default_image

2 years ago

February 13, 2022

एनआरटी र शेर्पाको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – न्युरोड टिम (एनआरटी) र हिमालयन शेर्पा क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा बराबरी खेलेका छन् । एनआरटी र शेर्पाले गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको फितलो र निराशजनक खेलमा दुवै टोलीले पोस्टमा उल्लेख्य मुभ बनाउन सकेनन् । खेलको १९औं मिनेटमा सनम लिम्वुको क्रसमा […]

141 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – न्युरोड टिम (एनआरटी) र हिमालयन शेर्पा क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा बराबरी खेलेका छन् । एनआरटी र शेर्पाले गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको फितलो र निराशजनक खेलमा दुवै टोलीले पोस्टमा उल्लेख्य मुभ बनाउन सकेनन् । खेलको १९औं मिनेटमा सनम लिम्वुको क्रसमा स्टेफन समिरले पेनाल्टी बक्समा सुवर्ण अवसर पाएपनि नियन्त्रणमा लिन नसक्दा शेर्पाका गोलरक्षक दीप कार्कीले सहजै बचाए ।

२५औं मिनेटमा कप्तान विश्वास श्रेष्ठको २० यार्ड टाढाको फ्रिकिकलाई एनआरटीका गोलरक्षक अजित प्रजापतिले पञ्च गर्दै बचाए । ३१औं मिनेटमा कप्तान विश्वास श्रेष्ठको प्रहार दोस्रो बार च्याप्दै थोरै बाहिरियो । सरोज तामाङले क्लियर गर्न ढिला गर्दा विश्वासले सुवर्ण अवसर पाएका थिए ।

पहिलो हाफको इनयुरी समयको थप गरिएको पहिलो मिनेटमा कप्तान विश्वासको उत्कृष्ट पासमा विसन गुरुङले भेट्नुअघि नै गोलरक्षक अजितले डाइभ दिदै बचाएर एनआरटीको खतरा टारे ।

५३औं मिनेटमा आशिष गुरुङको प्रहारलाई गोलरक्षक अजितले पञ्च गर्दै बाहिर फाल्दा शेर्पा अग्रता लिनबाट चुक्यो । इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा त्रिदेव गुरुङको प्रहारलाई गोलरक्षक अजितले पञ्च गर्दै बचाउँदा जितबाट वञ्चित बन्यो ।

बराबरीपछि एनआरटी १० खेलबाट १४ अंक जोडेर सातौ तथा १२ अंकसहित शेर्पा आठौं स्थानमा यथावत रहेको छ । एनआरटीले संकटासँग अक बराबरी गरेपनि गोल अन्तरमा पछि छ ।

May 3, 2024

इङ्ल्यान्डमा नेपालको पहिलो खेल आज*

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । ब्रिटिश आर्मीको टोली विरुद्ध आज नेपाली टोलीले खेल्नेछ । भिसा प्रक्रियामा निकै ढिलो हुँदा एन्फाले टोलीका सदस्यलाई फरक-फरक समयमा विभिन्न विमानमा पठाउनु परेको थियो । टोली फरक-फरक समयमा इङ्ल्यान्ड पुगेको थियो भने केही खेलाडीहरू हिजो मात्र पुगेका थिए […]

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

Success

Thank you for your time.