default_image

2 years ago

February 5, 2022

चेल्सीको कठिन जित

126 views

0 Bookmark

एजेन्सी – तेस्रो श्रेणीको क्लब प्लिमाउथ आर्गाइलमाथि अतिरिक्त समयमा पूनरागमन जित निकाल्दै प्रिमियर लिग क्लब चेल्सी एफए कपको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

चेल्सीले घरेलु मैदानमा १–० ले पछि परेको स्थितिबाट अतिरिक्त समयमा २–१ को जित निकाल्दै अन्तिम १६ मा स्थान पक्का गरेको हो । चेल्सीको जितमा कप्तान सिजर एज्पिलिक्वेटा र सव्सिच्युट मिडफिल्डर मार्काेस अलन्सोले गोल गरे । प्लिमाउथका मकाउले गेलेस्फीको गोल सान्त्वना बन्यो ।

स्टामफोर्ड ब्रिजमा शनिबार राति भएको खेलको आठौं मिनेटमा मकाउले गेलेस्फीको गोलबाट चेल्सी खेलमा पछि परेको थियो । उनले जोर्डन होउथनको पासमा गोल गर्न सफल भएका थिए । ४१औं मिनेटमा कप्तान सिजर एज्पिलिक्वेटाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले मासन माउन्टको पासमा ब्याक फ्लिकमा गोल गर्न सफल भएका थिए ।

त्यसपछि निर्धारित समयमा कुनै गोल निस्कन नसक्दा खेल अतिरिक्त समयमा लम्विएको थियो । अतिरिक्त समयको पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेट (१०७) मा मार्काेस अलन्सोले गोल गर्दै चेल्सीलाई २–१ को अग्रता दिलाए । अतिरिक्त समयको ९७औं मिनेटमा सउल निग्वेजको स्थानमा मैदान छिरेका अलन्सोले अर्काे सब्सिच्युट फरवार्ड काई हाभर्टजको पासलाई सदुपयोग गरेका थिए । काई ६४औं मिनेटमा क्यालम हड्सन ओडोईको पासमा मैदान छिरेका थिए ।

खेलको ११७औं मिनेटमा रायन हार्डी पेनाल्टीमा चुक्दा प्लिमाउथ बराबरीबाट चुक्दा पराजित हुन पुग्यो । मालाङ सारले पेनाल्टी बक्समा हार्डीलाई नै फउल गरेपछि रेफ्रीले भिएआरको सहायता लिदै प्लिमाउथलाई पेनाल्टी प्रदान गरेका थिए । जसमा सब्सिच्युट फरवार्डको प्रहारलाई चेल्सीका गोलरक्षक केपा एरिजावालगाले बचाउँदै चेल्सीको जित पक्का गरे ।

त्यस्तै दिनको अर्को खेलमा वेस्ट ह्याम युनाइटेडले अतिरिक्त समयको अन्तिम मिनेटको गोलमा छैटौं श्रेणीको किडरमिन्स्टर ह्यारिएरमाथि २-१ को जित दर्ता गर्यो । ह्यारिएरले खेलको पहिलो हाफमा अग्रता लिँदै खेल जित्न नजिक पुगेको थियो । १९ औं मिनेटमा एलेक्स पेनीले अग्रता दिलाएका थिए । तर दोस्रो हाफको इन्ज्युरी समयमा डेक्लन राइसले गोल गर्दै खेल बराबरीमा ल्याउँदै अतिरिक्त ३० मिनेटमा धकेले । अतिरिक्त समयको दोस्रो हाफको इन्ज्युरी समयमा जेरड बोवेनले गोल गर्दै वेस्ट ह्यामलाई जित दिलाए ।

May 13, 2024

च्याम्पियन पिएसजीको हार

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) किलियन एमबाप्पेको गोलका बाबजुद पराजित भएको छ। फ्रान्सेली च्याम्पियन पिएसजी आइतबार टुलुजसँग ३-१ गोलले पराजित भएको हो । पिएसजी छोड्ने घोषणा गरिसकेको पहिलो उपस्थितिमा एमबाप्पेले खेलको आठौं मिनेटमा नै गोल गरेका थिए। तर टुलुजका थिज्स डलिङ्गाबाट १३ औं मिनेटमा बराबरी गोल फर्काए । यान गोबोहोको गोलबाट टुलुजले ६८ औं […]

May 12, 2024

आर्सनल पुनः प्रिमियर लिगको शीर्षस्थानमा

एजेन्सी – म्यानचेस्टर युनाइटेडलाई हराउँदै आर्सनल इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा पुनः उक्लिएको छ । युनाइटेडको घरेलु मैदानमा आइतबार भएको खेलमा आर्सनलले १-० को जित दर्ता गर्दै तालिकाको शीर्षस्थानमा उक्लिन सफल भएको हो । आर्सनलको जितमा लियान्द्रो ट्रोसार्डले २०औं मिनेटमा खेलको एकमात्र गोल गरे । काई हाभेर्ट्जको पासमा ट्रोसार्डले बक्स भित्रबाट गोल गरेका थिए । सोही […]

May 12, 2024

सानेपाको खालीबारीविरुद्ध जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सो डिभिजन लिग अन्तर्गत सातौं चरणको अन्तिम खेलमा सानेपा क्लबले खालीबारी युथ एफसी विरुद्ध जित दर्ता गरेको छ । सानेपाले खालीबारी विरुद्ध १-० को जित दर्ता गरेको हो । सानेपाको जितमा पेम्बा दोर्जे लामाले १३औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । सि डिभिजनमा मंगलबार देखि आठौ चरणका खेलहरू […]

Success

Thank you for your time.