4 years ago
February 4, 2022
एजेन्सी – पछिल्लो समय सामाजिक संजालमा पछ्याउनेको संख्यालाई आधार मानेर कुनैपनि क्लब र खेलाडी कति चर्चित छन् भन्ने मापन गरिँदै आएको छ । यस्तोमा फुटबलका सुपरस्टारद्वय क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सीको सामाजिक सञ्जालमा फलोअर्स उनीहरु खेल्ने क्लब म्यानचेष्टर युनाइटेड र पेरिस सेन्ट जर्मेन (पिएसजी) को भन्दा बढी छन् ।

पोर्चुगिज फरवार्ड रोनाल्डोको व्यक्तिगत अकाउन्टमा मात्र ५ सय ९३ मिलयनको आसपासमा फलोअर्स छन् । अर्जेन्टिनी कप्तान मेस्सीको भने ३ सय ७५ मिलियनको आसपासमा फलोअर्स छन् । मेस्सीको ट्विटर अकाउन्ट नभएका कारणले रोनाल्डोको भन्दा कम फलोअर्स भएको बताइन्छ ।
क्लबभन्दा अगाडि
प्रिमियर लिग क्लब युनाइटेडको सामाजिक सञ्चालमा १ सय ६९ मिलियन फलोअर्स छन् । त्यो रोनाल्डोको भन्दा निकै कम हो । त्यस्तै पिएसजीको १ सय ३३ मिलियन फलोअर्स छन् । जुन मेसीको भन्दा आधा भन्दा कम हो ।

सामाजिक सञ्जालमा सबैभन्दा बढी फओर्स हुने क्लबमा रियल म्याड्रिड क्लब हो । रियलको २ सय ५१.५ मिलियन फलोअर्स छन् । अर्को स्पेनिस क्लब बार्सिलोना २ सय ४८ मिलियनका साथ दोस्रो स्थानमा छन् । स्पेनिस क्लबको भन्दा युनाइटेड र पिएसजीको निकै कम छ ।
ट्रान्सफरले क्लबलाई फाइदा
रोनाल्डो र मेस्सीले सिजनको सुरुवातमा क्लब परिवर्तन गर्दा ती क्लबको सामाजिक सञ्जाल फओअर्स पनि बढेका थिए । युभेन्ट्सबाट रोनाल्डो युनाइटेड फर्केका थिए भने विश्वभरका फुटबल समर्थकलाई आश्चार्यमा पार्दै मेस्सी बार्सिलोनाबाट पिएसजी पुगेका थिए । मेस्सीको सरुवाले सामाजिक सञ्जालमा पिएसजीको फलोअर्स १३ प्रतिशतले बढेका थिए । मेस्सीको सरुवा सार्वजनिक गरेको दिन क्लबको फलोअर्स १ सय १०.५ मिलियनबाट १ सय १५.७ मिलियन पुगेको थियो ।

रोनाल्डोका कारण युनाइटेडको फलोअर्समा झण्डै तीन प्रतिशत वृद्धि भएको थियो । रोनाल्डोको सरुवाको घोषणा भएको दिन क्लबको फओअर्स १ सय ६१.१ मिलियनबाट १ सय ६३.२ मिलियन पुगेको थियो ।
खेलाडीकै अकाउन्ट प्रभावकारी
ट्रान्सफरको सुचनामा पनि क्लबको भन्दा खेलाडीकै अकाउन्टमा बढी चर्चा भएको छ । रोनाल्डोले इन्स्टाग्राममा गरेको घोषणामा १९ मिलियनले लाइक गरेका थिए । त्यस्तै मेस्सीको घोषणामा २२ मिलयनले लाइक गरेका थिए ।
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]
December 7, 2025
एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्यो। मियामीका गोलरक्षक रोको रिओस […]