default_image

3 years ago

February 7, 2022

एसेन्सियोको गोलमा रियल म्याड्रिडको जित

321 views

0 Bookmark

एजेन्सी – स्पेनिस मिडफिल्डर मार्काे एसेन्सियोको निर्णायक गोलमा ला लिगाको शीर्षस्थानमा रहेको रियल म्याड्रिडले ग्रानडामाथि संघर्षपुर्ण जित निकालेको छ ।

गोलरक्षक लुइस म्याक्सिमिलियानो लगातार बाधक बन्दा रियलले घरेलु मैदानमा ग्रानडामाथि १–० को कठिन जित निकालेको हो । सान्टियागो बर्नबेउमा आइतबार राति भएको खेलमा रियलको जितमा एसेन्सियोले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले ७४औं मिनेटमा गोल गरेका थिए ।

पाँचौ मिनेटमा गोनालोन्सको वान भर्सेस वानको स्थितिको प्रहारलाई रियलका गोलरक्षक थिवाउट कोर्टुवाले मुस्किलले बचाए । १३औं मिनेटमा एसेन्सियोको प्रहारलाई गोलरक्षक म्याक्सिमिलियानोले मुस्किलले नियन्त्रणमा लिए । ३१औं मिनेटमा टोनी क्रुसको लामो पासमा ड्यानियल कार्भाहलको क्रसमा कार्लाेस नेभाको क्लियरेन्स क्रसबारमा लाग्दै फर्कदा रियल अग्रता लिनबाट चुक्यो ।

त्यसपछि नजिकै रहेका एसेन्सियोले बल भेट्नुअघि नै गोलरक्षकले नियन्त्रणमा लिए । ४३औं मिनेटमा एसेन्सियोको प्रहारमा गोलरक्षक नै बाधक बने । लगत्तै ४४औं मिनेटमा इस्कोको भली प्रहारलाई गोलरक्षक म्याक्सिमिलियानोले पञ्च गर्दै टोलीको खतरा टारे ।

६१औं मिनेटमा रोड्रिगोको प्रहारलाई म्याक्सिमिलियानोले पञ्च गर्दै बाहिर पठाए । त्यसमै प्राप्त कर्नरमा एसेन्सियोको प्रहारमा म्याक्सिमिलियानो नै बाधक बने । ६६औं मिनेटमा लुका जोभिकको प्रहार सदुपयोग हुन सकेन ।

रियलको एकपछि अर्काे प्रहारलाई विफल पारेका गोलरक्षक म्याक्सिमिलियानोले ६४औं मिनेटमा गोल खान पुग्यो । इडर मिलिसाओले रावाबाट बल खोसेपछि एसेन्सियोले नियन्त्रणमा लिदै झन्डै २५ यार्ड टाढाबाट गरेको प्रहार गोलमा परिणत हुँदा गोलरक्षकले बचाउने कुनै मौका नै पाएन ।

७९औं मिनेटमा रियलले पेनाल्टीको अपिल गरेपनि भिएआरबाट मान्यता दिएन । लुका मोड्रिचको फ्रिकिकमा गोनालोन्सले डिबक्स बाहिर ह्यान्ड देखिएको थियो । ८३औं मिनेटमा एसेन्सियोको अर्काे प्रहारमा गोलरक्षक नै बाधक बन्यो । इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा एसेन्सियोको प्रहारमा पुनः एकपटक गोलरक्षक नै बाधक बन्दा रियलले कठिन जित निकाल्यो ।

यो जितसँगै रियलले शीर्षस्थानमा स्पष्ट ६ अंकको अग्रता लिएको छ । रियलको २३ खेलबाट ५३ अंक पुगेको छ । समान खेलबाटै दोस्रो स्थानमा रहेको सेभियाको ४७ अंक छ । पराजित ग्रानडा २४ अंक जोडेर १६औं स्थानमा रहेको छ ।

September 20, 2024

आयोजक चितवन गोल्डकपको क्वाटरफाइनलमा

सुशील पन्त क्षेत्री,चितवन प्रतिस्पर्धात्मक खेलमा राइजिङ स्टार भुमहीलाई पराजित गर्दै आयोजक हानामी भरतपुर फुटबल क्लब (बिएफसी) गोल्डेन इमिनेन्ट दोस्रो चितवन गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । नेपाल प्रहरी शिक्षालयको मैदानमा आज भएको खेलमा बिएफसीले राइजिङलाई ३-२ ले हरायो । बिएफसीको जितमा राज भुसालले २ तथा सन्जीब बिष्टले १ गोल गरे । राङजिङ स्टारका फागुराम थारु […]

September 20, 2024

लिस्नु झरना रनिङशिल्डको अन्तिम आठमा

सुमन अधिकारी, बुटवललिस्नु युवा क्लब रुपन्देहीमा जारी ३६ औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिताको क्वाटरफाईनलमा प्रवेश गरेको छ । स्वर्गिय खगी गुरुङसेनीको पुण्य स्मृतिमा झरना स्पोर्टस क्लबको आयोजनामा जारी प्रतियोगिताको तेस्रो दिन शुक्रवार सुनौलो संगम युवा क्लबलाई ४-० ले पराजित गर्दै लिस्नु समुह एबाट अन्तिम ८ मा पुग्ने पहिलो टोली‌ बनेको छ । लिस्नुलाई जित […]

September 20, 2024

आर्मीको जितमा अमिशा र चन्द्राको ह्याट्रिक

काठमाडौं(हाम्रो खेलकुद) – अमिशा कार्की र चन्द्रा भन्डारीले ह्याट्रिक गरेको एन्फा महिला लिगको खेलमा त्रिभुवन आर्मी क्लबले चन्द्रपुर नगरपालिकामाथि फराकिलो जित हात पारेको छ । सातौं खेलमा पाँचौ जित निकाल्ने क्रममा शुक्रवार आर्मीले चन्द्रपुरलाई १०-० ले पराजित गर्यो ।एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा आर्मीकस अमिशा र चन्द्रासँगै हिमा चौधरी, दिपा शाही, शर्मिला मगर र अन्जना […]

Success

Thank you for your time.