default_image

4 years ago

February 13, 2022

एपिएफ र संकटाको बराबरी

308 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तरगत विभागीय नेपाल एपिएफ फुटबल क्लब र संकटा क्लबले बराबरी खेल्दै अंक बाँडेका छन् । खेल गोलरहित बराबरीमा सकिएको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोलका अवसर सिर्जना गरेपनि सदुपयोग गर्न सकेनन् । खेलको ११औं मिनेटमा फोडे फोफानाको प्रहारलाई एपिएफका जापानी गोलरक्षक युया कुरियामाले डाइभ दिदै बचाए । १६औं मिनेटमा लक्ष्मण रुचालको कर्नरलाई प्रदिप लामाले क्लियर गरेको बललाई अमित तामाङले गरेको प्रहार आकासियो ।

३४औं मिनेटमा कप्तान नविन लामाको कर्नरमा अर्मान्ड विनोङको फ्रि हेडर पोस्टबाट आकासिदा एपिएफ अग्रता लिनबाट चुक्यो । ६०औं मिनेटमा रोमन लिम्बुको फ्रिकिकलाई निरज बस्नेतले हेडर प्रयास गरेपनि भेट्न सकेन । ६७औं मिनेटमा ग्लोरीको क्रसमा उत्तम राईको हेडरलाई गोलरक्षक युया कुरियामाले डाइभ दिदै बचाउँदा संकटा अग्रता लिनबाट चुक्यो ।

७४औं मिनेटमा आवास लामिछानेले निरज बस्नेतबाट बल खोस्दै वान भर्सेस वानको अवस्थामा गरेकोलाई संकटाका गोलरक्षक राजा बाबु थापाले बचाउँदा एपिएफ अग्रता लिनबाट चुक्यो । ८०औं मिनेटमा लक्ष्मण रुचालको कर्नरमा कप्तान रवि सिलवालको हेडर पासमा फोडे फोफानाको प्रहार गोलरक्षक युयाकै हातमा पुग्यो ।

बराबरीसँगै संकटा १० खेलबाट १५ अंक जोडेर पाँचौ स्थानमा उक्लिएको छ । समान १५ अंक नै भएपनि सातदोबाटो गोलअन्तरमा छैटौं स्थानमा झरेको छ । एपिएफ ११ अंक जोडेर नवौं स्थानमा यथावत रहेको छ ।

यो बराबरीसँगै एपिएफ पछिल्लो ७ खेलमा अपराजित रहन सफल भयो । थ्री स्टारसँगको चौथो खेलबाट लिगमा पहिलो अंक जोडेको एपिएफ त्यसयता अपराजित छ । संकटाको भने नवौं चरणमा आएर अपराजित यात्रामा पूर्णविराम लागेको थियो । संकटा नवौं चरणमा थ्री स्टारसँग १–० ले पराजित भएको थियो ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.