default_image

2 years ago

February 13, 2022

एट्लेटिकोको रोमाञ्चक जित, रियल म्याड्रिड रोकियो

एजेन्सी – १० खेलाडीमा समेटिएको एट्लेटिको म्याड्रिडले रोमाञ्चक जित निकाल्दा शीर्षस्थानमा रहेको रियल म्याड्रिड बराबरीमा रोकिएको छ । एट्लेटिकोले घरेलु मैदानमा गेटाफेमाथि ४–३ को रोमाञ्चक जित निकालेको हो । एक समय २–० को अग्रता लिएको एट्लेटिको ३–२ ले पछि परेको अवस्थाबाट दुई गोल थप्दै रोमाञ्चक जित निकाल्न सफल भएको हो ।एट्लेटिकोको रोमाञ्चक जितमा एन्जल कोरेआले […]

38 views

0 Bookmark

एजेन्सी – १० खेलाडीमा समेटिएको एट्लेटिको म्याड्रिडले रोमाञ्चक जित निकाल्दा शीर्षस्थानमा रहेको रियल म्याड्रिड बराबरीमा रोकिएको छ । एट्लेटिकोले घरेलु मैदानमा गेटाफेमाथि ४–३ को रोमाञ्चक जित निकालेको हो ।

एक समय २–० को अग्रता लिएको एट्लेटिको ३–२ ले पछि परेको अवस्थाबाट दुई गोल थप्दै रोमाञ्चक जित निकाल्न सफल भएको हो ।एट्लेटिकोको रोमाञ्चक जितमा एन्जल कोरेआले दुई तथा म्याथिअस कुन्हा र मारियो हर्माेसोले गोल गरे । गेटाफेका इनेस युनालले दुई तथा बोर्जा मायोरलले एक गोल गरे ।

स्टेडियो वान्डा मेट्रोपोलिटानोमा शनिबार राति भएको खेलमा लुइस सुआरेज पेनाल्टीमा चुक्दा एट्लेटिको अग्रता लिनबाट चुक्यो । १९औं मिनेटमा एन्जल कोरेआले गोल गर्दै एट्लेटिकोलाई सुरुवाती अग्रता दिलाए । २७औं मिनेटमा म्याथिअस कुन्हाले गोल गर्दै एट्लेटिकोको अग्रता दोब्बर पारे ।

३०औं मिनेटमा बोर्जा मायोरलले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए । ३७औं मिनेटमा इनेस युनालले पेनाल्टीमा गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । ४२औं मिनेटमा इनेस युनालले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरेपछि एट्लेटिको खेलमा ३–२ ले पछि पर्यो ।

पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा एन्जल कोरेआले व्यक्तिगत दोस्रो तथा टोलीको लागि तेस्रो गोल गर्दै खेललाई ३–३ गोलको बराबरीमा ल्याए । ५८औं मिनेटमा एट्लेटिको १० खेलाडीमा समेटिन पुग्यो । मोउरो एरामवारीमाथि अनावश्यक फउल गरेपछि फिलिपे सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिदा टोलीलाई दवाव बढेको थियो ।

तर, निर्धारित समयको खेल सकिन एक मिनेट बाँकी रहँदा मारियो हर्माेसोले गोल गर्दै एट्लेटिकोलाई रोमाञ्चक जित दिलाए । जितसँगै एट्लेटिको २३ खेलबाट ३९ अंक जोडेर शीर्ष चारमा उक्लिएको छ । पराजित गेटाफे २५ अंक जोडेर १५औं स्थानमा छ ।

अर्काे खेलमा शीर्षस्थानमा रहेको रिलय म्याड्रिड घरेलु टोली ग्रानडासँग गोलरहित बराबरीमा रोकिएको छ । दुवै टोलीले गोलका केही सुवर्ण अवस खेर फालेका थिए । खेलको अन्तिम समयमा लुका जोभिकको प्रहार क्रसबारमा लागेर फर्कदा र रिवाउन्डका नाचो फर्नान्डेसको प्रहार सर्जी औरिएरले गोललाइनबाट बचाउँदा रियल जितबाट वञ्चित बन्यो ।

यो बराबरीसँगै रियलले शीर्षस्थानमा आफ्नो अग्रतालाई थप मजवुत बनाउने मौका गुमाएको छ । रियलको २४ खेलबाट ५४ अंक छ । रियलले दोस्रो स्थानको सेभियालाई ४ अंकले पछि पारेको छ । भिल्लारियल ३६ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

April 28, 2024

आशिषको ह्याट्रिकमा बिर्तामोड सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको बुद्धशान्तिमा जारी तेस्रो आदर्श च्यालेन्ज कपमा पाहुना टोली नर्थ बंगाल एफसी भारतलाई ३–१ ले हराउँदै बिर्तामोड युनाइटेड एफसी सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको जितमा आशिष चापागाईंले ह्याट्रिक पूरा गरे । पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै बिर्तामोडले अग्रता लिएको थियो । मध्यभागबाट बिर्तामोडका डिफेन्डर देवेन्द्र तामाङले गरेको फ्रिकिकलाई हेडमार्फत अभिषेक […]

April 28, 2024

महावीर क्लब विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिगमा आईतवार महावीर क्लब विजयी भएको छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खेलमा महावीर क्लबले स्पोर्ट्स एकेडेमी साँगा माथि १-० को जित दर्ता गरेको हो । महावीरका लागि सन्दिप श्रेष्ठले ६७औं मिनेटमा पेनाल्टी मार्फत गरेको गोल नै निर्णायक बन्यो । जित सँगै महावीर क्लब […]

April 28, 2024

शीर्ष टोली कोशी रोकियो

काठमाडौं (हाम्रो खेलकुद) – महिला लिग छनोट लिगको शीर्ष टोली कोशी प्रदेश बराबरीमा रोकिएको छ । अघिल्ला ४ खेलमा शत प्रतिशत जित निकालेको कोशीलाई आइतबारको दोस्रो खेलमा मधेश प्रदेशले गोलरहित बराबरीमा रोकेको हो । ५ खेलपछि ४ जित र १ बराबरका १३ अंकसहित शीर्षस्थानमा यथावत छ । समान खेलमा ७ अंकसहित मधेश चौथो स्थानमा छ […]

Success

Thank you for your time.