default_image

2 years ago

January 31, 2022

लाम्पार्ड एभर्टनको मुख्य प्रशिक्षक

एजेन्सी – लन्डन क्लब चेल्सीका पुर्व मुख्य प्रशिक्षक फ्रान्क लाम्पार्ड अर्काे इंग्लिस टोली एभर्टनको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । एभर्टनले चेल्सीका पुर्व प्रशिक्षक लाम्पार्डलाई मुख्य प्रशिक्षकको रुपमा नियुक्त गरेको पुष्टि गरेको छ । एभर्टनले लाम्पार्डलाई २ वर्ष ६ महिनाको लागि प्रशिक्षकमा नियुक्त गरेको हो । अब उनी २०२४ को जुनसम्म गुडिसन पार्कमा रहनेछ । […]

134 views

0 Bookmark

एजेन्सी – लन्डन क्लब चेल्सीका पुर्व मुख्य प्रशिक्षक फ्रान्क लाम्पार्ड अर्काे इंग्लिस टोली एभर्टनको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । एभर्टनले चेल्सीका पुर्व प्रशिक्षक लाम्पार्डलाई मुख्य प्रशिक्षकको रुपमा नियुक्त गरेको पुष्टि गरेको छ ।

एभर्टनले लाम्पार्डलाई २ वर्ष ६ महिनाको लागि प्रशिक्षकमा नियुक्त गरेको हो । अब उनी २०२४ को जुनसम्म गुडिसन पार्कमा रहनेछ । २०२१ को जनवरीमा चेल्सीको जिम्मेवारीबाट मुक्त भएका इंग्ल्यान्डका पुर्व मिडफिल्डर लाम्पार्ड रेलिगेसन जोनमा संघर्ष गरिरहेको क्लबको राफयल बेनिटेजको उत्तराधिकारी हुन मर्सिसाइडमा आइपुगेका छन् ।

अन्तरिम प्रशिक्षक डन्कन फर्गुसन र पोर्टाेका पुर्व प्रशिक्षक भिटोर परेराको नजरमा लाम्पार्ड परेका हुन् । क्लबको ६८ वर्षको शीर्ष उडानमा लाम्पार्डको प्रशिक्षणमा टोलीले कस्तो प्रदर्शन गर्ने हो त्यो हेर्न बाँकी छ ।

लाम्पार्डले एभर्टनको प्रशिक्षक बन्न पाउनु आफ्नो लागि ठुलो सम्मान रहेको बताउँदै क्लबको जोस र महत्वाकाङ्क्षामा सक्दो मिहेनत गर्ने बताएका छन् । प्रशिक्षण करियरको चार वर्षमा लाम्पार्डको यो तेस्रो टोली हो । ४३ वर्षीय लाम्पार्डले यसअघि डर्वी काउन्टी र चेल्सीलाई प्रशिक्षण दिएका थिए ।

लाम्पार्डको बर्खास्तीपछि थोमस टुचेलले चेल्सी सम्हाल्दै टोलीलाई च्याम्पियन्स लिग जिताउन सफल भए । बेनिटेज युगपछि लाम्पार्डको आगमनले टोलीले रेलिगेसन बचाउने लक्ष्य राखेको छ । एभर्टन रेलिगेसन जोनभन्दा ४ अंकले माथि छ । टोलीले १८औं स्थानमा रहेको न्यूक्यासलसँग खेल्न बाँकी छ ।

May 3, 2024

नेपालको ब्रिटिश आर्मी विरुद्ध गोलरहित बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो खेलमा गोलरहित बराबरी खेलेको छ । एल्डरशट स्थित मिलिटरी स्टेडियममा भएको खेलमा नेपालले ब्रिटिश आर्मी टोली विरुद्ध गोलरहित बराबरी खेलेको हो । नेपाली टोली भिसा ढिलो आएका कारण अन्योलमा रहेको खेल अन्त्यमा तालिका अनुसार नै अघि बढेको थियो । खेल अवधिभर नेपाली टोली […]

May 3, 2024

समाज कल्याण र आरसी ३२को जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत शुक्रबार सम्पन्न खेलहरुमा समाज कल्याण खेलकुद केन्द्र र स्पोर्ट्स एकेडेमी साँगा विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा समाज कल्याणले साँगा माथि ५-० को फराकिलो जित दर्ता गरेको हो । समाज कल्याणको जितमा सुजन चौधरीले ह्याट्रिक पूरा गरे। यस्तै रोजल दाहालले […]

May 3, 2024

इङ्ल्यान्डमा नेपालको पहिलो खेल आज*

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । ब्रिटिश आर्मीको टोली विरुद्ध आज नेपाली टोलीले खेल्नेछ । भिसा प्रक्रियामा निकै ढिलो हुँदा एन्फाले टोलीका सदस्यलाई फरक-फरक समयमा विभिन्न विमानमा पठाउनु परेको थियो । टोली फरक-फरक समयमा इङ्ल्यान्ड पुगेको थियो भने केही खेलाडीहरू हिजो मात्र पुगेका थिए […]

Success

Thank you for your time.