default_image

2 years ago

February 7, 2022

उपचार सकेर सावित्रा भोली स्वदेश फर्कदै

काठमाडौं (हाम्रो खेलकुद)– कतारमा घुँडाको शल्यक्रिया र त्यसपछिको उपचारका विभिन्न चरण पूरा गर्दै राष्ट्रिय महिला फुटबल टोली तथा एपिएफकी फरवार्ड सावित्रा भण्डारी साम्बा मंगलबार स्वदेश फर्कन लागेकी छन् । ७ महिना भन्दा लामो समयपछि उनी स्वदेश फर्कन लागेकी हुन् । उपचारका लागि उनी असार १२ गते कतार गएकी थिइन् । सावित्राको असार ३१ गते कतारको […]

166 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– कतारमा घुँडाको शल्यक्रिया र त्यसपछिको उपचारका विभिन्न चरण पूरा गर्दै राष्ट्रिय महिला फुटबल टोली तथा एपिएफकी फरवार्ड सावित्रा भण्डारी साम्बा मंगलबार स्वदेश फर्कन लागेकी छन् ।

७ महिना भन्दा लामो समयपछि उनी स्वदेश फर्कन लागेकी हुन् । उपचारका लागि उनी असार १२ गते कतार गएकी थिइन् । सावित्राको असार ३१ गते कतारको दोहामा रहेको अस्पेटार अस्पतालमा दायाँ घुँडाको शल्यक्रिया भएको थियो । अखिल नेपाल फुटबल संघ (एन्फा) को पहलमा कतार फुटबल संघले उनको उपचार गराइदिएको हो ।

आइतबार भएको परिक्षणमा सबै कुरा सामान्य देखिएपछि डाक्टरले अब स्वदेश फर्कन मिल्छ भन्नुभएकोले आउन लागेकी हुन, हाम्रो खेलकुदसँग सावित्राले भनिन्, अब फर्केपछि केही साता ग्राउण्ड रिह्याब गर्छु । सुरुमा एक्लै र पछि समूहमा प्रशिक्षण गर्छु। के केसरी अभ्यास गर्ने सबै यहाँ भन्नुभएको छ।’

राष्ट्रिय लिग खेल्ने क्रममा गत वर्ष फागुन ३ गते उनको घुँडामा चोट लागेको थियो । झन्डै ८ वर्षे खेल जीवनमा सावित्राले पहिलो पटक गम्भिर खालको चोटबाट गुज्रनु परेको थियो । कतार फुटबल संघले नेपाली खेलाडीहरुलाई समय समयमा उपचारमा सहयोग गर्दै आएको छ । सावित्रा अघि नै राष्ट्रिय पुरुष टोलीका विमल घर्तिमगरले पनि सोही अस्पतालमा उपचार गराइरहेका छन् ।

सावित्राको नाममा राष्ट्रिय फुटबल टोलीबाट सर्वाधिक ३८ गोलको कीर्तिमान छ । सावित्रा नेपालको मात्र नभई दक्षिण एसियाकै उत्कृष्ट फरवार्डमा परिचित छिन् । नेपाली फुटबलमा एपिएफले वर्चस्व जमाउँदा उनले इन्डियन लिग (आई लिग) दुई फरक क्लबबाट खेलेकी छिन् । दुवैपटक उनी खेलेको टोली आइ लिग च्याम्पियन बनेको थियो । गत वर्ष गोकुलमलाई च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेकी उनी आइ लिगको सर्वाधिक गोलकर्ता पनि बनेकी थिइन् ।

सावित्राले आफू छिट्टै मैदान फर्कनेमा आशावादी देखिएकी छिन् । ‘सोचे जस्तै उपचार पाएकी छु । आउने दिने मेरा लागि चुनौतीपूर्ण नै हुनेछन्,’ उनले भनिन्, ‘त्यसका लागि म मानसिक रुपमा तयार छु । पहिला भन्दा पनि मिहिनेत गरेर मैदान फर्कदै देश र क्लबका लागि खेल्नेछु । यो कठिन समयमा साथ र सहयोग दिने सबैलाई धन्यवाद दिन चाहान्छु ।’

May 3, 2024

नेपालको ब्रिटिश आर्मी विरुद्ध गोलरहित बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो खेलमा गोलरहित बराबरी खेलेको छ । एल्डरशट स्थित मिलिटरी स्टेडियममा भएको खेलमा नेपालले ब्रिटिश आर्मी टोली विरुद्ध गोलरहित बराबरी खेलेको हो । नेपाली टोली भिसा ढिलो आएका कारण अन्योलमा रहेको खेल अन्त्यमा तालिका अनुसार नै अघि बढेको थियो । खेल अवधिभर नेपाली टोली […]

May 3, 2024

समाज कल्याण र आरसी ३२को जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत शुक्रबार सम्पन्न खेलहरुमा समाज कल्याण खेलकुद केन्द्र र स्पोर्ट्स एकेडेमी साँगा विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा समाज कल्याणले साँगा माथि ५-० को फराकिलो जित दर्ता गरेको हो । समाज कल्याणको जितमा सुजन चौधरीले ह्याट्रिक पूरा गरे। यस्तै रोजल दाहालले […]

May 3, 2024

इङ्ल्यान्डमा नेपालको पहिलो खेल आज*

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । ब्रिटिश आर्मीको टोली विरुद्ध आज नेपाली टोलीले खेल्नेछ । भिसा प्रक्रियामा निकै ढिलो हुँदा एन्फाले टोलीका सदस्यलाई फरक-फरक समयमा विभिन्न विमानमा पठाउनु परेको थियो । टोली फरक-फरक समयमा इङ्ल्यान्ड पुगेको थियो भने केही खेलाडीहरू हिजो मात्र पुगेका थिए […]

Success

Thank you for your time.