फरक समयमा विभिन्न विमानमा पठाउनु परेको थियो । टोली फरक-फरक समयमा इङ्ल्यान्ड पुगेको थियो भने केही खेलाडीहरू हिजो मात्र पुगेका थिए […]

Success

Thank you for your time.