default_image

2 years ago

February 5, 2022

गोलरक्षक डे हेया लिगकै उत्कृष्ट खेलाडी

113 views

0 Bookmark

एजेन्सी – म्यानचेस्टर युनाइटेडका गोलकिपर डेविड डे हेया पहिलो पटक प्रिमियर लिगको ‘प्लेयर अफ द मन्थ’ चुनिएका छन् । सन् २०११ मा इंग्ल्यान्ड पुगेयता उनी प्लेयर अफ मेन्थ चुनिएको यो पहिलो अवसर हो ।

जनवरीमा स्पेनिस गोलकिपरले २२ वटा बचाउ गर्दै उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जितेका हुन् । यो सिजन ८४ बचाउका साथ प्रिमियर लिगमा उनी शीर्षस्थानमा रहेका छन् । डे हेया भन्दा पछि लिड्स युनाइटेडका गोलकिपर इयान मेलिएर रहेका छन् । डे हेया भन्दा उनले १३ वटा बचाउ कम गरेका छन् ।

प्रिमियर लिगमा ३ सय ६१ खेल खेलेसकेका डे हेया मतका आधारमा पहिलो पटक प्लेयर अफ दी मन्थ बनेका हुन् । उनले वेस्ट ह्यामका जेरड बोवेन, म्यानचेस्टर सिटीका केभिड डि ब्रुएन, लिड्स युनाइटेडका ज्याक हारिसन, वल्भ्सका जोआओ मोउटिन्हो र साउथह्याम्पटनका कप्तान जेम्स वार्ड प्राउजलाई पछि पारेका हुन् ।

सन् २०१६ पछि प्लेयर अफ मन्थ बन्ने डे हेया पहिलो गोलरक्षक हुन् । त्यति बेला साउथह्याम्टनका फ्रेजर फ्रोस्टर प्लेयर अफ दी मन्थ चुनिएका थिए । डे हेया जनवरीका लागि युनाइटेडको पनि प्लेयर अफ दी मन्थ चुनिएका थिए । यो सिजन उनी तेस्रो पटक क्लबको प्लेयर अफ दी मन्थ बनेका हुन् । डे हेयाले प्रदान गर्ने सर माट बसबे प्लेयर अफ दी इयर २०१४,२०१५,२०१६ र २०१८ मा जितेका थिए । त्यो अवार्ड युनाइटेडका सिजनका उत्कृष्ट खेलाडीलाई दिइने गरिन्छ ।

May 13, 2024

च्याम्पियन पिएसजीको हार

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) किलियन एमबाप्पेको गोलका बाबजुद पराजित भएको छ। फ्रान्सेली च्याम्पियन पिएसजी आइतबार टुलुजसँग ३-१ गोलले पराजित भएको हो । पिएसजी छोड्ने घोषणा गरिसकेका एमबाप्पेले खेलको आठौं मिनेटमा गोल गरेका थिए। तर टुलुजका थिज्स डलिङ्गाबाट १३ औं मिनेटमा बराबरी गोल फर्काए । यान गोबोहोको गोलबाट टुलुजले ६८ औं मिनेटमा अग्रता लिएको […]

May 12, 2024

आर्सनल पुनः प्रिमियर लिगको शीर्षस्थानमा

एजेन्सी – म्यानचेस्टर युनाइटेडलाई हराउँदै आर्सनल इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा पुनः उक्लिएको छ । युनाइटेडको घरेलु मैदानमा आइतबार भएको खेलमा आर्सनलले १-० को जित दर्ता गर्दै तालिकाको शीर्षस्थानमा उक्लिन सफल भएको हो । आर्सनलको जितमा लियान्द्रो ट्रोसार्डले २०औं मिनेटमा खेलको एकमात्र गोल गरे । काई हाभेर्ट्जको पासमा ट्रोसार्डले बक्स भित्रबाट गोल गरेका थिए । सोही […]

May 12, 2024

सानेपाको खालीबारीविरुद्ध जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सो डिभिजन लिग अन्तर्गत सातौं चरणको अन्तिम खेलमा सानेपा क्लबले खालीबारी युथ एफसी विरुद्ध जित दर्ता गरेको छ । सानेपाले खालीबारी विरुद्ध १-० को जित दर्ता गरेको हो । सानेपाको जितमा पेम्बा दोर्जे लामाले १३औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । सि डिभिजनमा मंगलबार देखि आठौ चरणका खेलहरू […]

Success

Thank you for your time.