default_image

2 years ago

February 3, 2022

कप्तान किरण माल्दिभ्स प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीका कप्तान तथा गोलरक्षक किरण चेम्जोङ आफ्नो व्यावसायिक जिम्मेवारी पूरा गर्न विहीबार माल्दिभ्स प्रस्थान गरेका छन् । अफ्रिकी राष्ट्र मौरिसससँगको दुई मैत्रीपूर्ण खेलका लागि किरण १२ माघमा नेपाल आएका थिए । उनकै कप्तानी नेपालले मौरिसससँग दुवै खेलमा समान १–० को जित निकालेको थियो । नेपालले २९ जनवरी […]

47 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीका कप्तान तथा गोलरक्षक किरण चेम्जोङ आफ्नो व्यावसायिक जिम्मेवारी पूरा गर्न विहीबार माल्दिभ्स प्रस्थान गरेका छन् ।

अफ्रिकी राष्ट्र मौरिसससँगको दुई मैत्रीपूर्ण खेलका लागि किरण १२ माघमा नेपाल आएका थिए । उनकै कप्तानी नेपालले मौरिसससँग दुवै खेलमा समान १–० को जित निकालेको थियो । नेपालले २९ जनवरी र १ फेब्रुअरीमा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुई मैत्रीपूर्ण खेल खेलेको थियो ।

किरण मौरिसससँगको दोस्रो खेलमा म्यान अफ द म्याच घोषित भएका थिए । उनले नेपाल १–० को अग्रतामा रहँदा मौरिसससँगको एक पेनाल्टी बचाएका थिए । किरण नेपालबाट सर्वाधिक खेल खेल्ने खेलाडी हुन् । उनले राष्ट्रिय टोलीबाट ८२ क्याप जितेका छन् ।

किरण गत मंसिरमा माल्दिभ्सको माजिया स्पोर्ट्स एण्ड रिक्रिएसन सेन्टरमा आवद्ध भएका हुन् । किरणमा सामाजिक सन्जाल फेसबुकमा ‘राष्ट्रिय ड्युटी पूरा, अब मेरो क्लब माजिया’ का लागि र सबैलाई धन्यवाद भनेर लेखेका छन् ।

May 3, 2024

नेपालको ब्रिटिश आर्मी विरुद्ध गोलरहित बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो खेलमा गोलरहित बराबरी खेलेको छ । एल्डरशट स्थित मिलिटरी स्टेडियममा भएको खेलमा नेपालले ब्रिटिश आर्मी टोली विरुद्ध गोलरहित बराबरी खेलेको हो । नेपाली टोली भिसा ढिलो आएका कारण अन्योलमा रहेको खेल अन्त्यमा तालिका अनुसार नै अघि बढेको थियो । खेल अवधिभर नेपाली टोली […]

May 3, 2024

समाज कल्याण र आरसी ३२को जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत शुक्रबार सम्पन्न खेलहरुमा समाज कल्याण खेलकुद केन्द्र र स्पोर्ट्स एकेडेमी साँगा विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा समाज कल्याणले साँगा माथि ५-० को फराकिलो जित दर्ता गरेको हो । समाज कल्याणको जितमा सुजन चौधरीले ह्याट्रिक पूरा गरे। यस्तै रोजल दाहालले […]

May 3, 2024

इङ्ल्यान्डमा नेपालको पहिलो खेल आज*

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । ब्रिटिश आर्मीको टोली विरुद्ध आज नेपाली टोलीले खेल्नेछ । भिसा प्रक्रियामा निकै ढिलो हुँदा एन्फाले टोलीका सदस्यलाई फरक-फरक समयमा विभिन्न विमानमा पठाउनु परेको थियो । टोली फरक-फरक समयमा इङ्ल्यान्ड पुगेको थियो भने केही खेलाडीहरू हिजो मात्र पुगेका थिए […]

Success

Thank you for your time.