default_image

2 years ago

February 5, 2022

म्यानचेस्टर युनाइटेड एफए कपबाट बाहिरियो

80 views

0 Bookmark

एजेन्सी – च्याम्पियनसिप क्लब मिडल्सव्रगसँग सडनडेथमा पराजित हुँदै प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड एफए कपको चौथो राउन्ड बाटै बाहिरिएको छ ।

युनाइटेड घरेलु मैदानमा मिडल्सव्रगसँग सडनडेथमा ८–७ ले पराजित हुँदै बाहिरिएको हो । निर्धारित समयमा १–१ गोलको बराबरी र त्यसपछि अतिरिक्त समयमा थप गोल नभएपछि खेल पेनाल्टीमा पुगेको थियो । पेनाल्टीमा पनि बराबरीपछि खेल सडनडेथमा लम्विएको थियो ।

पेनाल्टीमा बिडल्सव्रगका प्याट्रिक म्याकनेएर, मार्टिन पाएरो, जोनाथन हाउसन, मार्कुस टाभेरनिएर र सोउलेमाने बाम्वाले गोल गरे । युनाइटेडका जुआन माटा, ह्यारी मगाएर, फ्रेड, क्रिस्टियानो रोनाल्डो र ब्रुनो फर्नान्डेसले गोल गरे ।

सडनडेथमा मिडल्सव्रगका डुनकान वाटमोर, डाइल फ्राइ र लि पेल्टिएरले गोल गरे । युनाइटेडका स्कट म्याकटोमिने र डिएगो डालोटले गोल गर्दा एन्थोनी इलांगाको अन्तिम प्रहार सदुपयोग हुन सकेन ।

त्यसअघि ओल्ड ट्राफोर्डमा शुक्रबार राति भएको खेलको दोस्रो मिनेटमै घरेलु टोलीले अग्रता लिने सुवर्ण अवसर खेर फालेको थियो । जेडान सान्चोको चिप प्रहार क्रसबारमा लाग्दै फर्किएको थियो ।

२०औं मिनेटमा रोनाल्डोले पेनाल्टी चुकाएका थिए । पल पोग्वालाई डिजकेस्टिलले पेनाल्टी बक्समा लडाएपछि युनाइटेडले पेनाल्टी पाएको थियो । तर, भर्खरै ३७ वर्ष लागेका रोनाल्डोको पेनाल्टी पोस्टनजिकैबाट थोरै बाहिरिएको थियो ।

२५औं मिनेटमा जेडान सान्चोले गोल गर्दै युनाइटेडलाई सुरुवाती अग्रता दिलाए । उनले ब्रुनो फर्नान्डेसको पासमा दोस्रो बार च्याप्दै गोल गर्न सफल भएका थिए ।

६४औं मिनेटमा माट क्रुक्सले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । डुनकान वाटमोरले क्रस गर्नुअघि नै ह्यान्ड हुन पुगेपनि रेफ्रीले कुनै प्रतिक्रिया नजनाउँदा माटले सहजै फिनिस गरेका थिए । भिएआरले पनि एक्सिडेन्टल ह्यान्ड रहेको भन्दै गोललाई मान्यता प्रदान गर्यो ।

७२औं मिनटेमा ब्रुनो फर्नान्डेसको प्रहार पोलमा लागेर फर्कदा युनाइटेड अग्रता लिनबाट चुक्यो । त्यसपछि थप गोल निस्कन नसक्दा खेल अतिरिक्त समय हुदै सडनडेथसम्म लम्विएको थियो ।

May 12, 2024

सानेपाको खालीबारीविरुद्ध जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सो डिभिजन लिग अन्तर्गत सातौं चरणको अन्तिम खेलमा सानेपा क्लबले खालीबारी युथ एफसी विरुद्ध जित दर्ता गरेको छ । सानेपाले खालीबारी विरुद्ध १-० को जित दर्ता गरेको हो । सानेपाको जितमा पेम्बा दोर्जे लामाले १३औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । सि डिभिजनमा मंगलबार देखि आठौ चरणका खेलहरू […]

May 12, 2024

अल हिलाललाई साउदी लिग उपाधि

एजेन्सी – अल हिलालले साउदी प्रो लिग सिजन २०२३/२४ को उपाधि जित्ने पक्का भएको छ । अल हाजेम विरुद्ध शनिबार भएको खेलमा ४-१ को जित संगै अल हिलालको लिग उपाधि पक्का भएको हो । अल हिलालको जितमा अलेकसान्दर मिट्रोभिचले दुई गोल गरे । यस्तै सर्गेज मिलिन्कोभिच-स्याभिचले एक गोल गरे भने एक गोल अहमद अल जुवाइदको […]

May 12, 2024

मियामीको पुनरागमन जित

एजेन्सी – लियोनल मेस्सीको कप्तानीमा रहेको इन्टर मियामीले मेजर लिग सकरमा आइतबार पुनरागमन जित निकालेको छ । २-० ले पछि परेको खेलमा मियामीले मोन्ट्रियललाई ३-२ ले हराएको हो। मियामीका‌ लागि माटियास रोजास, लुइस सुआरेज र बेन्जामिन क्रेमास्चीले समान १ गोल गरे । मोन्ट्रियलका ब्राइस ड्युक र जुल्स एन्थोनी भिल्सेन्टले गोल गरे। ड्युकले २२ औं र […]

Success

Thank you for your time.