default_image

2 years ago

February 5, 2022

अफसाइड विवाद कम गर्न ‘रोबोट रेफ्री’ आउँदै

110 views

0 Bookmark

एजेन्सी – विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अफसाइड विवाद सुल्झाउने लक्ष्यका साथ भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) लाई सहयोग गर्न नयाँ प्रविधिको प्रयोग गर्ने भएको छ । फुटबलमा लामो समयदेखि विवादित रहेको भीएआरको अफसाइड पक्षलाई सुल्झाउने यस प्रविधिलाई ‘रोबोट रेफ्री’ को उपनाम समेत दिइएको छ ।

फिफाले आर्टिफिसियल इन्टलिजेन्स (एआई) र अफसाइड लक्षित क्यामेराको सहायताले नयाँ प्रविधि प्रयोगमा ल्याएको हो । नयाँ प्रविधिमा रंगशालाको छतमा रहेका १२ क्यामेराले खेलाडीहरुमा २९ डाटा पोइन्ट निर्माण गर्छ । हरेक सेकेन्डमा ५० फरक डाटा लिने यस प्रविधिले केहि सेकेन्डमै अफसाइडको निर्णय भीएआरलाई पठाउँछ ।

अएआईमा आधारित यस प्रविधिले बलको स्थान र खेलाडीको पोजिसनलाई एकसाथ ध्यानमा राख्दै निर्णय गर्ने बताइएको छ । पछिल्लो समय भीएआर रेफ्रीले आफैं अफसाइडको लाइन कोर्ने र बल पास गर्दाको समय निर्क्यौल गर्ने हुँदा विवाद हुँदै आएको थियो । यस प्रविधिलाई फिफाले डिसेम्बर २०२१ मा सम्पन्न फिफा अरब कपमा सफलतापूर्वक प्रयोग गरिसकेको छ ।

फिफा क्लब विश्वकपमा पनि यो प्रविधि प्रयोग गरिँदै छ । फिफाले क्लब विश्वकपमा सफल भए डिसेम्बरमा कतारमा हुने फिफा विश्वकपमा पनि यो प्रविधि प्रयोग गर्ने बताएको छ । प्रिमियर लिग लगायत ठूला लिगले भने सन् २०२३/२४ सिजनपछि मात्र यो प्रविधि प्रयोगमा ल्याउनेछन् ।

यो प्रविधिको प्रयोगसँगै सबै खेलहरु केहि सेकेन्डमै भर्चुअल एनिमेसनको स्वरूपमा पनि उपलब्ध हुनेछ । यस्तोमा खेलको हरेक क्षण विविध एंगलबाट हेर्न मिल्नेछ । यसले प्रशिक्षक, खेलाडी र क्लबलाई खेल विश्लेषण गर्न थप सहयोग पुग्ने विश्वास फिफाले राखेको छ ।

May 13, 2024

च्याम्पियन पिएसजीको हार

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) किलियन एमबाप्पेको गोलका बाबजुद पराजित भएको छ। फ्रान्सेली च्याम्पियन पिएसजी आइतबार टुलुजसँग ३-१ गोलले पराजित भएको हो । पिएसजी छोड्ने घोषणा गरिसकेका एमबाप्पेले खेलको आठौं मिनेटमा गोल गरेका थिए। तर टुलुजका थिज्स डलिङ्गाबाट १३ औं मिनेटमा बराबरी गोल फर्काए । यान गोबोहोको गोलबाट टुलुजले ६८ औं मिनेटमा अग्रता लिएको […]

May 12, 2024

आर्सनल पुनः प्रिमियर लिगको शीर्षस्थानमा

एजेन्सी – म्यानचेस्टर युनाइटेडलाई हराउँदै आर्सनल इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा पुनः उक्लिएको छ । युनाइटेडको घरेलु मैदानमा आइतबार भएको खेलमा आर्सनलले १-० को जित दर्ता गर्दै तालिकाको शीर्षस्थानमा उक्लिन सफल भएको हो । आर्सनलको जितमा लियान्द्रो ट्रोसार्डले २०औं मिनेटमा खेलको एकमात्र गोल गरे । काई हाभेर्ट्जको पासमा ट्रोसार्डले बक्स भित्रबाट गोल गरेका थिए । सोही […]

May 12, 2024

सानेपाको खालीबारीविरुद्ध जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सो डिभिजन लिग अन्तर्गत सातौं चरणको अन्तिम खेलमा सानेपा क्लबले खालीबारी युथ एफसी विरुद्ध जित दर्ता गरेको छ । सानेपाले खालीबारी विरुद्ध १-० को जित दर्ता गरेको हो । सानेपाको जितमा पेम्बा दोर्जे लामाले १३औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । सि डिभिजनमा मंगलबार देखि आठौ चरणका खेलहरू […]

Success

Thank you for your time.