default_image

2 years ago

February 4, 2022

रोनाल्डो र मेस्सी आफू खेल्ने क्लबभन्दा बढी चर्चित

173 views

0 Bookmark

एजेन्सी – पछिल्लो समय सामाजिक संजालमा पछ्याउनेको संख्यालाई आधार मानेर कुनैपनि क्लब र खेलाडी कति चर्चित छन् भन्ने मापन गरिँदै आएको छ । यस्तोमा फुटबलका सुपरस्टारद्वय क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सीको सामाजिक सञ्जालमा फलोअर्स उनीहरु खेल्ने क्लब म्यानचेष्टर युनाइटेड र पेरिस सेन्ट जर्मेन (पिएसजी) को भन्दा बढी छन् ।

पोर्चुगिज फरवार्ड रोनाल्डोको व्यक्तिगत अकाउन्टमा मात्र ५ सय ९३ मिलयनको आसपासमा फलोअर्स छन् । अर्जेन्टिनी कप्तान मेस्सीको भने ३ सय ७५ मिलियनको आसपासमा फलोअर्स छन् । मेस्सीको ट्विटर अकाउन्ट नभएका कारणले रोनाल्डोको भन्दा कम फलोअर्स भएको बताइन्छ ।

क्लबभन्दा अगाडि

प्रिमियर लिग क्लब युनाइटेडको सामाजिक सञ्चालमा १ सय ६९ मिलियन फलोअर्स छन् । त्यो रोनाल्डोको भन्दा निकै कम हो । त्यस्तै पिएसजीको १ सय ३३ मिलियन फलोअर्स छन् । जुन मेसीको भन्दा आधा भन्दा कम हो ।

सामाजिक सञ्जालमा सबैभन्दा बढी फओर्स हुने क्लबमा रियल म्याड्रिड क्लब हो । रियलको २ सय ५१.५ मिलियन फलोअर्स छन् । अर्को स्पेनिस क्लब बार्सिलोना २ सय ४८ मिलियनका साथ दोस्रो स्थानमा छन् । स्पेनिस क्लबको भन्दा युनाइटेड र पिएसजीको निकै कम छ ।

ट्रान्सफरले क्लबलाई फाइदा

रोनाल्डो र मेस्सीले सिजनको सुरुवातमा क्लब परिवर्तन गर्दा ती क्लबको सामाजिक सञ्जाल फओअर्स पनि बढेका थिए । युभेन्ट्सबाट रोनाल्डो युनाइटेड फर्केका थिए भने विश्वभरका फुटबल समर्थकलाई आश्चार्यमा पार्दै मेस्सी बार्सिलोनाबाट पिएसजी पुगेका थिए । मेस्सीको सरुवाले सामाजिक सञ्जालमा पिएसजीको फलोअर्स १३ प्रतिशतले बढेका थिए । मेस्सीको सरुवा सार्वजनिक गरेको दिन क्लबको फलोअर्स १ सय १०.५ मिलियनबाट १ सय १५.७ मिलियन पुगेको थियो ।

रोनाल्डोका कारण युनाइटेडको फलोअर्समा झण्डै तीन प्रतिशत वृद्धि भएको थियो । रोनाल्डोको सरुवाको घोषणा भएको दिन क्लबको फओअर्स १ सय ६१.१ मिलियनबाट १ सय ६३.२ मिलियन पुगेको थियो ।

खेलाडीकै अकाउन्ट प्रभावकारी

ट्रान्सफरको सुचनामा पनि क्लबको भन्दा खेलाडीकै अकाउन्टमा बढी चर्चा भएको छ । रोनाल्डोले इन्स्टाग्राममा गरेको घोषणामा १९ मिलियनले लाइक गरेका थिए । त्यस्तै मेस्सीको घोषणामा २२ मिलयनले लाइक गरेका थिए ।

May 13, 2024

च्याम्पियन पिएसजीको हार

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) किलियन एमबाप्पेको गोलका बाबजुद पराजित भएको छ। फ्रान्सेली च्याम्पियन पिएसजी आइतबार टुलुजसँग ३-१ गोलले पराजित भएको हो । पिएसजी छोड्ने घोषणा गरिसकेका एमबाप्पेले खेलको आठौं मिनेटमा गोल गरेका थिए। तर टुलुजका थिज्स डलिङ्गाबाट १३ औं मिनेटमा बराबरी गोल फर्काए । यान गोबोहोको गोलबाट टुलुजले ६८ औं मिनेटमा अग्रता लिएको […]

May 12, 2024

आर्सनल पुनः प्रिमियर लिगको शीर्षस्थानमा

एजेन्सी – म्यानचेस्टर युनाइटेडलाई हराउँदै आर्सनल इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा पुनः उक्लिएको छ । युनाइटेडको घरेलु मैदानमा आइतबार भएको खेलमा आर्सनलले १-० को जित दर्ता गर्दै तालिकाको शीर्षस्थानमा उक्लिन सफल भएको हो । आर्सनलको जितमा लियान्द्रो ट्रोसार्डले २०औं मिनेटमा खेलको एकमात्र गोल गरे । काई हाभेर्ट्जको पासमा ट्रोसार्डले बक्स भित्रबाट गोल गरेका थिए । सोही […]

May 12, 2024

सानेपाको खालीबारीविरुद्ध जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सो डिभिजन लिग अन्तर्गत सातौं चरणको अन्तिम खेलमा सानेपा क्लबले खालीबारी युथ एफसी विरुद्ध जित दर्ता गरेको छ । सानेपाले खालीबारी विरुद्ध १-० को जित दर्ता गरेको हो । सानेपाको जितमा पेम्बा दोर्जे लामाले १३औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । सि डिभिजनमा मंगलबार देखि आठौ चरणका खेलहरू […]

Success

Thank you for your time.